नेपालमा घरेलु हिंसा
स्वरूप
| नेपालमा घरेलु हिंसा |
|---|
| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाहरू |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयहरू |
नेपालका विभिन्न पिछडिएका या अविकसित स्थलहरूमा घरेलु हिंसाहरु देखिन्छन। नेपालमा घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाको उपजको रूपमा लिइन्छ । यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाले समाजमा हिंसा बढेको छ । महिला वा पुरुष माथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुरव्यवहारहरूलाई घरेलु हिंसा भनिन्छ ।
नेपालमा घरेलु हिंसाका कारक तत्वहरू
[सम्पादन गर्नुहोस्]- मादकपदार्थ र लागूपदार्थको सेवन गरेको कारण।
- दाइजो प्रथा।
- चेतनाको कमि भएमा।
- घरमा कसैको यौन सम्बन्धी कुरा थाहा पाएमा।
हिंसाका शीर्षकहरू
[सम्पादन गर्नुहोस्]- सम्बन्ध विच्छेद,
- बहुविवाह,
- बालविवाह, दाइजो प्रथा,
- कुटपीट,
- गालीगलाज,
- अपहेलना,
- यातना,
- तिरस्कार,
- बोक्सीको आरोप,
- जवर्जस्ती करणी,
- वैवाहिक करणी,
- विधवा प्रथा,
- घुम्टो प्रथा,
- अनमेल विवाह,
- छाउपडी प्रथा,
- वादी प्रथा र देउकी प्रथा
नेपालमा घरेलु हिंसाका कारण देखिएका असरहरू
[सम्पादन गर्नुहोस्]- महिला वा बालक किशोर हिंसा।
- बाल अधिकार हनन।