बङ्गलादेशको झण्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बङ्गलादेश
नामरातो तथा हरियो
प्रयोगराष्ट्रिय झण्डा সাধারণ পার্শ্ব
अनुपात१०:६
अधिग्रहण१७ जनवरी १९७२
डिजाइनहरियो पृष्ठभूमिको बीचमा रातो वृत्त
बङ्गलादेशको सरकारी सेवाको झण्डा
प्रयोगबङ्गलादेश सरकारी सेवाको झण्डा বেসামরিক নিশান
बङ्गलादेशी नौसेनाको राष्ट्रिय झण्डा
प्रयोगबङ्गलादेशी नौसेनाको राष्ट्रिय झण्डा
स्वतन्त्रता युद्धको बेलामा प्रयोग गरिएको झण्डा (सन् १९७१)
प्रयोगपूर्व झण्डा পূর্বে ব্যবহৃত হতো, কিন্তু বর্তমানে পরিত্যক্ত
अधिग्रहण६ मार्च १९७१
डिजाइनहरियो पृष्ठभूमिको बीचमा रातो रङ्गको वृत्त भित्र पहेँलो रङ्गको बङ्गलादेशको नक्शा

बङ्गलादेशको राष्ट्रिय झण्डा (बङ्गाली: বাংলাদেশের জাতীয় পতাকা) (उच्चारण:बाङ्लादेशेर जातीयो पोताका) एक हरियो रङ्गको आयत भित्र रातो रङ्गको गोल चक्रका साथ निर्मित छ। यस झण्डामा प्रयोग गरिएको हरियो रङ्ग बङ्गलादेशको प्राकृतिक सुन्दरता र युवाहरूको प्रतिक हो भने हरियो आयत बीचमा रहेको रातो वृत्त चाहिँ उदाउँदो सूर्य र बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा राष्ट्रका लागि बलिदान दिने अमर सहिदहरूको प्रतिक हो। बङ्गलादेशको राष्ट्रिय झण्डाको हालको संस्करणलाई आधिकारिक रूपबाट सन् १९७२ जनवरी १६ का दिन बङ्गलादेशको राष्ट्रिय झण्डाको रूपमा अपनाइएको थियो।

सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा हाल बङ्गलादेशको आधिकारिक झण्डाको रूपमा प्रयोग गरिएको झण्डा जस्तै देखिने एक झण्डाको प्रयोग गरिएको थियो जसको हरियो आयत भित्र रहेको रातो वृत्त भित्र पहेँलो रङ्गमा बङ्गलादेशको नक्सा राखिएको थियो भने सन् १९७१ जनवरी १२ मा त्यस झण्डाको वृत्त भित्रबाट बङ्गलादेशको नक्सा हटाइँदै नयाँ राष्ट्रिय झण्डालाई अपनाइएको थियो। झण्डा बनाउने क्रममा भित्र रहेको पहेँलो राष्ट्रिय नक्सालाई चित्रमा बनाउन गाह्रो भएकाले राष्ट्रिय झण्डालाई सबैको पहुँच योग्य बनाउनका लागि नक्सालाई झण्डाबाट हटाइएको थियो।[१] बङ्गलादेशको राष्ट्रिय झण्डा बनोट लगभग जापान, पलाउ, ग्रिनल्यान्डलाओसको राष्ट्रिय झण्डा जस्तै रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको राष्ट्रिय झण्डा बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा प्रयोगमा ल्याइएको एक झण्डामा निर्भर गर्दछ जुन हालको झण्डाको लगभग समान रहेको छ। स्वतन्त्रता युद्धको समयमा प्रयोग गरिएको झण्डामा हरियो आयत भित्रको बीच भागमा रहेको एक रातो रङ्गको वृत्त भित्र बङ्गलादेशको (तत्कालीन पूर्व पाकिस्तान) नक्सा समावेश थियो भने झण्डालाई सरल तथा सबैको पहुँच योग्य बनाउनका लागि झण्डा भित्रको राष्ट्रिय नक्सालाई झण्डाबाट हटाइएको थियो। बङ्गलादेशको राष्ट्रिय झण्डा अर्को एसियाली मुलुक जापानको राष्ट्रिय झण्डाको समान रहेको छ तर बङ्गलादेशको राष्ट्रिय झण्डामा हरियो आयतको भित्र रातो रङ्गको वृत्त छ भने जापानको राष्ट्रिय झण्डामा सेतो आयतको बीचमा रातो रङ्गको वृत्त रहेको छ र अर्को देश पलाउको पनि सोही आकृतिको झण्डा रहेको छ। यस राष्ट्रिय झण्डामा दायाँ तर्फ हल्का फैलिएको भाग रहेको छ जसकारण हावामा झण्डा फहराइँदा बीचमा भएको वृत्त ठिक बीचमै देखा पर्दछ।

