सामग्रीमा जानुहोस्

कक्सबाजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कक्सबाजार
কক্সবাজার
कक्सबाजार समुद्री तट
होटेल–मोटेल जोन
कक्सबाजार रेल्वे स्टेसन
कक्सबाजार विमानस्थल
कक्सबाजार–टेकनाफ मेरिन ड्राइभ
उपनाम: 
पर्यटनको सहर
कक्सबाजार is located in चट्टोग्राम विभाग
कक्सबाजार
कक्सबाजार
बङ्गलादेशको नक्शामा कक्सबाजारको अवस्थिति
कक्सबाजार is located in बङ्गलादेश
कक्सबाजार
कक्सबाजार
कक्सबाजार (बङ्गलादेश)
निर्देशाङ्क: २१°२५′३८″उ॰ ९२°००′१८″पू॰ / २१.४२७२२°N ९२.००५००°E / 21.42722; 92.00500निर्देशाङ्कहरू: २१°२५′३८″उ॰ ९२°००′१८″पू॰ / २१.४२७२२°N ९२.००५००°E / 21.42722; 92.00500
देश बङ्गलादेश
विभागचट्टोग्राम
जिल्लाकक्सबाजार
नामकरणहिरम कक्स
सरकार
 • प्रकारनगर परिषद्
 • अङ्गनगरपालिका
 • नगर प्रमुखरुबैया अफरोज
क्षेत्रफल
 • जम्मा२३.४ किमी (९�० वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११[])
 • जम्मा१९६३७४
 • घनत्व८४००/किमी (२२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक कोड
४७००
विमानस्थलकक्सबाजार अन्तर्राष्ट्रिय विमानस्थल
वेबसाइटwww.coxsbazar.gov.bd

कक्सबाजार (बङ्गाली: কক্সবাজার)बङ्गलादेशको दक्षिणपूर्वी भागमा अवस्थित सहर, मत्स्ये बन्दरगाह र लोकप्रिय पर्यटकीय केन्द्र हो। यो चट्टोग्राम विभाग अन्तर्गत पर्ने कक्सबाजार जिल्लाको मुख्यालय पनि हो। कक्सबाजार प्राकृतिक सुन्दरताको लागि निकै प्रसिद्ध छ। यहाँ १२० किलोमिटरमा फैलिएको संसारको सबैभन्दा लामो निर्वाध प्राकृतिक बलौटे समुद्री तट अवस्थित छ।[][] यो बङ्गलादेशको सबैभन्दा ठूलो समुद्री मत्स्ये बन्दरगाह र पनडुब्बी केबल अवतरण स्टेसन पनि हो। कक्सबाजारलाई पानोवा पनि भनिन्थ्यो, जसको शाब्दिक अर्थ पहेँलो फूल हुन्छ। यस सहरको अर्को प्राचीन नाम पालोङ्की हो।[][]

यस सहरले २३.४ वर्ग किलोमिटर (९.० वर्ग माइल) क्षेत्रफल ओगटेको छ जसमा ५८ महल्ला र २७ वडाहरू रहेका छन् भने सन् २०२२ सम्ममा यसको जनसङ्ख्या लगभग २,००,००० रहेको थियो। कक्सबाजार चट्टोग्रामसँग सडक र हवाई मार्गले जोडिएको छ।[][][]

आधुनिक कक्सबाजारको नाम पालोङ्की चौकीका उपरीक्षक तथा ब्रिटिस इस्ट इन्डिया कम्पनीका एक अधिकारी हिरम कक्सको नामबाट लिइएको हो। शरणार्थी पुनर्स्थापना कार्यमा उनको भूमिकाको सम्झनामा यो बजार स्थापना गरी उनको नाममा नामाकरण गरिएको थियो। यो बङ्गलादेशको प्रमुख पर्यटकीय स्थलहरू मध्ये एक हो। सन् २०२३ मा बङ्गलादेशले मोचा चक्रवात नजिकिएसँगै ५०,००० भन्दा बढी मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको थियो।[]सन् २०२४ को विरोध प्रदर्शनका क्रममा करिब १० हजार पर्यटक कक्सबाजारमा अड्किएका थिए।

