भूटान
नेपाली विकिपीडियाबाट
विषयसूची |
[परिवर्तन्] परिचय
भूटान हिमालय मा रहेको दक्षिण एशिया को एउटा सानो देश हो। यो देश चीन (तिब्बत)र भारतका बीच स्थित छ। यस देशको स्थानीय नाम द्रुक यू हो, जसको अर्थ हुन्छ 'ड्रैगन को देश" । यो देश मुख्यतः पहाड़ी छ र केवल दक्षिणी भाग मा थोरै समतल भूमि छ। सांस्कृतिक र धार्मिक रूपमा भुटान तिब्बत र नेपालको सस्क्रितिसित जोडिएको छ।
[परिवर्तन्] जनसंख्या
भूटानका लगभग आधा मानिसहरु भूटानका आदिबासि हुन् र तिनिहरुलाइ गांलोप र शारचोप भनिन्छ. यिनिहरु को सम्बन्ध तिब्बत का केहि जातहरुसित रहेको मानिन्छ। त्यसबाहेकका अन्य जातिहरु नेपालि जातहरुसित सम्बन्धित् छन् र उनिहरुलाइ ल्होतशांपा भनिन्छ। भूटानको आधिकारिक भाषा जोंगखा हो तर यहा अरु पनि धेरै भाषाहरु बोलिन्छन्.
[परिवर्तन्] इतिहास
[परिवर्तन्] भूगोल
भूटानलाइ तलका बिस जिल्ला(ज़ोंगखाग)मा बाडिएको छः Template:कालम
- भूमथांग
- चुखा
- दगाना
- गासा
- हा
- लूंतसे
- मोंगर
- पारो
- पेमागात्सेल
- पुनाखा
- सामद्रुप जोंगखार
- साम्त्से
- सारपांग
- थिम्फू
- त्राशीगांग
- त्राशी यांग्त्से
- त्रोंगसा
- शिरांग
- वांगद्यू फोद्रांग
- जेमेग
[परिवर्तन्] राज्यनीति
भूटान का राष्ट्रप्रमुख राजा हुन र उनलाइ द्रुक ग्यालपो भनिन्छ। यो पद पुस्तनि नै हो तर भूटानको संसद शोगडू ले दुइ तिहाई बहुमत द्वारा हटाउन वा परिवर्तन् गर्न सकिने प्रावधान् छ। शोगडू मा १५४ सीट हुन्छन्, जसमा १०५ स्थानीय प्रतिनिधि, १२ धार्मिक प्रतिनिधि र ३७ राजाले छानेका प्रतिनिधि रहन्छन्. ती सबैको कार्यकाल तीन वर्षको हुन्छ। राजाले नै मंत्रिपरिषदका सदस्यहरुको छनौट गर्छन र तिनिहरुको कार्यकाल ५ बर्षको हुन्छ।
बिगद् केहि दशकदेखि भूटानका नेपाली मूलका समुदायहरुमा भुटानि संस्कृति जबर्जस्ति लाद्न खोज्ने सरकारि नितिप्रति असंतोष छ। यसको विरोध गर्ने भूटानी नागरिकहरु नेपाल तथा भारत का विभिन्न ठाउमा शरणार्थी बनेर बस्न लाचार छन्। पूर्वी नेपालमा करीब एक लाख भन्दा बेशि र भारतमा ३० हजार जति भूटानी शरणार्थीका रूपमा छन्। उनिहरुले शरणार्थी संबंधी राष्ट्रसंघीय उच्चायुक्त र नेपाल सरकार बाट केहि राहत र सहयोग् पाउछन्।