ढाँचा:प्रमुख लेख/नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको झन्डा

नेपाल दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यो देश मुख्यतया हिमालयमा अवस्थित भएता पनि यसले सिन्धु गङ्गा मैदानको भागहरू पनि समावेश गर्दछ। यो देशको उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र र दक्षिण, पूर्व तथा पश्चिममा भारतसँग सीमा साझा गर्दछ जबकि सिलिगुडी कोरिडोरद्वारा बङ्गलादेश र भारतीय राज्य सिक्किमद्वारा भुटानसँग सङ्कुचित रूपमा छुट्टिएको छ। नेपालको उर्वर समतल क्षेत्र, उत्तरी ध्रुववृत्त जङ्गली पहाडहरू, र संसारका सबैभन्दा उच्च १४ हिमशृङ्खलाहरू मध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा पनि एक हो। नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्य हो, जसको आधिकारिक भाषा नेपाली हो। नेपालको प्रमुख सहर र राजधानी काठमाडौँ हो। (पूरा  पढ्नुहोस्...)