दार्जीलिङ जिल्ला
दार्जीलिङ्ग सहरको लागि यहाँ जानुहोस।
| Darjeeling district दार्जीलिङ जिल्ला |
|
|---|---|
| — District of पश्चिम बङ्गाल — | |
| Location of Darjeeling district in पश्चिम बङ्गाल | |
| देश | भारत |
| राज्य | पश्चिम बङ्गाल |
| Administrative division | Jalpaiguri |
| सदरमुकाम | दार्जीलिङ |
| क्षेत्रफल | |
| - Total | ३,१४९ km2 (१,२१५.८ sq mi) |
| जनसङ्ख्या (2011) | |
| - Total | १,८४२,०३४ |
| - जनघनत्व | ५८५/km2 (१,५१५/sq mi) |
| Demographics | |
| - साक्षरता | 79.92% (excluding 0-6 population) |
| - Sex ratio | 971 |
| मुख्य राजमार्गहरु | NH 31, NH 55 |
| वेबसाइट | Official website |
दार्जीलिङ जिल्ला (बङ्गाली भाषा:দার্জিলিং জেলা) पूर्वी भारतमा पश्चिम बङ्गाल राज्यको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। यो जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको १९ वटा जिल्लाहरू मध्य एउटा जिल्ला हो। यो जिल्ला आफ्नो पहाडी रमणिय स्थलको लागि प्रसिद्ध छ, दार्जीलिङ, कयौं पल्ट यस जिल्लालाई हिमालयको रानी भनेर र दार्जीलिङको चिया र यसको बासनालाई पुन:निर्देशित गरिन्छ। कालिम्पोङ, कुर्सियांग र सिलिगुडी, तीन अन्य प्रमुख सहरहरू, यस जिल्लाको उप विभागीय सदरमुकाम हुन। मिरिक, यस जिल्लाको एउटा अन्य सहर, १९७०मा झील रिसर्ट (lake resort)को रूपमा विकसित गरियो।
भौगोलिक रूपमा यो जिल्ला दुई विभागमा विभाजित गर्न सकिन्छ, पहाड र समतल भू-भागमा। जिल्लाको पुरै पहाडी क्षेत्र दार्जिलिङ गोर्खा पार्वत्य परिषद अन्तर्गत पर्दछ, एउटा स्वायत्त प्रशासनिक क्षेत्र जुन पश्चिम बङ्गाल राज्य सरकारको आधिनमा छ। यो परिषदको अधिकार जिल्लाको तीन पहाडी उपविभाग दार्जीलिङ, कुर्सियांग र कलिम्पोंग माथी छ। दार्जीलिङ हिमालयको दक्षिणको समथर क्षेत्र, जुन सिलिगुडी उपविभाग अन्तर्गत आउँछ, तराई भनेर चिनीन्छ। यो तराई उत्तरको पहाडको आधार देखि बिहारको पूर्णिया जिल्ला सम्म फैलेको छ, पूर्वमा जलपाईगुडी जिल्ला देखि लिएर पश्चिममा नेपाल सम्म फैलिएको छ। उत्तर देखि दक्षिण सम्मको यसको दूरी १८ मील (२९ किमी), छ र पूर्व देखि पश्चिम सम्मको यसको दूरी १६ मील (२६ किमी) छ।
इतिहास [सम्पादन गर्ने]
ढाँचा:पश्चिम बङ्गालका जिल्लाहरू