९औँ शताब्दीको सुरुमा, कक्सबाजार सहित वृहत् चट्टोग्राम क्षेत्र सन् १९६६ मुगलहरूद्वारा विजय नभएसम्म अराकान राजाहरूको शासनको अधीनमा थियो। मुगल राजकुमार शाह शुज यस ठाउँबाट अराकान जाने क्रममा हालको कक्सबाजारको पहाडी भू–भाग हुँदै गुज्रिरहेको बेला उनी यहाँको प्राकृतिक र मनमोहक सुन्दरताप्रति आकर्षित भएका थिए। उनले आफ्ना सेनाहरूलाई त्यहाँ छाउनी हाल्न आज्ञा दिएका थिए। उनको एक हजार नोकरहरू केही समयको लागि त्यहाँ रोकिएका थिए। दुलाहाजारा नामक एक स्थान हाल पनि यस क्षेत्रमा अवस्थित छ जसको अर्थ "एक हजार डोली" हुन्छ। मुगलहरू पछि, यो स्थान टिप्रास र अराकानीहरूको नियन्त्रणमा आयो भने त्यसपछि पोर्तुगाली र अङ्ग्रेजहरूले क्रमशः यहाँ शासन गरेका थिए।

कक्सबाजार नाम ब्रिटिस इस्ट इन्डिया कम्पनीका अधिकारी हिरम कक्सको नामबाट उत्पन्न भएको थियो, जसलाई पालोङ्की (हालको कक्सबाजार) चौकीको उपरीक्षकको रूपमा नियुक्त गरिएको थियो। उनले वारेन हेस्टिङ्सको स्थान लिएका थिए जो विनियमन अधिनियम १७७३ पारित भएपछि बङ्गालको राज्यपाल बनेका थिए। कक्सले यस क्षेत्रमा अराकानी शरणार्थीहरूको लागि पुनर्वास र बसोबासको काम सुरु गरेका थिए। उनले यस क्षेत्रमा धेरै शरणार्थीहरूको पुनर्वास गरेका थिए तर सन् १७९९ मा आफ्नो काम पूरा गर्नुअघि उनको मृत्यु भएको थियो। उनको सम्झनामा बजारको स्थापना गरी उनको नाममा नामकरण गरी कक्सबाजार बनाइएको थियो। कक्सबाजार पहिलो पटक सन् १९५४ मा स्थापित भएको थियो भने सन् १८६९ मा नगरपालिका बनेको थियो।

सन् १८५७ को भारतीय विद्रोहपछि भारतमा कम्पनी शासनको अन्त्य भएसँगै यसको ठाउँमा ब्रिटिस राजमुकुटले लिएको थियो। फलस्वरूप, कक्सबाजारलाई ब्रिटिस राजमुकुट अन्तर्गत बङ्गाल प्रान्तको एक जिल्ला घोषणा गरिएको थियो।

२०औँ शताब्दी

[सम्पादन गर्नुहोस्]

सन् १९४७, भारतमा ब्रिटिस शासनको अन्त्य पछि, कक्सबाजार पूर्वी पाकिस्तानको भाग बनेको थियो। कक्सबाजार नगरपालिकाको पहिलो स्वतन्त्रता पछिका अध्यक्ष सहसेनानी फजलुल करिमले समुद्र तटमा तामारिस्क वनको स्थापना गरेका थिए। उनी पर्यटकहरूलाई आकर्षित गर्नुका साथै सुनामीबाट समुद्र तटको रक्षा गर्न चाहन्थे। उनले आफ्नो ससुराको र आफ्नो जग्गाको अधिकांश भाग सार्वजनिक पुस्तकालय र हलको निर्माणका लागि दान गरेका थिए। बम्बईकराचीका समुद्र तटहरू देखेपछि करिमले कक्सबाजारलाई एक पर्यटकीय स्थलको रूपमा निर्माण गर्न प्रेरित भएका थिए भने कक्सबाजारलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने कार्यको थालनी उनले गरेका थिए। करिमले फोर्ड फाउन्डेसन र रकफेलर फाउन्डेसनबाट पत्राचारमार्फत अनुदान प्राप्त गरेर प्रसूति अस्पताल, रङ्गशाला र ढल प्रणाली स्थापना गरेका थिए। ढाका इन्जिनियरिङ कलेजका प्रधानाध्यापक टिएच म्याथ्युजले उनलाई चन्दा उठाउने यी प्रयासहरूमा सहयोग गरेका थिए जो करिमका साथी थिए। यी सबै परियोजनाहरूमा काम गर्ने सरकारी इन्जिनियर चण्डीचरण दास पनि एक थिए।

२१औँ शताब्दी

[सम्पादन गर्नुहोस्]

सन् २०१२ को सेप्टेम्बरमा यो नगरपालिका रामु दङ्गाको प्रमुख स्थल बनेको थियो जहाँ स्थानीय मुसलमानहरूले फेसबुकमा पोस्ट गरिएको कथित कुरानको अपमानको कारण बौद्ध समुदायमाथि आक्रमण गरेका थिए।[१०]

