डेलिमोसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डेलिमोसन
व्यवसायको प्रकारसहायक कम्पनी
साइटको प्रकार
श्रव्य दृश्य साझेदारी सेवा
उपलब्ध भाषा३९ देश र २४ भाषाहरू
संस्थापित१५ मार्च २००५; १८ वर्ष पहिले (२००५-०३-15)
मुख्यालयहरू
पेरिस
,
मालिकभिभेन्दी
मुख्य व्यक्तिहरूमाक्सिम साद (अध्यक्ष र कार्यकारी)
गिउम क्लिमोँ, प्रमुख उत्पादन र प्रविधि अधिकारी
बिचोई बास्था, प्रमुख विज्ञापन अधिकारी
स्तेफिनी फ्रेझ, प्रमुख मानव अधिकृत
अँथोवान बाने-रिभे, सञ्चार प्रमुख
युआरएलwww.dailymotion.com
अलेक्सा क्रम २११ (मे २०२०)[१]
विज्ञापनप्रासङ्गिकश्रव्य दृश्य विज्ञापन
दर्ताएच्छिक
(उर्ध्वभरण/टिप्पणी गर्न आवश्यक)
चालु भएको मिति१५ मार्च २००५
वर्तमान स्थितिचालू

डेलिमोसन एक श्रव्य दृश्य साझेदारी प्रविधि मञ्च हो जुन मुख्य रूपमा भिभेन्दीको स्वामित्व रहेको छ।[२] डेलिमोसनले बिबिसी समाचार, भाइस, ब्लुमबर्ग, हर्स्ट र अन्यसँग साझेदारीको थालनी गरेको थियो।[३] डेलिमोसन हाल विश्वव्यापी रूपमा उपलब्ध छ र २४ वटा भाषाहरूमा पनि उपलब्ध छ। ३९ वटा अनुवादित संस्करणहरूको आफ्नै छुट्टाछुट्टै गृह पृष्ठ र स्थानीय सामग्रीहरू रहेका छन्। यसमा हाल ३० करोड भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।[४]

डेलिमोसनले प्रयोगकर्ताहरूलाई खोजी र च्यानल, वा प्रयोगकर्ताहरूले सृजना गरेका समूहहरू मार्फत श्रव्य दृश्यहरू बजाउन र उर्ध्वभरण गर्न अनुमति दिन्छ। खोजी प्रणालीले अन्य प्रयोगकर्ताहरूले गरेका खोजीहरूमा आधारित परिणामहरू पनि प्रस्तुत गर्दछ। श्रव्य दृश्य फाइलको अधिकतम आकार २ गिगाबाइट हो भने श्रव्य दृश्य फाइलहरूको लम्बाईमा गतिशील र आधिकारिक प्रयोगकर्ताहरू बाहेक,६० मिनेट सम्ममा मात्र सीमित छ।[५] सन् २०१८ मा, डेलिमोसनले यसको सम्पूर्ण भण्डारणबाट टिप्पणीलाई पूर्ण रूपमा मेटाउँदै यो सेवालाई पनि बन्द गरेको थियो। कम्पनीले क्रमशः उर्ध्वभरण मिति वा दृश्य गणनाद्वारा श्रव्य दृश्य क्रमबद्ध गर्ने क्षमता र श्रव्य दृश्यको पुन: साझेदारी लगायतका सेवालाई हटाएको थियो।[६].

