प्राइभेट लिमिटेड कम्पनी
स्वरूप
(निजी कम्पनीबाट अनुप्रेषित)
कम्पनी |
---|
निजी कम्पनी भन्नाले बढीमा पचास जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ । [१] यो एक किसिमको संयुक्त स्टक कम्पनी हो ।
विशेषता
[सम्पादन गर्नुहोस्]- यसको छुट्टै कानुनी अस्तित्व हुन्छ। यसलाई कानुनी व्यक्ती मानिन्छ। यसले मुद्दा गर्न सक्छ तथा यस उपर मुद्दा पर्न सक्छ ।
- प्राइभेट लिमिटेड कम्पनी स्थापना तथा सञ्चालन गर्न पब्लिक कम्पनीको तुलना मा अपेक्षाकृत कम जटिल हुन्छ किनकि यसलाई धेरै नियम र प्रतिबन्ध बाट छुट दिइएको हुन्छ। जस्तै: संस्थापकको सहमती भए वार्षिक साधारण सभा गर्नु नपर्ने।
- सीमित दायित्व: कम्पनीका शेयरधारकहरूको दायित्व उनीहरूको लगानीसम्म मात्र सीमित हुन्छ। व्यक्तिगत सम्पत्ति जोखिममा पर्दैन।
- शेयर हस्तान्तरणमा प्रतिबन्ध: कम्पनीका शेयरहरू केवल कम्पनीको अनुमति र नियमअनुसार मात्र हस्तान्तरण गर्न सकिन्छ।
- सीमित शेयरधारक संख्या: प्राइभेट लिमिटेड कम्पनीमा शेयरधारकहरूको संख्या अधिकतम १०१ सम्म सीमित हुन्छ।
- लगानी आकर्षण: यो संरचनाले लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्छ किनकि दायित्व सीमित हुन्छ।
- व्यवस्थापन: कम्पनीको दैनिक व्यवस्थापन र सञ्चालन निर्देशकहरूद्वारा गरिन्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ कम्पनी ऐेन, २०६३, ट्याक्स भ्याट नेपाल