सन् २०१७ मा म्यानमारबाट लाखौँ रोहिङ्ग्या शरणार्थीहरू कक्सबाजार जिल्लामा आइपुगेका थिए, भने उनीहरूको सङ्ख्या अक्टोबर २०१८ सम्ममा ७,२५,००० पुगेको थियो। यसको परिणामस्वरूप कुतुपालोङ शरणार्थी शिविर विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर बन्न पुगेको थियो।[११]

सन् २०२० मे १४ मा कोक्सबाजार जिल्लामा बसोबास गर्ने ८,६०,००० शरणार्थीहरूमा कोभिड-१९ को पहिलो बिरामी यहाँको रहेको पुष्टि भएको थियो।[१२]

सन् २०२१ को मार्चमा शरणार्थी शिविरमा भएको आगलागीमा १५ जनाको मृत्यु भएको थियो भने करिब ४०० जना बेपत्ता र ४५ हजारभन्दा बढी रोहिङ्ग्या शरणार्थी विस्थापित भएका थिए।[१३]

कक्सबाजार चट्टोग्राम सहरबाट १५२ किलोमिटर दक्षिणमा र ढाकाबाट ४१४ किलोमिटर टाढा अवस्थित छ। यो बङ्गलादेशको सबैभन्दा ठूलो पर्यटकीय केन्द्र हो। देशको राजधानी ढाकाबाट सडक र हवाई मार्गबाट कक्सबाजार पुग्न सकिन्छ। चट्टोग्रामबाट कक्सबाजारसम्म रेल मार्ग निर्माण गर्ने परियोजना पूरा भएपछि ढाका र चट्टोग्रामबाट परजातोन एक्सप्रेस र कक्सबाजार एक्सप्रेस नामक दुईवटा रेल नियमित रूपमा सञ्चालित छन्। सन् २०२३ को नोभेम्बर ११ मा प्रधानमन्त्री शेख हसिनाले कक्सबाजारस्थित नवनिर्मित आइकोनिक स्टेसनमा रेल परियोजनाको औपचारिक उद्घाटन गरेकी थिइन्।[१४] उद्घाटन पछि वाणिज्यिक रेल यात्रा सन् २०२३ डिसेम्बर १ बाट मा भएको थियो।

पर्यटन आकर्षण र अर्थतन्त्र

[सम्पादन गर्नुहोस्]

कक्सबाजारमा पर्यटन उद्योग केन्द्रित थुप्रै संस्थाहरू रहेका छन् छन्। यहाँ निजी पहलद्वारा निर्मित धेरै होटल र बङ्गलादेश पर्यटन केन्द्रद्वारा निर्मित मोटलहरू बाहेक, समुद्र तट नजिकै धेरै पाँच तारे गुणस्तरका होटलहरू अवस्थित छन्। यसबाहेक पर्यटकका लागि झिनुक बजार नामक एक पर्यटकीय स्थानको पनि विकास गरिएको छ। म्यानमारको सीमाना नजिक बर्मेली बजारको पनि स्थापना गरिएको छ जसमा थाइल्यान्ड, चीन आदि स्थानहरूबाट आउने विदेशी सामानहरू उपलब्धि छन्। यहाँ देशको एक मात्र ठूलो माछा एक्वेरियम पनि छ। यहाँ वाटर बाइकिङ, बीच बाइकिङ गर्ने मिल्ने ठाउँहरू सहित कक्स कार्निभल सर्कस सो, डारिया नगर इकोपार्क, कक्स बजार विकास प्राधिकरणद्वारा निर्मित असङ्ख्य वास्तुकाल, फ्युचर पार्क, चिल्ड्रेन पार्क र अन्य पर्यटकीय स्थलहरू पनि छन्। यहाँ रमाइलो गर्न रातभर समुद्र तट साङ्गीतिक कार्यक्रमहरू पनि हुने गरेका छन्। रातको समयमा ठूलाठूला बत्तीहरूद्वारा समुद्र तटलाई उज्यालो पारिएकाले रातमा समुद्रको आनन्द लिने अवसर पनि यहाँ लिन सकिन्छ।

