सामग्रीमा जानुहोस्

प्रदेश प्रमुख (गण्डकी प्रदेश)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गण्डकी प्रदेशको प्रदेश प्रमुख नेपालको गण्डकी प्रदेशको नाममात्रको राष्ट्रप्रमुखनेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग गण्डकी प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो गण्डकी प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।

चयन प्रक्रिया

[सम्पादन गर्नुहोस्]

नेपालको संविधानको धारा १६४ मा भनिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
  2. पैंतीस वर्ष उमेर पूरा भएको, र
  3. कुनै कानूनले अयोग्य नभएको।
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
बाबुराम कुँवर २०७५ माघ ५ २०७६ कात्तिक १७ २८८ दिन
अमिक शेरचन २०७६ कात्तिक १९ २०७८ वैशाख २०  वर्ष, १७९ दिन
सीताकुमारी पौडेल २०७८ वैशाख २० २०७८ साउन १२ ८५ दिन
पृथ्वीमान गुरुङ २०७८ साउन १२ २०८० फागुन ३०  वर्ष, २३० दिन
डिल्लीराज भट्ट २०८० चैत २ बहालवाला  वर्ष, ३५८ दिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]