सन् १९७० जुन ७ का दिन पूर्व पाकिस्तानको राजधानी ढाका स्थित पल्टन मैदानमा आयोजित विद्यार्थीहरूको सैन्य तालिममा बङ्गोबोन्धु शेख मुजिबुर रहमानले भाग लिने भनिएको थियो भने १५ फेब्रुअरीमा उक्त विद्यार्थीहरूको साथमा एक जोय बाङ्ला बाहिनीको गठन गरिएको थियो। सङ्गठनको गठन भैसकेपछि विद्यार्थी नेताहरूले उनीहरूको सङ्गठनको परिचय दिनका लागि एक झण्डाको निर्माण गर्ने निर्णय लिएका थिए। सन् १९७० जुन ७ का दिन विद्यार्थी सङ्गठनका नेताहरू आसम आबदुर रोब, शाहजहान सिराज, काजी आरेफ आहमेद र मोनिरुल इस्लामले ढाका विश्वविद्यालयको सार्जन्ट जहुरुल हक हल (तत्कालीन इकबाल हल) कक्ष ११६ (हाल ११७-११८) मा आयोजित एक बैठकमा झण्डालाई निर्माण गर्ने योजना बनाएका थिए। उक्त बैठकमा विद्यार्थी सङ्गठनका नेता स्वपन कुमार चौधुरी, जगन्नाथ विश्वविद्यालयका (तत्कालीन जगन्नाथ महाविद्यालय) विद्यार्थी नेता नजरुल इस्लाम, कुमिल्ला जिल्लाका छात्रलिगका महासचिव तथा केन्द्रीय छात्र नेता शिवनारायण दास, प्रकौशल विश्वविद्यालयका छात्रनेता तथा सचिव हासानुल हक इनु र छात्र नेता इउसुफ सालाउद्दिन आहमेद सामेल थिए।

बैठकमा काजी आरेफको प्रारम्भिक प्रस्तावको आधारमा एक छलफल पश्चात् हरियो रङ्गको पृष्ठभूमि बीचमा रातो सूर्यको भित्र पहेँलो रङ्गको बाङ्लाको नक्साको साथमा एक झण्डा बनाउने निर्णय लिइएका थियो। निर्णय पश्चात् कामरुल आलम खानले (खसरु) ढाका नयाँ बाजारमा एक बिहारी कपडा सिलाई बुनाइ गर्ने दोकानबाट हरियो रङ्गको कपडाको एक ठूलो टुक्राको बीचमा रातो वृत्त सिलाउन लगाएका थिए।[२][३][४] त्यसपछि इउसुफ सालाउद्दीन आहमेद र हासानुल हक इनुले प्रकौशल विश्वविद्यालयका कायेदे आजम हलको (हाल तितुमीर हल) कक्ष ३२१ मा एनामुल हकले नक्सा पुस्तकको सहायता मार्फत पूर्व पाकिस्तानको नक्सा एक कागजको टुक्रामा कोरेका थिए।[५] छात्र नेता शिवनारायन दासले पछि उक्त नक्सालाई रातो वृत्तको भित्र निर्माण गर्न सफल भएका थिए।