इतिहास[सम्पादन गर्नुहोस्]

डेलिमोसनको प्रधान कार्यालय, पेरिसमा

मार्च २००५ मा, बेजँमा बेजबुम र ओलिभिए पोएत्री पेरिसमा रहेको पोएत्रीको बस्ने कोठाबाट डेलिमोसनको स्थापना गरेका थिए। सबै गरी सुरुमा ६ जनाले व्यवसाय सुरु गर्ने भन्दै ६,००० युरो जम्मा गरेका थिए। [७]सेप्टेम्बर २००६ मा, डेलिमोसनले एटलस भेञ्चर्स र परटेक अन्तर्राष्ट्रियको सहकार्यमा कोषको वृद्धि गरेको थियो। कम्पनीले ७० लाख युरो कोषको रूपमा सङ्कलन गरेको थियो जुन सन् २००६ मा फ्रान्सेली वेब २.०बाट उठाइएको सबैभन्दा धेरै रकमको रूपमा मानिएको थियो। अक्टोबर २००९ मा, फ्रान्सेली सरकारले डेलोमेसनमा सामरिक लगानी कोष मार्फत लगानी गरेको थियो। जनवरी २००८ मा कम्पनीले आफ्नो पहिलो कार्यालय लन्डनमा स्थापना गरेको थियो भने यसले जुलाई २०११ मा, अर्को कार्यालय सान फ्रान्सिस्को, क्यालिफोर्नियामा स्थापना गरेको थियो। २५ जनवरी २०११ मा, फ्रान्सेली बहुराष्ट्रिय दूरसञ्चार कम्पनी ओघँजले डेलिमोसनमा ६ करोड २० लाख युरो लगानी गर्दै यसको ४९% भाग हासिल गरेको थियो, कम्पनीले पछि १२ करोडको मूल्य निर्धारण गरेको थियो।[८]

१० जनवरी २०१३ मा, ओघँजले बाँकी ५१% भाग ६ करोड १० लाख युरोमा खरिद गरेको थियो। २ मे २०१३ मा, फ्रान्सेली सरकारले, डेलिमोसन माथि याहुको अधिग्रहण प्रतिबन्ध गरेको थियो।[९]

२५ फेब्रुअरी २०१५ मा, ओघँजले डेलिमोसनको सेवा अमेरिकाको बजार भरि फैलाउने उद्देश्यका साथ माइक्रोसफ्टसँग छलफल गरेको कुरा खुलाएको थियो।[१०] बार्सेलोना स्थित एक स्थानीय दूरदर्शनसँगको अन्तवार्तामा ओघँजकी कार्यकारी स्तफन रिसाले सम्झौतासम्म पुग्न सके ठूलो आश रहने कुरा बताएकी थिइन्। कुनै पनि सम्झौता भएमा ओघँजको गुमेको स्वामित्व प्राप्त गर्ने कुरा पनि बताएकी थिइन्। रिसाले उनको कम्पनीले अन्य सम्भावित साझेदारहरूको साथसाथै डेलिमोसनको अन्तरर्राष्ट्रिय अपिल विस्तारको दृश्यको साथ वार्तामा रहेको, तर अन्यसँग छलफलहरू सामग्रीको सन्दर्भमा अधिक रहेको पनि खुलाएकी थिइन। [११]

डेलिमोसनको प्रतिक (सन् २०१५ देखि २०१७ सम्म)

सन् २०१५ मा, भिभेन्दीले ओघँज मार्फत डेलिमोसनको ८०% भाग खरिद गरेको थियो।[१२] सेप्टेम्बर २०१५ मा, भिभेण्डीले आफ्नो स्वामित्व ९०% मा बढाएको थियो।[१३]

सन् २०१७ को सुरुवातमा, व्यवस्थापनले कोत दि इभ्वाको राजधानी अबिजानमा नयाँ कार्यालय खोल्ने घोषणा गरेको थियो, र सन् २०१७ को अन्त्य सम्ममा ४०० व्यक्तिको श्रमशक्तिको अपेक्षा गरेको थियो।[१४] · [१५]

जनवरी २०१९ मा, डेलिमोसन एक प्रमुख साइबर हमलाको शिकार भएको थियो जसमा उक्त हमला यसका प्रयोगकर्ताहरूको आँकडामा सम्झौता गर्ने उद्देश्यले गरिएको बताइएको छ। [१६]

