सामग्रीमा जानुहोस्

स्वयम्भूनाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वयम्भू चैत्य

རང་བྱུང་མཆོད་རྟེན།
Swayambhu Chaitya
स्वयम्भू स्तूपको दृश्य
प्राथमिक विवरण
स्थान:काठमाडौँ,  नेपाल
निर्देशाङ्क२७°४२′५४.५″उ॰ ८५°१७′२६.५″पू॰ / २७.७१५१३९°N ८५.२९०६९४°E / 27.715139; 85.290694निर्देशाङ्कहरू: २७°४२′५४.५″उ॰ ८५°१७′२६.५″पू॰ / २७.७१५१३९°N ८५.२९०६९४°E / 27.715139; 85.290694
सम्बन्धनबौद्ध
देशनेपाल
वास्तुकला प्रकारस्तूप

स्वयम्भू महाचैत्य (तिब्बती: རང་བྱུང་མཆོད་རྟེན། रङज्युङ छोदतेन, वयली: rang byung mchod rten), काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। यसलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए 'त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि 'मन्त्र गरी दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। स्वयम्भूको स्तूप काठमाडौँमा अवस्थित छ।

संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौँ उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठुलो भूमिका रहेको छ। भगवान् मञ्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाइन्छ। नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनी आएको हो। []

पुराण अनुसार, पहिले उपत्यका ठुलो तालको रूपमा थियो जसबाट कमलको फूलको उत्पत्ति भएको थियो । त्यसपछि यसको नाम स्वयम्भू रहन गएको हो जसको अर्थ हो “स्वयं उत्पत्ति भएको भूमि”। स्वयम्भू महाचैत्यलाई पर्यटकहरू (Monkey Temple) भनेर पनि सम्बोधन गर्छन्, किनकि मन्दिरको उत्तर–दक्षिण भेगतिर बाँदरहरू पाइन्छन् । बोधिसत्त्व मञ्जुश्रीले एक पटक स्वयम्भूमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसहरूको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौँको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौँ उपत्यका रहन गएको हो र कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भू महाचैत्य स्तूप रहन गयो ।

वि.स. २०७२ बैशाख १२ को महा भूकम्प पश्च्यात

[सम्पादन गर्नुहोस्]

आंशिक क्षति स्वयम्भू मन्दिर २०७२ बैशाख १२ मा ७.८ रेक्टर स्केलको महाभूकम्प पश्चात् यसका केही भागहरूमा क्षति पुग्न गएको छ जसको हाल पुनः निर्माण कार्य भइरहेको छ ।

स्वयम्भु महाचैत्य अगाडिको प्रतापपुर मन्दिर भत्काइयो

[सम्पादन गर्नुहोस्]

पुरातत्त्व विभागले स्वयम्भू महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ । २०७२ सालको भूकम्पको कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठुलो क्षति भई त्यसबाट जोखिम बढेपछि सो मन्दिर करिब ५ महिना समय अवधिमा भत्काइएको हो ।मन्दिर कुनै पनि बेलामा पल्टेर त्यहाँ दर्शन गर्न आउने तथा हिँडडुल गर्नेका लागि खतरा बढेसँगै भत्काउनु परेको हो । []

महाभूकम्पले क्षेतिग्रस्त विश्व सम्पदा स्वयम्भू महाचैत्य परिसर पुन निर्माणमा खास पहल हुन सकेको छैन ।

[सम्पादन गर्नुहोस्]

ऊ बेला कालीदह भनिने काठमाडौमा विपस्वी बुद्दले पहाड परिक्रमापछि नागर्जुनमा तपस्या गरे । उनै बुद्दले वैशाख पूर्णिमामा दहमा कमलको बिउं रोपे। अर्को वर्ष बिउं उम्रियो । त्यही कमलमा स्वयम्भू महाचैत्य उत्पति भयो । "आफै उम्रिएको हुनाले त्यसलाई स्वयम्भू भनिएको हो भन्ने भनाई छ," स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्नले भन्छन् । काठमाडौ महानगरपालिका -१५ स्थित स्वम्भूलाई काठमाडौ उपत्यकाको स्थापनासँग जोडेर हेर्ने गरिन्छ । तर स्वयम्भूको स्थापना र निर्माणबारे अन्योल कायमै च । मन्जुस्रीले काठमाडौँको पानी कटाउनु अघि त्यही स्वयम्भूमा पूजा गरेको, फूल भएकै स्थान पहाड बनेको र त्यही स्वयम्भूनाथ स्टुपा बनेको कथन छ । संकृतमा स्वयम्भूको अर्थ स्वयम उत्पति भएको भूमि हुन्छ । नेवारीमा भने स्येले स्वयं, गुँले वन भन्ने जनाउँछ । स्वयम्भूका प्रमुख थकालीवीरमान बुद्दाचार्य स्येगु भन्दै जाँदा स्वयम्भू नाम रहन गएको बताउँछन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. service, Himalaya holiday, "Swayambhu - Monkey Temple", Himalaya Holiday Service, अन्तिम पहुँच ३० जुन २०१३ [स्थायी मृत कडी]
  2.   লেখা "url" উপেক্ষা করা হয়েছে (सहायता); |https://www.viator.com/Kathmandu-attractions/access-date= प्यारामिटर ग्रहण गरेन (सहायता); |title= रितो (सहायता)

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]