अमेरिकाको संविधान सभा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सन् १७७४को फिलाडेल्पिmयाको सम्मेलनद्वारा सर्वप्रथम महाद्विपीय कांग्रेसलाई आमन्त्रित गरियो। त्यस कांग्रेसले अमेरिकी शासनमा अङ्ग्रेजी शासनबाट पूर्ण रूपले स्वतन्त्रता प्राप्त गर्ने प्रयास गर्‍यो। फलस्वरूप सन् १७७६मा अमेरिका स्वतन्त्र राज्यका रूपमा घोषित भयो। त्यसपछि सन् १९७७को नोभेम्बर १५ तारिखमा त्यस कांग्रेसले एकराज्य मण्डल स्थापना गर्नका निमित्त एउटा संविधानको मस्यौदा तयार पार्‍यो। जसलाई सन् १७८१मा १३ वटा राज्यहरूले स्वीकृति दिए। त्यो संविधानले देशको आवश्यकीय सर्तहरू पूर्ति गर्न सकेन। त्यसपछि सन् १७८५ र १७८६मा अमेरिकी व्यापारीहरूले विभिन्न सभा सञ्चालन गरेका थिए। फलस्वरूप सन् १७८७मा फिलाडेल्पिmयाको सम्मेलनद्वारा शक्तिशाली केन्द्रीय संघको स्थापना गर्न एक संविधानको निर्माण गरिएको थियो, जसलाई अमेरिकी संविधान भनिन्छ। यो संविधानलाई आज पनि जीवित संविधान भनिन्छ।

अमेरिकाको १२ राज्यका प्रतिनिधिहरूको उपस्थितिमा १७८७को फिलाडेल्पिmया सम्मेलनले अमेरिकाको संविधानको निर्माण गरेको थियो। अन्तिम मस्यौदामा ३९ जना प्रतिनिधिले हस्ताक्षर गरेका थिए। सुरुमै संविधानसभाले कसरी संविधानको निर्माण गर्ने भन्ने कुरामा कार्यविधिको नियम बनाउन एउटा समिति नियुक्त गरेको पाइन्छ। उक्त कार्यविधिको नियमबमोजिम प्रत्येक ठूलो वा सानो राज्यको एउटा मतको अधिकार रहने र निर्णय बहुमतको हुने थियो। सबै सदस्य राज्यलाई प्रश्न सोधी छलफल गराई मत हाल्न लगाइन्थ्यो। मतदानमा बहुमत भएमा संविधानसभाले प्रस्ताव गरेको विषयवस्तु पारित भएको मानिन्थ्यो। मतकै विषयलाई लिएर २९ जुन १७८७मा नयाँ संविधानका प्रावधान सम्मेलनमा छलफलका लागि प्रस्ताव गरियो र के भनियो भने 'प्रत्येक राज्यको माथिल्लो संघात्मक सदनमा समान मत हुनुपर्दछ' तर साना राज्यले यो प्रस्ताव स्वीकार गरे भने ठूला राज्यको त्यहाँ मत बाँडियो। ५ राज्यका मत सकारात्मक थिए भने ५ नकारात्मक र एक विभाजित भएको थियो। विभाजित राज्य जर्जिया थियो। जुन राज्य सानो थियो। परिणाम सम्मेलनमा सहजकर्ता समिति नियुक्त गरियो। त्यो समितिले संघात्मक प्रतिनिधिसभामा जनसंख्याका आधारमा र राष्ट्रियसभाका लागि प्रत्येक राज्यबाट समान मत हुने व्यवस्थाको सिफारिस गर्‍यो। समान मत हुने कुरामा ठूलो मतभेद भएपछि सहमतिमा छाडियो। पछि संघात्मक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट संविधानसभाको निर्माण भएको थियो। २५ मे, १७८७मा अमेरिकामा संविधानसभाको सम्मेलनले मस्यौदा तयार गरी २५ मे १७८७मा फिलाडेल्पिmयामा सम्मेलन गर्नुको मुख्य उद्देश्य संविधानसभाको अध्यक्ष चुन्नु थियो। उमेर र प्रतिष्ठित व्यक्ति प|mेंक्लिनलाई राष्ट्रपति छान्ने अधिकार दिइयो। पेनसिलभानियामा औपचारिक रूपमा जर्ज वासिङटनलाई राष्ट्रपतिको प्रस्ताव गरियो र वासिङटनलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरियो। [१]

महासंघीय विधान[सम्पादन गर्ने]