दृश्य पहिचान (प्रतिक)[सम्पादन गर्नुहोस्]

मञ्चहरू[सम्पादन गर्नुहोस्]

डेलिमोसन, श्रव्य दृश्य साझेदारी वेबसाइटको अनुप्रयोग विन्डोज १०, विन्डोज फोन, आइओएसएन्ड्रोइड लगायतका सञ्चालन प्रणालीमा उपलब्ध रहेको छ र हालै प्लेस्टेसन ४ र एक्सबकस वान लगायतका श्रव्य दृश्य खेल मञ्चहरूमा पनि यो उपलब्ध रहेको छ। पिएस४ र एक्सबक्स वान प्रयोगकर्ताहरूलाई पनि थप आकर्षिक बनाउन, प्रत्यक्ष प्रसारणहरूमा सबैभन्दा लोकप्रिय खेल प्रसारणको तुरुन्त पहुँच पाउनका लागि डेलिमोसनले प्रस्तावित श्रव्य दृश्य सामग्रीहरूमा केन्द्रित छ।

उत्पादनहरू[सम्पादन गर्नुहोस्]

डेलिमोसन खेल[सम्पादन गर्नुहोस्]

यो सेवा, पूर्ण रूपमा श्रव्य दृश्य खेलहरूमा समर्पित थियो तर सन् २०१५ मा सुरु गरिएको यस सेवा हाल निष्क्रिय अवस्थामा रहेको छ।

डेलिमोसन बादल[सम्पादन गर्नुहोस्]

अक्टोबर २०१० मा सुरू गरिएको यस सेवा व्यवसाय देखि व्यवसाय अभिमुख समाधान सेवा हो जसले श्रव्य दृश्यहरूलाई भण्डारण र अनलाइन प्रसारणका लागि अनुमति दिन्छ। यस्तो प्रकारको समाधानले सेवाले आफ्ना प्रयोगकर्ताहरूलाई विभिन्न सुविधाहरूको प्रदान गर्दछ जसमा प्रत्यक्षको लागि पाठकको निजीकरण, तथ्याङ्कमा पहुँच, "बहु-पर्दा" वितरण (फोन, ट्याबलेट, इत्यादिमा), सामाजिक सञ्जालहरूमा साझेदारी वा प्रयोग समावेश छ।[१७] सेवा १२ अप्रिल २०१५ मा निष्क्रिय भएको थियो। [१८]

डेलिमोसन प्रकाशक[सम्पादन गर्नुहोस्]

सन् २०११ को अन्त्य देखि, प्रवाह सेवा अभियानहरूका लागि डेलिमोसन प्रकाशक सञ्जालले वेबसाइट प्रकाशकहरूलाई विज्ञापन राजस्व बाँडफाँडको प्रस्ताव गरेको थियो। विज्ञापनहरू उनीहरूको साइटहरूमा श्रव्य दृश्य प्रवाहकर्तामा सम्मिलित छन्।[१९]

खुल्ला मागमा श्रव्य दृश्य सेवा[सम्पादन गर्नुहोस्]

यस खुल्ला मागमा श्रव्य दृश्य सेवाले डेलिमोसनका साझेदारहरूलाई क्लियङ भुक्तानी समाधान मार्फत तिनीहरूका कार्यक्रमहरू बेच्न अनुमति दिन्छ।[२०]

डेलिमोसन बृहत उर्ध्वभरणकर्ता[सम्पादन गर्नुहोस्]

सन् २०१४ यता, वेबसाइटले डेलिमोसन बृहत उर्ध्वभरणकर्ता सफ्टवेयरको प्रस्ताव गरेको छ। प्रयोगकर्ताहरूले श्रव्य दृश्यहरू वेबसाइट बिना नै उर्ध्वभरण गर्न अनुमति दिन्छ।[२१]

दर्शकहरू[सम्पादन गर्नुहोस्]

