तनहुँ २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(तनहुँ २बाट अनुप्रेषित)
तनहुँ २
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा तनहुँ २
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाली कांग्रेस
संसद सदस्यशंकर भण्डारी

तनहुँ २ नेपालको तनहुँ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

तनहुँ २ मा शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ्ग गाउँपालिकाव्यास नगरपालिकाको ५ र ६ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • तनहुँ २ (क)
  • तनहुँ २ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ गोविन्दराज जोशी नेपाली कांग्रेस
२०५१ रामचन्द्र पौडेल
२०७४ केदार सिग्देल नेकपा एमाले
मे २०१८ नेकपा
२०७९ शङ्कर भण्डारी नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५