रुपैयाँ एक सय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूपैयाँ एक सय
मोरू एक सय
रू.१००
(नेपाल)
मूल्यरू १००
चौडाई१४८ मिमी
उचाई७० मिमी
सुरक्षा सुविधासुरक्षा धागो
मुद्रण वर्षसेप्टेम्बर २००८ – वर्तमान
अगाडि
डिजाइनसगरमाथा, न्यातपोल मन्दिर
डिजाइन मिति२००८
पछाडी
डिजाइनएकसिंगे गैंडा
डिजाइन मिति२००८

नेपाली १०० रूपैयाँ को नोट (रू १००) नेपाली रूपैयाँको एक सामान्य मूल्यवर्ग हो[१]। रू १०० को नोट सर्वप्रथम पहिलो पटक सदर मुलुकीखानाद्वारा सन् १९४५ मा जारी गरिएको थियो। पहिलो जारी नोटमा तत्कालीन राजा त्रिभुवन शाहको चित्रलाई आवरणमा छापिएको थियो।

नेपाल राष्ट्र बैङ्कले पहिलो पटक सन् १९६० मा रू १०० को नोट जारी गरेको थियो। वर्तमानमा उपलब्ध तथा चलनचल्तीमा रहेको रूपैयाँ एक सयको नोट सन् २००८ मा जारी गरिएको हो। यो नोट वर्तमान समयमा प्रचलनमा रहेको छ।

नोट इतिहास[सम्पादन गर्नुहोस्]

रूपैयाँ सयको नोट सर्वप्रथम वि.स. २००२ सालबाट निस्कासन हुन सुरू भएको थियो। त्यतिबेला रूपैयाँलाई मोरू भन्ने चलन अनुसार तत्काल १०० को नोटलाई मोरू एक सय भनिने गरिन्थ्यो। यो नोट राजा त्रिभुवनका पालामा निस्कासन भएको थियो। यतिबेलाको नोट हालको रूपैयाँ १०० को नोटका तुलनामा लम्बाइमा कम र चौडाइमा बढी नाप भएको थियो। त्यतिबेला नेपालमा सबैभन्दा ठुलो दरको नोट मोरू एक सयको नै रहेको थियो[२]। सबैभन्दा पहिलो संस्करणको मोरू एक सयको नोटमा गभर्नर जनक राज पण्डितको हस्ताक्षर रहेको थियो। उक्त संस्करण सन् १९४५ सेप्टेम्बर १७ मा जम्मा ४०,००० नोटहरू निस्कासन भएको थियो।

हस्ताक्षर[सम्पादन गर्नुहोस्]

  • नेपाली एक सय रूपैयाँमा हस्ताक्षर रहेका गभर्नरहरूको सूची
संस्करण नमुना तस्बिर हस्ताक्षर सार्वजनिक मिति कैफियत संस्करण
जनक राज पण्डित सन् १९४५ सेप्टेम्बर १७ पहिलो मोरू
अगाडि:दायाँमा राजा त्रिभुवनको तस्बिर
पछाडि:जङ्गलमा एक जङ्गली गैडा
सन् १९४५-सन् १९५६
भरत राज पण्डित सन् १९४८
नरेन्द्र राज पण्डित सन् १९५३ डिसेम्बर

नोट विशेषताहरू[सम्पादन गर्नुहोस्]

हाल रूपैयाँ एक सयको नोटमा रह्का केही विशेषताहरू:[३]

  • नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ।
  • नोटको मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा रहेको छ।
  • नोटको मध्य भाग नीर अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध
  • अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरूलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो थोप्ला समेत रहेको छ[४]
  • अशोकस्तम्भको बायाँतर्फ अन्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको छ।
  • दायाँतर्फ लालिगुराँसको अर्धदृश्य रूपमा पानीछाप रहेको छ।
  • यस नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने छ।
  • नोटको पछिल्लो भागेको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र रहेको छ।

वनोट[सम्पादन गर्नुहोस्]

शीर्षक रहेको
रङ्ग हरियो
जनावर एकसिंगे गैंडा २ वटा
चित्र सगरमाथा
मन्दिर/सम्पदाहरू न्यातपोल मन्दिर, अशोक स्तम्भ

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]