अक्टोबर २०१२ मा, डेलिमोसनले विश्वभरबाट प्रति महिना ११,००,००,००० आगन्तुकहरू प्राप्त गरेको थियो जसमा १ करोड २० लाख मोबाइल फ्रान्सेली मोबाइल प्रयोगकर्ताहरू रहेका थिए। यस श्रव्य दृश्य मञ्चले युरोपमा ३९.२%, एसियामा २६.९% र उत्तर अमेरिकामा १६.४% दर्शकहरू प्राप्त गरेको थियो।[२२]

अप्रिल २०१५ मा, साइटमा १४८ मिलियन अद्वितीय आगन्तुकहरू रहेका थिए। सन् २०१७ मा, दर्शकहरू विगतका वर्षहरूको तुलनामा कम रहेका छन्। सन् २०१८ सम्ममा, यसमा ३० करोड मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।[२३]

डेलिमोसनमा प्रतिबन्ध[सम्पादन गर्नुहोस्]

मे २०१२ मा, डेलिमोसन माथि भारतले प्रतिबन्ध लगाएको थियो[२४] तर जून २०१२ मा, भारतले प्रतिबन्ध फुकुवा गरेको थियो। मद्रासको उच्च न्यायलयले पहिलेको आदेशलाई परिवर्तन गर्दै, अवैध रूपमा प्रतिलिपि अधिकार सामग्री लिने मात्र विशिष्ट युआरएल प्रतिबन्ध गरिएको र सम्पूर्ण वेबसाइट भने प्रतिबन्धमा नपरेको कुरा बताएको थियो।[२५] भारतमा डेलिमोसन पुनः डिसेम्बर २०१४ मा प्रतिबन्धित भएको थियो, सरकारको चासोको कारणले गर्दा साइट आइएसआइएस प्रचार सम्बन्धी श्रव्य दृश्यहरू साझेदारी हुन सक्ने भन्दै यसलाई पुन प्रतिबन्ध गरिएको थियो। तथापि, ३१ डिसेम्बरमा भारतले डेलिमोसनमा लागेको प्रतिबन्ध फुकुवा गरेको थियो।[२६]

अगष्ट २०११ देखि डेलिमोसन कजाखस्तानमा पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।[२७]

प्रतिलिपी अधिकार प्रकरण[सम्पादन गर्नुहोस्]

जुन २००७ मा, डेलिमोसननले पेरिस उच्च अदालतद्वारा प्रतिलिपि अधिकार अतिक्रमण विषयको लागि जवाफदेही नरहेको पाएको थियो। न्यायाधीशहरूले डेभेलिमोसनलाई एक साझेदारी प्रदायक रहेको र प्रकाशक नरहेको कुरा बताएका थिए। यस साइटमा अवैध सामग्रीहरूको उपस्थित रहेका कारण यसले प्रतिलिपि अधिकार उल्लङ्घनका लागि उत्तरदायी हुनुपर्ने कुरा पनि न्यायाधीशहरूले बताएका थिए। यस्ता अवैध प्रतिलिपि अधिकार युक्त सामग्रीहरू डेलिमोसनकै प्रयोगकर्ताहरूद्वारा डेलिमोसनमै उर्ध्वभरण कुराको पनि जानकारी दिएका थिए। पेरिसीयाली न्यायाधीशहरूले डेलिमोसनलाई थाहा हुँदाहुदै पनि अवैध श्रव्य दृश्यहरू यसको साइटमा अनलाइन राखेका कारण, यो प्रतिलिपि अधिकार उल्लङ्घनका कार्यहरूको लागि उत्तरदायी हुनुपर्छ कुरा जानकारी दिएका थिए। [२८]