२ मार्च १९७१ का दिन बङ्गलादेशको इतिहासमा पहिलोपटक बङ्गलादेशको राष्ट्रिय झण्डा आ.स.म आब्दुर रबले फहराएका थिए। उनी तात्कालिक समयमा ढाका विश्वविद्यालय छात्र सङ्गठनका उपाध्यक्ष भूमिकामा रहेका थिए। पाकिस्तानको चन्द्रमा र तारा अङ्कित झण्डालाई विस्थापित गर्ने उद्देश्यले यस झण्डाको निर्मणा गरिएको थियो। सिआइए वर्ल्ड फ्याक्टबुकका अनुसार झण्डाको हरियो रङ्गको उपयोग बङ्गलादेशको हरियो प्रकृति सौन्दर्यको वर्णन गर्नका लागि गरिएको थियो।[६][७]

सन् १९७० मार्च २३ का दिन शेख मुजिबुर रहमानद्वारा स्वतन्त्र घोषणाको पूर्व सन्ध्यामा उनको निवासमा बङ्गलादेशको नयाँ झण्डा फहराइएको थियो। पछि बङ्गलादेशको स्वतन्त्रता पश्चात् सन् १९७२ मा शेख मुजिबुर रहमानको सरकारले पाटुया कामरुल हासानलाई शिवनारायण दासद्वारा निर्माण गरेको झण्डाबाट नक्सा हटाउन र झण्डाको आकार व्याख्याको बारेमा प्रतिवेदन पेश गर्न आदेश दिएका थिए।[८] कामरुल हासानद्वारा परिमार्जित गरिएको झण्डानै हालको बङ्गलादेशको राष्ट्रिय झण्डा हो।[९]

रचना[सम्पादन गर्नुहोस्]

राष्ट्रिय झण्डाको रङ्ग
रङ्गको तथ्यसूत्र
नमुना हरियो रातो
सरकारी निर्दिष्टकरण प्रति हजारमा गाढा हरियो एच-२आरएसको ५० भाग प्रति हजारमा सुन्तला रङ्ग एच-२आरएसको ६० भाग
पानटोन[१०] 342c 485
सिएमवाइके[११] 100-0-70-40 0-100-80-5
आरजीबी (हेक्स) #01796F #E11837
डेसिमल १२,२१,१११ २२,५२४,५५

राष्ट्रिय झण्डाको आकारको विशिष्ट विवरण गणप्रजातान्त्रीक बङ्गलादेशको सन् १९७२ को नियम अनुसार रहेको छ।

राष्ट्रिय झण्डाको रङ्ग गाढा हरियो हुन्छ र यसको लम्बाइ र चौडाइ १०:६ हुन्छ भने आयताकार हरियोको बीचमा रातो वृत्त रहेको हुन्छ। झण्डाको ठिक बीच भागबाट एक रातो रङ्गको वृत्त कोरिएको हुन्छ भने वृत्तको व्यासको कुल लम्बाइ झण्डाको तीन भागको एक भाग हुन्छ।[१२]

प्रयोग गरिएको झण्डाको आकार[सम्पादन गर्नुहोस्]

ठूला भवनहरूका झण्डाको प्रयोग गर्नका लागि विभिन्न आकारको झण्डा प्रयोग गरिएको पाइन्छ।

क) १० फुट लम्बाइ ६ फुट चौडाइ (३.० लम्बाई १.८ मिटर चौडाइ) ख) ५ फुट लम्बाइ ३ फुट चौडाइ (१.५२ मिटर लम्बाइ ०.९१ चौडाइ) ग) २.५ फुट लम्बाइ १.५ फुट चौडाइ (७६० लम्बाइ ४६० मिलिमिटर)

