सामग्रीमा जानुहोस्

म्याङलुङ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(म्याङ्लुङबाट अनुप्रेषित)
म्याङलुङ नगरपालिका
म्याङलुङ नगरपालिका मा पर्दछ कोशी प्रदेश
म्याङलुङ नगरपालिका
कोशी प्रदेशको नक्सामा म्याङलुङ नगरपालिकाको अवस्थिति
म्याङलुङ नगरपालिका मा पर्दछ नेपाल
म्याङलुङ नगरपालिका
म्याङलुङ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°१३′N ८७°३८′E / 27.21°N 87.64°E / 27.21; 87.64
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम
स्थापित२५ वैशाख २०७१
सरकार
  नगरप्रमुखसञ्जयकुमार तुम्वाहाङफे (नेकपा (एमाले))
  उपप्रमुखजमुनादेवी सुवेदी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१००.२१ किमी (३८.६९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,७५०
  घनत्व१९०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
वेबसाइटआधिकारिक वेबसाइट

म्याङलुङ नगरपालिका तेह्रथुम जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका म्याङलुङ, ताम्फुला, पिप्ले, आम्बुङ, सावलाजिरिखिम्ती गाविसहरू यसमा गाभिएका थिए। यो जिल्लाको सदरमुकाम समेत हो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार म्याङलुङ नगरपालिकाको कुल जनसङ्ख्या १८,७५० रहेको छ भने यहाँ ४,८७२ घरधुरी रहेका छन्।[]

म्याङलुङ नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
म्याङलुङ (१,५,८-९)३,६६२१४.८६२४६.४३
म्याङलुङ (२-४)२,३३६१२.५१८६.८८
म्याङलुङ (६-७)९५८३.७५२५५.४७
पिप्ले१,३९५५.५२५३.६४
जिरिखिम्ती (१-४,६)८३७३.७५२२३.२०
जिरिखिम्ती (५,७-९)२,१८४१४.१५१५४.३५
आम्बुङ (१-४)१,९०३५.८५३२५.३०
आम्बुङ (५-९)१,५३४१३.९९१०९.६५
सावला२,१६९९.२५२३४.४९
१०ताम्फुला१,७७२१६.६११०६.६८
जम्मा१८,७५०१००.२११८७.१०

म्याङ्लुङ नाम कसरी रहन गयो भन्ने रोचक कथा छ । लिम्बू भाषामा 'म्याउँ'को अर्थ बिरालो र 'लुङ्ग'को अर्थ ढुङ्गा हुन्छ । म्याउलुङबाट अपभ्रंश भई म्याङलुङ भएको स्थानीय बूढापाकाहरूको भनाइ छ । प्रचलित लोककथा अनुसार धेरै पहिले डाँडाको एक चौतारामा दुइ ढाक्रे बास बस्न पुगेछन् । रातको समयमा खाना पकाउन ढुङ्गा खोजी चम्का लगाएर खाना पकाउन लाग्दा आगोको तापसँगै उक्त ढुङ्गा काँप्न थाल्यो । उक्त ढुङ्गा निकै तातेपछि काँप्दै लड्न पुग्यो र उनीहरूको खानासमेत पोखियो । रिसको झोकमा उनीहरूले सो ढुङ्गामा तरबार प्रहार गरे, तरबार प्रहारका क्रममा ढुङ्गाबाट म्याउँको आवाज आएको र त्यसबाट रगतसमेत बगेका कारण ढाक्रेहरू डराएछन् । उनीहरूले यो कुरा स्थानीय बासिन्दाहरूलाई सुनाए । उक्त घटना सुनिसकेपछि गाउँलेहरूले अब अनिष्ट हुने भयो भनी सो ढुङ्गालाई बाजागाजासहित हालको म्याङलुङ बजारको मध्यभागमा रहेको चौताराको वरको रूखको फेदमा स्थापित गरे । त्यहाँ पूजाआजा गर्ने, भाकल गर्ने र बलि चढाउने चलन अहिले पनि छ । यहाँको हावापानी मध्यम खालको भएकाले वातावरण रमणीय छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]