डिसेम्बर २०१४ मा, पेरिस न्यायलयले डेलिमोसनलाई प्रतिलिपी अधिकार अतिक्रमण गरेकोमा १.३ मिलियन युरो जरिवाना लगाएको थियो। पेरिसको उजुर न्यायलयले फ्रान्सेली दूर्दशन टिएफ१ र समाचार च्यानल एलसीआईको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको भेट्टाएको थियो। डेलिमोसनले टिएफ१ को सामग्री अवैध रूपमा अनलाइनमा हालेकोको विषयमा प्रतिलिपी अधिकार उल्लङ्घन गर्न प्रयोगकर्तालाई कार्वाही नगरेको कुरा बताएका थियो।[२९]

सन् २०१७ मा, मुख्य उत्पादन र प्रविधि अधिकारी गिउम क्लिमोँका अनुसार कम्पनीले मानव व्यवस्थापक र स्वचालित उपकरणहरूको संयोजनमा कार्य गर्दछ जुन प्रतिलिपि अधिकार धारक अधिकारहरू गन्तव्य भित्र सुरक्षित रहेका छन् र डेलिमोसनले दुई घण्टा भित्र संदिग्ध वा अवैध सामग्री हटाउन सक्षम हुने कुरा जानकारी दिएका थिए।[३०]

