नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
महासचिवमोहन वैद्य
स्थापना२०६९ असार ५
कानुनीमान्यता२०७४ असार २८[क]
टुक्रिएकोनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
प्रमुख कार्यालयकाठमाडौँ
निर्वाचक मोर्चादेशभक्त जनगणतान्त्रिक मोर्चा
विचारधारामार्क्सवाद-लेनिनवाद-माओवाद
राजनीतिक स्थानवामपन्थी
अन्तर्राष्ट्रिय सम्बद्धताक्रान्तिकारी दल र सङ्गठनहरूको अन्तर्राष्ट्रिय समन्वय[क]
निर्वाचन चिह्न

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) संक्षिप्त रूपमा, नेकपा (क्रान्तिकारी माओवादी) नेपालको एक साम्यवादी पार्टी हो। २०६९ असार ५ गते एकिकृत नेकपा (माओवादी)का तत्कालीन उपाध्यक्ष मोहन वैद्यले दल विभाजन गरेपछि यसको स्थापना भएको थियो। [१]

इतिहास[सम्पादन गर्नुहोस्]

स्थापना र प्रथम विभाजन[सम्पादन गर्नुहोस्]

२०६९ असारमा, मोहन वैद्यले नेपाल माओवादी कम्युनिस्ट पार्टी गठन गर्न १४९ मध्ये ४५ जना केन्द्रीय समिति सदस्यका साथ एनेकपा (माओवादी)बाट विभाजन गरेका थिए।[२][३] उनले पार्टी अवसरवादीहरूले भरिएको र नेतृत्वले जनयुद्धका उपलब्धिहरू नष्ट गरेको आरोप लगाएका थिए। २०६३ मा भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुलाई माओवादी नेतृत्वको प्रमुख गल्तीका रूपमा पनि लिएका थिए।[४] पार्टीले २०७० को संविधानसभा निर्वाचन बहिष्कार गरेको थियो र चुनाव सञ्चालन गरिरहेको प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा भएको अन्तरिम सरकारको विरोध गरेको थियो। [५] दलले विभिन्न स्थानहरूमा बम विस्फोट गरेर चुनावमा बाधा पुर्‍याउने प्रयास गरेको थियो जसको परिणामस्वरूप एक बालकको मृत्यु समेत भएको थियो।[६][७]

८ मङ्सिर २०७१ मा पार्टी महासचिव नेत्रविक्रम चन्द "विप्लव" सहित १२ जना केन्द्रीय कमिटी सदस्यहरू पार्टीबाट विभाजन भएर वैद्यलाई कमजोर नेतृत्व दिएको र पार्टीलाई नयाँ चरणको क्रान्तिको नेतृत्व गर्न नसकेको आरोप लगाएका थिए। १३ मङ्सिर २०७१ मा, नेपाल कम्युनिस्ट पार्टीको रूपमा नयाँ पार्टी गठन भएको थियो।[८][९]

विचारधारा[सम्पादन गर्नुहोस्]

दलले मार्क्सवाद-लेनिनवाद-माओवाद सिद्धान्त अपनाएको छ। नयाँ जनवादी गणतन्त्र दलको राजनीतिक एजेन्डा हो।[१०] पार्टीले अघिल्लो माओवादी पार्टीबाट "माओवादी जनयुद्ध"को रेखाबाट अगाडि बढिरहेको "नयाँ जनविद्रोह"को राजनीतिक एजेन्डालाई पनि समर्थन गरेको छ।[११]

चुनावी प्रदर्शन[सम्पादन गर्नुहोस्]

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको रूपमा यसले निर्वाचनमा सहभागी भएको थियो।

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
क्र.सं %
२०७४ चन्द्रप्रकाश गजुरेल १३,९४२ ०.१५
० / २७५
21st एमाले-माओवादी

टिप्पणी[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ देशभक्त जनगणतान्त्रिक मोर्चा

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेकपा (क्रान्तिकारी माओवादी) फुट्यो" (नेपाली) भाषा)। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  2. Magazine, New Spolight, "The Maoist split", SpotlightNepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-०८ 
  3. "The ideas and punctuation splitting Nepal's Maoists - Turkey and World News", webcache.googleusercontent.com, अन्तिम पहुँच २०२०-१२-०८ 
  4. Jha, Prashant (२०१२-०६-१८), "Nepal's Maoists split; Kiran faction walks away", The Hindu (en-INमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२०-१२-०८ 
  5. network, IRIN, part of the Guardian development (२०१३-११-०४), "Nepal protests heighten tensions ahead of election", the Guardian (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-०८ 
  6. "वैद्य माओवादी अब 'चुनावमा'"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  7. "Baidya-led Maoist Party to join local polls", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-०८ 
  8. "१० वर्षमा ६ टुक्रामा विभाजित भयो माओवादी"काठमाडौँ टुडे (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२१ 
  9. "Nepali CPN-Maoist splits, General Secretary Netra Bikram Chand leaves party", The Economic Times, अन्तिम पहुँच २०२०-१२-०८ 
  10. "Baidya Maoists for 'new people's revolt'", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-०८ 
  11. "You searched for CPN-M to submit 70-point demands to PM Bhattarai today", The Himalayan Times (en-USमा), अन्तिम पहुँच २०२०-१२-०८ [dead link]