कक्सबाजार सहरका ४ वटा महत्वपूर्ण स्थानमा चारवटा मूर्ति स्थापना गरिएको छ। यहाँको रातो पोखरी, गोल पोखरी र बजारघाटा पोखरीमा कक्स बजारको हजार वर्ष पुरानो परम्परा झल्किन्छ। यो परियोजनालाई कक्सबाजारको सम्पदाको संरक्षण, सुन्दरता बढाउन, पर्यटक विकास र स्थानीय मानिसहरूलाई मनोरञ्जन प्रदान गर्न अगाडि बढाइएको थियो। पदमार्ग, मस्जिद जीर्णोद्धार, स्मारिका पसल, सामुदायिक भवन, खाजा घर, पर्यटक सहायक कक्ष, पर्यटक सूचना केन्द्र, साइकल पार्किङ स्ट्यान्ड, फराकिलो सार्वजनिक शौचालय, पुस्तकालय आदिका साथ परियोजना कार्यान्वयनलाई गरिएको थियो। यसले गर्दा पर्यटक र स्थानीयका लागि मनोरन्जनको वातावरण बनेको छ।

कक्सबाजारमा विभिन्न आदिवासीजनजातीय समूहहरू बसोबास गर्दै आएका छन् जसले सहरलाई अधिक विविध बनाएको छ। यी जनजातिहरूमध्ये रखाइन समुदाय यहाँको मुख्य समुदाय हो। कक्सबाजार सहर र यसको नजिकै अवस्थित रामुमा बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थलको रूपमा बौद्ध गुम्बाहरूको निर्माण गरिएको छ। कक्सबाजारका बौद्ध गुम्बाहरूमा धेरै दुर्लभ बौद्ध मूर्तिहरू रहेका छन्। यी मूर्तिहरू पर्यटकहरूको आकर्षणको रूपमा बङ्गलादेशको सबैभन्दा उत्तम स्थानको रूपमा प्रसिद्ध छन्।

कक्सबाजारको प्रमुख आर्थिक गतिविधि पर्यटन हो। सहर र तटीय क्षेत्रमा धेरै होटल तथा अतिथि गृहहरूको निर्माण भएको छ भने धेरै व्यक्तिहरू पर्यटन व्यावसायमा संलग्न छन्। शङ्ख र मोतीबाट निर्मित गरहना पर्यटकहरू माझ धेरै लोकप्रिय छन् भने स्थानीय मानिसहरू पर्यटकहरूको लागि यातायात व्यवसायमा पनि संलग्न छन्। स्थानीय मानिसहरू माछा मार्ने र आफ्नो जीविकोपार्जनको लागि समुद्री भोजन र समुद्री उत्पादनहरू सङ्कलन कार्यमा संलग्न छन्। कक्सबाजार बङ्गलादेशमा जलीय कृषिको लागि केही प्रमुख स्थानहरू मध्ये एक हो। खुल्नासँगै यसलाई विदेशी मुद्राबाट प्राप्त हुने राजस्वको प्रमुख स्रोत मानिन्छ। साना कृषि कार्यहरू बाहेक, समुद्री र अन्तर्देशीय माछा मार्ने र नुन उत्पादन अन्य औद्योगिक स्रोतहरू हुन् जसले राष्ट्रिय अर्थव्यवस्थामा महत्त्वपूर्ण भूमिका खेल्दछ।[१५]

कक्सबाजार समुद्री तट

[सम्पादन गर्नुहोस्]

कक्सबाजार समुद्र तट बङ्गलादेशको कक्सबाजारमा अवस्थित एक विशाल समुद्र तट हो। १५० किलोमिटर (९३ माइल) लामो यो समुद्र तट संसारको सबैभन्दा लामो प्राकृतिक समुद्र तट हो।[१६][१७][१८][१९][२०] ब्राजिलको २१२ किलोमिटर (१३२ माइल) लामो क्यासिनो समुद्र तट विश्वको पहिलो र अस्ट्रेलियाको १५१ किलोमिटर (९४ माइल) लामो समुद्र तट हाल संसारको दोस्रो लामो तट हो। यद्यपि अस्ट्रेलियाका केही समुद्र तटहरू मानव निर्मित छन्।[२१][२२] कक्सबाजार समुद्र तट बङ्गलादेशको सबैभन्दा लोकप्रिय पर्यटक आकर्षण हो। यस समुन्द्री तटमा हरेक दिन धेरै पर्यटकहरू आउने गरेका छन्।[२३][२४]

