कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रकार | स्वास्थ्य विश्वविद्यालय |
---|---|
Active | वि.सं. २०६८ कात्तिक ३– |
Chancellor | प्रधानमन्त्री |
Vice-Chancellor | डा. मंगल रावल |
Rector | निरेश थापा |
Undergraduates | प्रतिवर्ष २० एमबीबीएस, २० बीएमएस, २० बीपीएच, २० बी फार्मेसी |
स्थान | , २६°४८′३०″N ८७°१६′००″E / २६.८०८२९१°N ८७.२६६५५°E |
वेबसाइट | [१] |
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वशासित तथा स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो। यो कर्णाली प्रदेशमा पर्ने जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा वि.सं. २०६८ मा स्थापना भएको हो। यहाँ जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन्।[१] तत्कालीन कर्णाली अञ्चल अस्पताललाई स्तरोन्नति गरी कर्णाली र सुदूरपश्चिमका दुर्गम तथा पिछडिएका क्षेत्रका बासिन्दाको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा पहुँच बढाउने उद्देश्यले यो प्रतिष्ठान संसदले ऐन बनाएर स्थापना गरेको हो। यस प्रतिष्ठानले हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु, बझाङ, बाजुरा, अछाम, सुर्खेत, दैलेख, रुकुम र सल्यान जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीहरूसँग सहकार्य गरी स्वास्थ्य सेवाको विस्तार र गुणस्तर वृद्धिमा योगदान गरिरहेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]वि.सं. २०७३ सालबाट एमबिबिएस अध्ययन अनुमतिको लागि प्रयास गरेको यस प्रतिष्ठानले वि.सं. २०७८ फागुनमा एमबिबिएसका लागि २० सिटको सम्बन्धन प्राप्त गरेको थियो। त्यसअघि विभिन्न ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका थिए।[२]