अमेरिकी राज्यहरू लामो समयदेखि बि्रटिस उपनिवेशअन्तर्गत रहेका थिए। सन् १७७५मा उपनिवेशबाट मुक्तिका लागि १३ राज्य एउटा महासंघमा संगठित भई उपनिवेशविरुद्धको लडाइँ थालनी गरे। यसको एक वर्षपछि ४, जुलाई १७७६मा ती संयुक्त राज्यहरूले स्वतन्त्रताको घोषणा गरे। स्वतन्त्रतापछि १५ नोभेम्बर १७७७मा महासंघीय विधान -आर्टिकल्स अफ कन्पिडेरेसन) तयार गरी महासंघलाई स्थायी गरियो। महासंघका संकल्पलाई लागू गर्न सीमित शक्ति भएको संघीय संस्थाका रूपमा कांग्रेसको स्थापना गरियो। यसमा राष्ट्रपति र न्यायपालिकाको व्यवस्था थिएन। यही दस्ताबेज नै संयुक्तराज्य अमेरिकाको पहिलो लिखित संविधान, तत्काल शासन सञ्चालनको औजार र वर्तमान संविधानको मूल आधार थियो। यो संघीय दस्ताबेज कमजोर भएकाले यी राज्यमा कर लगाउन र राज्यहरूबीच उठेका विवाद सुल्झाउन सक्ने अवस्था थिएन। २१ जनवरी, १७८६मा जेम्स म्याडिसनको सिफारिसमा भर्जिनिया विधानसभाले अन्तरराज्यीय विवाद समाधान र महासंघीय विधानमा सुधार गर्न अन्नापोलिस (मेरिल्याण्ड)मा एउटा सम्मेलन आयोजना गर्‍यो। यसमा सबै राज्यको उपस्थिति नभएकाले पुनः १४ मे, १७८७मा फिलाडेल्पियामा बृहत् सम्मेलन आयोजनाको प्रस्ताव पारित गरियो।[२]

संविधान सम्मेलन र प्रतिनिधित्व[सम्पादन गर्ने]

संयुक्तराज्य अमेरिकाको संविधानसभालाई फिलाडेल्पिया सम्मेलनले पनि बुझ्न सकिन्छ। यो सम्मेलन सन् १७८७को मे १४ देखि डिसेम्बर १७ सम्म करिब चार महिनासम्म पेन्सिलभानियाको फिलाडेल्पियामा चलेको थियो। यस सम्मेलनको सभापतिमा जर्ज वासिंगटन सर्वसम्मतिले निर्वाचित भएका थिए। यसको मुख्य उद्देश्य संयुक्त राज्य अमेरिकाको शासन सञ्चालनमा आएका समस्या समाधान गर्न महासंघीय विधान संशोधन गर्नु रहेको भए पनि यसले नयाँ संविधान निर्माण गरी महासंघीय विधानलाई विस्थापित गर्‍यो। संविधान निर्माण सम्बन्धमा सम्पूर्ण निर्णय लिने प्रमुख अंग नै यही सम्मेलन थियो। तेह्र राज्यमध्ये (रोडे आइल्याण्डबाहेक) १२ राज्यका ५५ जना प्रतिनिधि संविधान निर्माणमा संलग्न थिए। रोडे आइल्याण्ड ट्रान्जिटमा रहेकाले संघमा प्रवेश गरेमा ट्रान्जिट करबाट हुने आय गुम्ने डरले यो सम्मेलनमा सहभागी थिएन।[२]

विषयवस्तु, बहस र सहमति: यो सम्मेलन पेन्सिल्भानियाको स्टेट हाउसमा भएको थियो। १८औँ शताब्दीको अन्त्यतिर भौगोलिक र यातायातको कठिनाइले राज्यका कैयौँ प्रतिनिधि १४ मे १७८७मा सम्मेलन स्थलमा उपस्थित हुनुपर्नेमा २५ मे सम्म उपस्थित हुन नसकेकाले बैठक सञ्चालनका लागि गणपूरक संख्या पुग्न नसकेको प्रसँग रोचक छ। जर्ज वासिंगटन सर्वसम्मतिबाट यसको अध्यक्षमा र विलियम ज्याक्सन सचिवमा चुनिएको भए पनि छलफलको पूर्ण विवरण जेम्स म्याडिसनले तयार गरेका थिए। त्यसैले म्याडिसन अमेरिकी संविधान निर्माणमा भारतका अम्बेडकरजत्तिकै महत्त्वपूर्ण व्यक्ति मानिन्छन्।[२]

संयुक्त राज्य अमेरिकाको भावी संविधान कस्तो बनाउने भन्ने सम्बन्धमा विभिन्न राज्यका योजना सम्मेलनमा छलफल भएका थिए। यीमध्ये प्रमुख योजनामा भर्जिनिया योजना, चाल्र्स पिंक्नीको योजना, न्यूजर्सी योजना, ह्यामिल्टन योजना, कनेक्टिकुट मेलमिलाप योजना र दासत्वसम्बन्धी विवाद समाधानबारेको जेम्स विल्सनको योजना आदि थिए। विवादका मुख्य विषयमा अन्तरराज्यीय ट्रान्जिटकर, विल अफ राइटस्, राज्यहरूबाट राष्ट्रिय व्यवस्थापिकामा हुने प्रतिनिधित्वको संख्या र आधार, राज्यहरूले केन्द्रलाई बुझाउने कर, दासको संवैधानिक हैसियत र दासव्यापार आदि थिए। विवादको समयमा संविधान नै नबनाउने, सम्मेलन बहिष्कार गर्नेसम्मका असन्तुष्टि पोखिएका थिए।[२]