तस्वीर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "আদমশুমারি ও গৃহগণনা-২০১১" (PDF) (अङ्ग्रेजी भाषा)। বাংলাদেশ পরিসংখ্যান ব্যুরো। ११ मार्च २०१४। सङ्ग्रह मिति २०१९-१२-२९ 
  2. Rongmei, Precious, "Have you been to the longest beach in the world?", The Times of India, आइएसएसएन 0971-8257, अन्तिम पहुँच २०२३-०९-१२ 
  3. "Bangladesh's Cox's Bazar: A paradise being lost?", BBC News, २०१२-१२-२६, अन्तिम पहुँच २०२२-०४-३० 
  4. "Huge fire at Rohingya refugee camp leaves thousands without shelter | Bangladesh | the Guardian" 
  5. "A Glimpse at Camp Life in Cox's Bazar: Examining Aid Response", १३ अप्रिल २०२३। 
  6. "Area, Population of Cox's Bazar", citypopulation.de 
  7. "Cox's Bazar, Bangladesh", इन्साइक्लोपिडिया ब्रिटानिका, १२ जनवरी २०१५, अन्तिम पहुँच १४ जनवरी २००८ 
  8. "কক্সবাজার জেলা", coxsbazar.gov.bd (बङ्गालीमा), अन्तिम पहुँच ४ डिसेम्बर २०१८ 
  9. "50,000 people evacuated in Cox's Bazar as cyclone Mocha approaches", Dhaka Tribune, २०२३-०५-१३, अन्तिम पहुँच २०२३-०५-१३ 
  10. "Bangladesh rampage over Facebook Koran image", BBC News, ३० सेप्टेम्बर २०१२, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  11. "Cox's Bazar: The world's biggest refugee settlement", Norwegian Refugee Council, २१ मे २०२०, अन्तिम पहुँच २४ अगस्ट २०१८ 
  12. Refugees, United Nations High Commissioner for (१५ मे २०२०), "Public health response in Rohingya refugee settlements on alert as first coronavirus case confirmed", UNHCR (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ मे २०२० 
  13. "UN emergency fund allocates $14 million for Rohingya refugees left homeless by massive fire", UN News (अङ्ग्रेजीमा), २०२१-०३-२५, अन्तिम पहुँच २०२१-०३-२८ 
  14. "কক্সবাজারে রেলপথ ও আইকনিক স্টেশন উদ্বোধন করলেন প্রধানমন্ত্রী" (बङ्गाली भाषा)। দৈনিক ভরের ডাক। ११ नोभेम्बर २०२३। सङ्ग्रह मिति ११ नोभेम्बर २०२३ 
  15. Reeves, Peter, "The Development of Export-Oriented Shrimp Aquaculture in Bangladesh: a preliminary assessment of moves to more intensive production in southeastern Bangladesh", University of Edinburgh (Abstract), मूलबाट १ सेप्टेम्बर २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २००८  वेब्याक मेसिन अभिलेखिकरण १ सेप्टेम्बर २००५ मिति
  16. এথিরাজান, আনবারাসান (२६ डिसेम्बर २०१२), "Bangladesh's Cox's Bazar: A paradise being lost?", বিবিসি ওয়ার্ল্ড, अन्तिम पहुँच २९ जनवरी २०१५ 
  17. "Bangladesh: Tourism", দ্য ইউরোপা ওয়ার্ল্ড ইয়ার বই, টেইলর অ্যান্ড ফ্রান্সিস, २००३, पृ: ৬৭৯, आइएसबिएन 978-1-85743-227-5 
  18. "Cox's Bazar, Bangladesh - the World's Longest Beach 120km", अन्तिम पहुँच १० जनवरी २००८ 
  19. "World's longest beach hidden in Bangladesh", দ্য সিডনি মর্নিং হেরাল্ড, রয়টার্স, ३१ जनवरी २००७, अन्तिम पहुँच १० जनवरी २००८ 
  20. IMF Country Report 05/410 Bangladesh: Poverty Reduction Strategy Paper, আন্তর্জাতিক মুদ্রা তহবিল, २३ डिसेम्बर २००५, पृ: ১১৬, आइएसबिएन 978-1-4527-0752-5 
  21. Nogueira, Kiko (२००७), Guia Quatro Rodas Praias 2007 (पोर्तुगालीमा), São Paulo: Editora Abril। 
  22. Ocean: The Definitive Visual Guide, ডর্লিং কিন্ডার্সলি লিমিটেড, १ सेप्टेम्बर २०१४, पृ: ১১১, आइएसबिएन 978-0-241-18703-6 
  23. অজিত, কে. ডান্ডা (২০০৩), Asia, Land and People, কলকাতা: এশিয়াটিক সোসাইটি, पृ: ১২০, आइएसबिएन 9788172361402 
  24. মারিয়াম হোয়াইট এবং জুই লিন ইয়ং, Bangladesh, পৃষ্ঠা ১৩৬, মার্শাল ক্যাভেনডিশ, ২০১০, आइएसबिएन ९७८०७६१४४४७५६

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]