रुसको मस्कोमा रहेको मस्को सहरी अदालतले डेलिमोसनलाई स्थाई रूपमा प्रतिबन्ध गरेको छ।[३१] साइटले अवैध रूपमा दूर्दशन सामग्रीको पहुँच प्रदान गरेर रूसको प्रतिलिपि अधिकार कानून उल्लङ्घन गरेका कारण सन् २०१७ यता रुसमा डेलिमोसन पूर्ण रूपमा प्रतिबन्ध गरिएको हो।[३२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "डेलिमोसन डटकम साइटको जानकारी"अलेक्सा इन्टरनेट। सङ्ग्रह मिति १० मे २०२० 
  2. "Dailymotion – A proposito di Dailymotion"dailymotion.com (फ्रान्सेली भाषा)। 
  3. "Dailymotion launches new platform with BBC News, Vice, Cheddar as partners"फाउन्डरिमोट डटकम। सङ्ग्रह मिति २७ नोभेम्बर २०१७ 
  4. स्पाङ्गलर, टोड (१० अप्रिल २०१७)। "Dailymotion Plans Major Relaunch, Focused on Premium Content and Sidelining User Videos"भेराइटी। सङ्ग्रह मिति २७ नोभेम्बर २०१७ 
  5. "उर्ध्वभरण र अन्य सुबिधाहरू"। डेलिमोसन सहयोग केन्द्र। सङ्ग्रह मिति ३० जुन २०१६ 
  6. « Dailymotion met l'accent sur les vidéos payantes », sur lefigaro.fr, mis en ligne le 13 juin 2013, consulté le 6 novembre 2013.
  7. Philippe Guerrier (२००६-०९-०७)। "Web 2.0 : Dailymotion.com a les coudées franches pour conquérir l'Europe"vnunet.fr (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०१८-०३-२९ 
  8. "Vivendi acquiert 10% supplémentaires de Dailymotion auprès d'Orange"। Challenges। २ सेप्टेम्बर २०१५। सङ्ग्रह मिति २ मे २०१६ 
  9. Les grandes manœuvres du Net, Le Blog Finance, 8 avril 2013
  10. "L'État entre au capital de Dailymotion"01net (site web) (फ्रान्सेली भाषा)। २००९-१०-२३। सङ्ग्रह मिति २०१८-०३-२९ 
  11. "डेलिमोसनको बारेमा ओघँज र माइक्रोसफ्टको छलफल"। अन्तर्राष्ट्रिय प्रविधि। सङ्ग्रह मिति २६ फेब्रुअरी २०१४ 
  12. "Orange valorise Dailymotion à 120 millions d'euros"। २५ जनवरी २०११। 
  13. "Augmentation de la participation de Vivendi dans dailymotion"डेलिमोसन प्रेस। सङ्ग्रह मिति १६ अप्रिल २०१६ 
  14. Le plan de Vivendi pour relancer Dailymotion, Les Echos, १७ जनवरी २०१७
  15. "DAILYMOTION à PARIS 17 (75017), bilan gratuit 2016, sur SOCIETE.COM (483487112)"www.societe.com (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०१८-११-२२ 
  16. "Dailymotion: La plateforme victime d'une «attaque informatique à grande échelle»"fr.news.yahoo.com (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०१९-०१-२९ 
  17. "Dailymotion lance son "cloud", stockage et diffusion de vidéos pour entreprises"। १३ अक्टोबर २०१०। 
  18. https://support.dmcloud.net/entries/72975315-Dates-cl%C3%A9s वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-०३ मिति
  19. "Dailymotion et MSN unissent leurs forces"lesechos.fr। १० जनवरी २०१२। 
  20. Hugo Sedouramane (१४ फेब्रुअरी २०१३)। "Dailymotion choisit Cleeng pour monétiser son offre OpenVOD"JDN.fr। सङ्ग्रह मिति ११ अप्रिल २०१५ 
  21. https://www.dailymotion.com/fr/extras/mass_uploader
  22. Frédéric Simottel (१७ फेब्रुअरी २०१७)। "Dailymotion, site internet français dans le monde"BFM Business (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति ११ अप्रिल २०१७ 
  23. "Les résultats de Dailymotion en chute libre"bfmtv.com (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति १० जनवरी २०२० 
  24. टिएनएन (१८ मे २०१२)। "अदालतको आदेशमा श्रव्य दृश्य साझेदारी सेवा माथि प्रतिबन्ध"। लेखहरू द टाइम्स अफ इण्डिया द टाइम्स अफ इन्डिया.। सङ्ग्रह मिति ७ सेप्टेम्बर २०१२ 
  25. "भारतले श्रव्य दृश्य साझेदारी सेवा द प्राइभेट बे र अरूलाई पनि प्रतिबन्ध फुकुवा गरेको छ"। बिबिसी। २२ जुन २०१२। सङ्ग्रह मिति ७ सेप्टेम्बर २०१२ 
  26. जोस स्टोन (३१ डिसेम्बर २०१४)। "भिमिओ, डेलिमोसन लगायतका वेबसाइटहरूबाट भारत-विरोधी सामग्रीहरू फेला"इण्टरनेसनल बिजनेस टाइम्स 
  27. "Сокращенное решение Сарыаркинского районного суда города Астаны от 8 августа 2011 года № 2-4780/2011"। जाकोन डटकेजेट। ११ अगस्ट २०११। सङ्ग्रह मिति २७ नोभेम्बर २०१२ 
  28. "Paris court fines Dailymotion €1.3m for copyright infringement"डिजिटल टिभी युरोप डटनेट। ४ डिसेम्बर २०१४। सङ्ग्रह मिति १० सेप्टेम्बर २०१५ 
  29. "डेलिमोसन: प्रतिलिपी अधिकार उल्लङ्घन"जुरिसकम डटनेट। १८ जुलाई २००७। सङ्ग्रह मिति १३ सेप्टेम्बर २०१५ 
  30. ड्रेइयर, ट्रोए (३१ अक्टोबर २०१७)। "डेलिमोसनको अमेरिकामा पुन सुरुवात"स्ट्रिमिङ सञ्चार माध्यम पत्रिका। सङ्ग्रह मिति २७ नोभेम्बर २०१७ 
  31. "Роскомнадзор заблокировал Dailymotion"। «rns.online»। २८ जनवरी २०१७। सङ्ग्रह मिति २०१७-०१-२९ 
  32. И. И. Басыров (२ डिसेम्बर २०१६)। "Решение Московского городского суда от 02.12.2016 по делу № 3-1184/2016 Требование: О защите исключительных прав на аудиовизуальное произведение «Пацанки», размещенное на сайте... www.dailymotion.com"Московский городской суд. Дело № 3-1184/2016। consultant.ru। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]