समयौनिकता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(समलिङ्गी (पुरुष) बाट पठाईएको)
Jump to navigation Jump to search
समयौनिकता

समयौनिकता समान लिङ्ग तर्फ आकर्षित हुनु हो। समान लिङ्गको तात्पर्य हो यदि कुनै पुरुषले आफू जस्तै लिङ्ग भएको कुनै पुरूषसँग सम्बन्ध राख्दछ अथवा कुनै स्त्रीले कुनै स्त्री सँग सम्बन्ध राख्छे भने तेस्ता जोडीलाई समयौनिक जोडी भनिन्छ। पुरुष-पुरुषतर्फ आकर्षित हुनेहरूलाई समयौनिक पुरुष भनिन्छ भने महिला-महिलातर्फ आकर्षित हुनेहरूलाई समयौनिक महिला भनिन्छ ।

समयौनिकतामा समान लिङ्ग कै वीचमा आकर्षण प्रवृत्ति रहेको हुन्छ ।

नामाङ्कन[सम्पादन गर्ने]

सन् २००१ ताकामा नेपाली भाषामा एलजिबिटी बारे शब्द भण्डार नहुने क्र्ममा समान लिङ्ग तर्फ आकर्षित हुनाले 'समलिङ्गी' भनेर जनाउन थालियो। 'समलिङ्गी'को शाब्दिक अर्थ भने 'समान लिङ्ग भएका व्यक्तिहरू' भएको हुनाले 'होमोसेक्सुआलिटी'लाई सही ढङ्गले प्रस्तुत गर्दैन। सन् २०१७को नागरिकता विधयकका छलफलमा 'लिङ्गी' भन्दा लिङ्ग जनाउने, तर यो कुनै लिङ्ग नभएर एउटा यौन अभिमुखिकरण भएकाले 'यौनिकता'सँग जोडिएको विषय भनिएको छ। 'समलिङ्गी' शब्दले पारलिङ्गी व्यक्तिहरूलाई नसमेटेको गुनासो पनि रहेको छ। 'समलिङ्गी' भन्दा 'लिङ्ग' र 'यौन अभिमुखिकरण' बीचको फरकमा झन अन्योलता पनि सृजना गरिएको थियो। तसर्थ 'समयौनिकता' शब्द प्रचलनमा आएको हो।

प्राकृतिक[सम्पादन गर्ने]

अमेरिकी चिकित्साहरूले सर्वप्रथम समयौनिकतालाई मानसिक रोगका रूपमा लिएका थिए। पछि खोज र अनुसन्धान पश्चात उनीहरूले अफ्नो भूललाई सच्याउँदै सन् मा समयौनिकतालाई मानसिक रोगको तालिकाबाट हटाए। सन् मा पनि विश्व स्वास्थ्य सङ्गठनले समयौनिकता प्राकृतिक रहेको प्रमाणित गरे । [१] [२] [३]

समयौनिक पुरुष[सम्पादन गर्ने]

अर्जेन्टिना मा समयौनिक पुरुषहरूको भेला

समयौनिक पुरुष वा गे भन्नले ती पुरुषहरू हुन जो पुरुष तर्फ नै आकर्षित हुन्छन।

समयौनिक महिला[सम्पादन गर्ने]

दुई समयौनिक महिलाको चित्र

समयौनिक महिला वा लेस्बियन भन्नाले ती महिलाहरू हुन जो महिला तर्फ आकर्षित हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]