प्रमुख विवादस्पद विषयमध्ये तत्कालीन जनसंख्याको १/५ भागका रूपमा रहेका दासहरूलाई स्वतन्त्र नागरिक बनाउने वा नबनाउने र प्रचलित दास व्यापारमा रोक लगाउने वा नलगाउने मुद्दा थिए। बढी जनसंख्याका आधारमा कंग्रेसमा बढी प्रतिनिधित्व हुने र केन्द्रलाई बढी कर तिर्नुपर्ने प्रावधान थियो। उत्तरीभन्दा दक्षिणी राज्यमा दासहरूको संख्या बढी थियो। दासको संख्या बढी भएका राज्यले के तर्क पेस गरे भने कांग्रेसको प्रतिनिधित्वका लागि दासलाई व्यक्तिका रूपमा जनसंख्यामा गणना गर्नुपर्ने, तर राज्यले जनसंख्याका आधारमा कर लगाउने अवस्थामा भने दासलाई व्यक्तिका रूपमा नभई बस्तुका रूपमा गणना हुनुपर्ने। यसको विपरीत दासहरू कम भएका राज्यहरूको तर्क के थियो भने उनीहरूले कर प्रयोजनका लागि दासको गणना गरिनुपर्ने, तर प्रतिनिधित्वका लागि गणना गरिनु नपर्ने। अन्ततः जेम्स विल्सनको दासको संख्याको ३/५ भागलाई मतदाता नामावली र कर प्रयोजन दुवैका लागि जनसंख्यामा समावेश गर्ने प्रस्तावमा सहमति भएको थियो। दास व्यापारलाई वैधता दिने वा नदिने अर्को विवादको विषय थियो। दश राज्यले यसलाई पहिले नै गैरकानूनी घोषित गरिसकेका थिए, तर जर्जिया, साउथ क्यारोलिना र नर्थ क्यारोलिनाले दास व्यापारमा प्रतिबन्ध लगाएमा सम्मेलन छाड्नेसम्मको चेतावनी दिएका थिए। यसमा अमेरिकी कंग्रेसले दास व्यापारमा रोक लगाउन सक्ने, तर आउँदो २० वर्षसम्म दास व्यापारमा प्रतिबन्ध नलगाउने सर्तमा सहमति भएको थियो।[२]

मस्यौदा समिति[सम्पादन गर्ने]

सहमतिपश्चात् सम्मेलनका सदस्यबाट २३ जुन १७८७मा संविधानको मस्यौदा निर्माणका लागि जोन रुटलेजको सभापतित्वमा एडमन्ड रेन्डोल्फ, ओलिभर इल्सवर्थ, जेम्स विल्सन र नथानायल गोर्हमसमेतको एउटा ५ सदस्यीय मस्यौदा समिति गठन गरियो। यस समितिले सम्मेलनमा पारित १५ संकल्पसहित सम्मेलन र महासंघीय विधानमा रहेका अन्य सहमतिमा केन्दि्रत रही मस्यौदा तयार गर्ने जिम्मेवारी पाएअनुसार ११ दिनभित्र कार्य पूरा गरी प्रतिवेदन पेस गर्‍यो।[२]

मस्यौदामाथि छलफल र हस्ताक्षर[सम्पादन गर्ने]

प्रस्तुत मस्यौदा प्रतिवेदनमाथि छलफल र परिमार्जनपश्चात् मस्यौदाको अन्तिम खाका तयार गर्न, गभर्नर मोरिस अध्यक्ष र ह्यामिल्टन, विलियम स्यामुएल जोन्सन, रफुसकिङ र जेम्स म्याडिसन सदस्य रहेको अर्का समिति गठन गरियो। यस समितिले मस्यौदाको अन्तिम स्वरूप तयार गरी हस्ताक्षरका लागि १७ सेप्टेम्बरमा सम्मेलनमा पेश गर्‍यो। १७ सेप्टेम्बर १७८७मा ५५ मध्ये ३९ प्रतिनिधिको हस्ताक्षरबाट यो मस्यौदा पारित भयो। कैयौँ प्रतिनिधि मस्यौदाको परिणामलाई हेरेर सन्तुष्ट थिएनन्। संघीय एकताका लागि राज्यहरूले सार्वभौमसत्ताको त्याग गरिसकेका थिए। सबैका विचारको समिक्षा गर्दै बेन्जामिन फ्रेन्कलिनले भनेका थिए, 'यस संविधानमा कैयांँै यस्ता प्रावधान छन्, जस्लाई म स्वयं वर्तमानमा स्वीकार गर्न सक्दिनँ, तर तिनीहरूलाई कहिल्यै स्वीकार गर्दिनँ भन्नेमा म निश्चित पनि छैन। हामीले कुनै वेला फेरि यस्तै सम्मेलन गरेर योभन्दा राम्रो संविधान बनाउन सक्छौँ भन्नेमा पनि म ढुक्क छैनँ। महाशयहरू ! हामीले प्राप्त गरेको यस उपलब्धिको जगेर्नाले भविष्यमा हामीलाई दक्ष तुल्याउनेछ र मलाई लाग्छ वर्तमानको हाम्रो प्रसन्नताले हाम्रा शत्रुलाई दुःखित तुल्याउनेछ।' [२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]