इमाडोल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Imadol
इमाडोल
देश नेपाल
अञ्चलबागमती
जिल्लाललितपुर जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा६,४९४
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)
Postal code
44705
क्षेत्रीय सङ्केत01

इमाडोल नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो।

बि.सं. २०७१ साल मंसिरमा इमाडोललाई महालक्ष्मी नगरपालिकको क्रमस वडा नं. १ देखी ४ नं. वडाहरूमा बिभाजन गरी सामावेश गराईयो ।

तत्कालिन इमाडोल गा.वि.स. का वडा नं. ७, ८ , ९ लाई महालक्ष्मी नगरपालिकाको वडा नं. ४ मा परिवर्तित गरीयो ।

इमाडोल नाम कसरी रहन गयो ?

लिच्छविकालीन विक्रम सम्बत् ९३६ तिर हाँडीगाउँ अर्थात् विशालनगरमा भयंकर आगलागी भयो, जसले स्थानीय बासिन्दाको जीवन तहसनहस पारिदियो। सबैको घरबार उजाडियो। मानगृह र कैलाशकूटजस्ता भव्य दरबार आगोको लप्कामा लपेटिए।

पुरातत्वविद् साफल्य अमात्यले आफ्नो किताब ‘काठमाडौं नगरायण’ मा लेखेअनुसार, आगलागीले विशालनगर क्षेत्रको बसाइ छिन्नभिन्न भयो। तिनैमध्ये पाटन सुबहालका बासिन्दा पनि हुन् भन्ने भनाइ छ।

किम्बदन्तीअनुसार, जब हाँडीगाउँमा आगो लाग्यो, त्यहाँको एउटा समूह सुरक्षित स्थान खोज्दै इमाडोल सर्‍यो। उनीहरूले आफ्नो आराध्य चैत्य सँगै लगेका थिए। बसाइँ सर्दा एउटा चिलले बाटो देखाएको विश्वास गरिन्छ।

चिलले बाटो देखाएर बस्ती बसेकाले नै इमाडोल नाउँ रहेको भनाइ छ। नेवार भाषामा ‘इमा’ भनेको चिल हो।

यसलाई पुष्टि गर्ने एउटा चिनो अझै पनि इमाडोलमा छँदैछ।

इमाडोल, खरिबोटनिर पहेँलो र रातो रंगको जुन चैत्य हामी देख्छौं, (हालको भगवान थान नामले चिनेने बौध्द स्तुपा) त्यो तत्कालीन हाँडीगाउँवासीले आफूसँगै ल्याएका हुन्, जसलाई उनीहरूले त्यति बेलै इमाडोलमा प्रतिस्थापन गरेका थिए।

संभार: सुदन सिंह बस्नेत , ललितपुर ,इमाडोल, https://www.setopati.com/social/219889

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]