सवारीसाधनहरूमा प्रयोग गरिने राष्ट्रिय झण्डाको माप यस प्रकार रहेको छ—

क) १५ इन्च लम्बाइ ९ इन्च चौडाइ (३८० मिलिमिटर लम्बाइ, २३० मिलिमिटर चौडाइ) (ठूलो सवारीसाधनका लागि) ख) १० इन्च लम्बाइ ६ इन्च चौडाइ (२५० मिलिमिटर लम्बाइ १५० मिलिमिटर चौडाइ) (छोटो तथा मझौला आकारको सवारीसाधनहरूका लागि)

अन्तर्राष्ट्रिय तथा सभा सम्मेलनहरूका लागि प्रयोग गरिने सानो झण्डाको आकार यस प्रकार छ— १० इन्च लम्बाइ ६ इन्च चौडाइ (२५० मिलिमिटर लम्बाइ १५० मिलिमिटर चौडाइ)

झण्डा प्रयोगविधि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश बङ्गलादेशको राष्ट्रिय प्रतीक
झण्डा हरियो पृष्ठभूमिको बीचमा रातो वृत्त
प्रतीक शाप्ला
सङ्गीत आमार सोनार बाङ्ला
जनावर पाटे बाघ
चरा धोबिनी चरा
फूलहरू सेतो शाप्ला
रूख आँप
फल रूख कटहर
खेल कबड्डी
पात्रो बाङ्ला पात्रो
सन् १९७१ मा ढाका विश्वविद्यालयको वर्तमान कला भवन अगाडिको पश्चिम प्रवेशद्वारमा बङ्गलादेशको राष्ट्रिय झण्डा फहराइएको थियो

राष्ट्रपति निवास, संसद भवन जस्ता महत्त्वपूर्ण सरकारी भवन तथा कार्यालयहरू, सरकारी मन्त्रालय, सचिवालय भवन, उच्च न्यायालयको कार्यालय, जिल्ला तथा न्यायाधीशको कार्यालय, उपजिल्ला परिषद् कार्यालय, सीमा सुरक्षा चौकी, राष्ट्रिय दूरसञ्चार कार्यालय, प्रहरी चौकी, माध्यमिक तथा उच्च माध्यमिक स्तरका शिक्षण संस्था तथा विभिन्न राष्ट्रिय दिवसका दिन बङ्गलादेशका विभिन्न घरहरूमा राष्ट्रिय झण्डा फहराइन्छ। यस बाहेक राष्ट्रपति र प्रधानमन्त्रीहरूको सवारीसाधन, सरकारी स्तरका विभिन्न कर्मचारीहरूको सवारीसाधन तथा राष्ट्रिय जहाजहरूमा पनि झण्डाको चित्र तथा झण्डा फहराउने गरिन्छ। थप रूपमा राज्य मन्त्री, प्रहरी तथा सशस्त्र सेनाको सवारीसाधन, उपमन्त्री सवार हुने सवारीसाधनहरूमा पनि झण्डाको प्रयोग गरिन्छ।

राष्ट्रिय निवास[सम्पादन गर्नुहोस्]

निम्नलिखित व्यक्तिहरूले आफ्नो आधिकरिक निवासमा राष्ट्रिय झण्डा फहराउनु अनिवार्य छ;

  • बङ्गलादेशका राष्ट्रपति
  • बङ्गलादेशका प्रधानमन्त्री
  • बङ्गलादेशी संसदका अध्यक्ष
  • बङ्गलादेशका प्रमुख न्यायाधीश
  • सबै बङ्गलादेशी मन्त्रीहरू
  • बङ्गलादेशका मुख्य अनुशासनिक
  • संसदका उपाध्यक्ष
  • संसदमा विपक्षका नेता
  • राज्यमन्त्री
  • उपमन्त्री
  • अन्य देशहरूमा रहेका बङ्गलादेशी दूतावास

सवारीसाधन तथा जहाजहरू[सम्पादन गर्नुहोस्]

निम्नलिखित व्यक्तिहरूलाई आफ्नो सवारीसाधनहरूमा तथा जहाजहरूमा झण्डा राख्नु अनिवार्य छ:

  • बङ्गलादेशका राष्ट्रपति
  • बङ्गलादेशका प्रधानमन्त्री
  • संसदका अध्यक्ष
  • बङ्गलादेशका प्रमुख न्यायाधीश
  • मुख्य अनुशासनिक
  • संसदका उपाध्यक्ष
  • संसदका विपक्ष दलका नेता

प्रदर्शन[सम्पादन गर्नुहोस्]

अंगूठाकार बङ्गलादेशको राष्ट्रिय झण्डालाई सार्वजनिक तथा निजी भवन र बङ्गलादेशी दूतावासहरूमा यी दिनहरूमा फहराइन्छ:

झण्डा आधा झुकाउने दिनहरू[सम्पादन गर्नुहोस्]

निम्नलिखित दिनहरूमा बङ्गलादेशको झण्डालाई आधा झुकाइन्छ :

विश्व कीर्तिमानी[सम्पादन गर्नुहोस्]

सन् २०१३ डिसेम्बर १६ का दिन बङ्गलादेशको ४२ विजय दिवसको अवसरमा राजधानी ढाका स्थित शेरे बाङ्लाको राष्ट्रिय परेड मैदानमा २७,११७ मानिसहरू मिलेर एक "मानव निर्मित झण्डा" बनाएका थिए जसलाई त्यस सयम गिनीज विश्व कीर्तिमानमा विश्वको सबैभन्दा ठूलो मानव निर्मित झण्डाको रूपमा प्रविष्ट गरिएको थियो।[१३][१४][१५]

चित्रदीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Mr. Chowdhury becomes President of Bangladesh. - Cabinet formed by Sheikh Mujib"। फेब्रुअरी १९७२। पृष्ठ 25111। 
  2. 'আমাদের জাতীয় পতাকার ইতিহাস', দৈনিক আমাদের সময়, ডিসেম্বর ৩, ২০০৯
  3. 'সাক্ষাত্কার-ইউসুফ সালাহউদ্দিন আহমেদ', [१],২০১৪
  4. 'সাক্ষাত্কার-ইউসুফ সালাহউদ্দিন আহমেদ', [२],২০১৪
  5. Glassie, Henry and Mahmud, Feroz. 2008. Living Traditions. বাংলাদেশের সাংস্কৃতিক জরিপ সিরিজ -২। বাংলাদেশ এশিয়াটিক সোসাইটি। ঢাকা। পৃষ্ঠা ৫৮০
  6. বাংলাদেশেস জাতীয় পতাকা "বাংলাদেশেস জাতীয় পতাকা"। २३ मे २००६। , ফ্ল্যাগস অফ দা ওয়ার্ল্ড।
  7. "Lonely Planet: Bangladesh", 4th Edition, Lonely Planet Publications,(December 2000), आइएसबिएन ०-८६४४२-६६७-४.
  8. "Flag description"The world fact book (ইংরেজি भाषा)। CIA USA। सङ्ग्रह मिति ३ मे २०१३ 
  9. কামরুল হাসান-বাংলাপিডিয়া ফেব্রুয়ারি, ২০০৭
  10. "পাতাকার রং" (अङ्ग्रेजी भाषा)। রব। सङ्ग्रह मिति फेब्रुअरी १६, २०१४ 
  11. "Pantone Color Picker" (अङ्ग्रेजी भाषा)। Pantone LLC। सङ्ग्रह मिति फेब्रुअरी १६, २०१४ 
  12. "PEOPLE'S REPUBLIC OF BANGLADESH FLAG RULES, 1972 (Revised up to May, 2010) এর অনূদিত বাংলা পাঠ" (PDF)। মন্ত্রিপরিষদ বিভাগ। 
  13. "सङ्ग्रहित प्रति", मूलबाट ४ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०१७ 
  14. "Bangladesh’s human flag in Guinness World records", Bdnews24.com, अन्तिम पहुँच १२ डिसेम्बर २०१७ 
  15. "World's largest human flag!", Bdnews24.com, १६ डिसेम्बर २०१३, अन्तिम पहुँच २६ नोभेम्बर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]