नेपालका सहिदहरू
शहिद भन्नाले आफ्नो व्यक्तिगत वा पारिवारिक स्वार्थ र सुविधा भन्दा माथि उठेर समाज, राष्ट्र, देश र जनताको भलाईका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । जुन देशमा सामाजिक, आर्थिक, सांस्कृतिक, वा राजनीतिक क्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि देशका लागि मानिसले आफ्नो बलिदान दिएका छन्, उनीहरूलाई नै शहीद भनिन्छ । शहीद शब्द मौलिक रूपमा व्यक्तिको लागि प्रयोग भएको थियो। सुरुमा नेपालमा सहिद भनेर राणा शासनको विरुद्ध आवाज उठाउँदा मृत्यु भएका व्यक्तिहरूलाई बुझिन्थ्यो ।
लखन थापालाई नेपालको पहिलो सहिद मानिन्छ। पल्टनका लाहुरे लखन थापालाई तत्कालीन श्री ३ जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुण्डाएर मारिएको थियो । [१]
९७ सालका शहीदहरू
[सम्पादन गर्नुहोस्]जुद्ध शमसेर जबरा र उनको जहानियाँ राणा शासन र निरङ्कुश राज्य व्यवस्था बिरुद्ध कार्य गरेको भन्दै वि.सं. १९९७ मा तत्कालीन राणा शासनले बिभिन्न व्यक्तिहरूलाई मृत्युदण्ड दिएको थियो । बि.सं. १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो, शहीदको रूपमा शहीद धर्मभक्त माथेमाको हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे,१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गङ्गालाल श्रेष्ठलाई एउटा खम्बामा बाँधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए। ती चारवटा शहीदको प्रतिमा शहिदगेटमा प्रतिमा स्थापित गरिएको छ ।
- यो पनि हेर्नुहोस्
- भीमदत्त पन्त
- दुर्गानन्द झा
- रत्न कुमार बन्तवा
- यज्ञबहादुर थापा
- टङ्कप्रसाद आचार्यलाई ब्राह्मण भएकाले मृत्युदण्डबाट जोगिए तर उनलाई जातच्युत गरियो र उनलाई प्रायः "जीवित शहीद" भनिन्छ।
- प्रधानमन्त्री चौतारिया पुष्कर शाहका छोरा कर्नल अमर बिक्रम शाहलाई वि.सं १९३८ मा विद्रोह प्रयासमा उनको भूमिकाको कारण राणा शासनले टेकुमा मृत्युदण्डको सजाय सुनाएको थियो। उनले तत्कालीन प्रधानमन्त्री रणोदिप सिंह कुँवरलाई मार्नको लागि एक षड्यन्त्रको नेतृत्व गरेका थिए।
विरासत
[सम्पादन गर्नुहोस्]
- हरेक वर्ष माघ १६ मा सहिद दिवस मनाइन्छ। सहिद हप्ता माघ १०-१६ सम्म सहिद सप्ताहको रूपमा लिइन्छ। [२]
- सहिद गेट र सहिद स्मारक काठमाडौँमा छ। प्रधानमन्त्री र अन्य पदाधिकारीहरूले शपथ ग्रहण गरेपछि स्मारकको भ्रमण गर्ने प्रचलन छ।
- सहिद स्मारक ए-डिभिजन लिग अखिल नेपाल फुटबल सङ्घको शीर्ष डिभिजन हो।
- दशरथ रङ्गशाला, नेपालको राष्ट्रिय रङ्गशाला दशरथ चन्दको नाममा राखिएको छ।
- देशका धेरै सडकहरू र पार्कहरू सहिदहरूको नाममा नामाकरण गरिएको छ।

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Bad blood", Nepali Times, मूलबाट २०१२-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०३-०२।
- ↑