देवहूति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देवहूति स्वयंभुव मनु कि छोरी र प्रजापति कर्दम कि पत्नी एवं भगवान कपिल कि आमा थिइन् । देवहूति कि आमाको नाम शतरूपा थियो । स्वयंभुव मनुशतरूपा का जम्मा पाँच सन्तानहरु थिए जसमा दुई छोरा प्रियव्रतउत्तानपाद तथा तीन छोरीहरु आकूति, देवहूति र प्रसूति थिइन् । आकूति को विवाह रुचि प्रजापतिसँग र प्रसूति को विवाह दक्ष प्रजापतिसँग भएको थियो । हिंदू कथनको आनुसार यि तीन कन्याहरूबाट संसार का मानवको वृद्धि भएको हो । संसार समस्त मानवको उत्पत्ति मनुका कन्याहरूबाट भएकोले तिनीहरु मानव भनेर चिनिएँ ।

कर्दम ऋषिसँग विवाह पश्चात देवहूतिबाट नौ छोरी तथा एक छोरा जन्म भयो । छोरीहरूको नाम कला, अनुसुइया, श्रद्धा, हविर्भू, गति, क्रिया, ख्याति, अरुन्धतीशान्ति थियो र छोराको नाम कपिल थियो । कपिल को रूपमा देवहूति को गर्भबाट स्वयं भगवान विष्णु अवतरित भएका थिए ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]