मिरकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिरकोट गोरखा
Mirkot
मिरकोटको एक दृष्य
मिरकोटको एक दृष्य
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलगण्डकी अञ्चल
जिल्लागोरखा जिल्ला
गाउँ विकास समितीमिरकोट
वडा संख्या
जनसङ्ख्या
 (२०११)मिरकोटको जनसङ्ख्या
 • जम्मा५,२६१
 पुरुष २४०७ र महिला २८५४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
३४०००
क्षेत्रीय सङ्केत०६४
मिरकोटMirkot
वेबसाइटwww.hamrogorkha.com
हामिलाई facebook.com/mirkotvdc मा पाउन सक्नुहुन्छ '

मिरकोट (Mirkot) नेपालको उत्तर केन्द्रीय क्षेत्रमा रहेको गण्डकी अञ्चलको गोरखा जिल्लामा रहेको एक गाउँ विकास समिती (गा.वि.स.) हो ' यो गा.वि.स. गोरखा सदरमुकाम देखि पश्चिमी क्षेत्रमा पर्दछ ' नेपालको जनगणना २०११ अनुसार यहाँ जम्मा ५२६१ जना मानिस बसोबास गर्दछन् ' जसमा २४०७ पुरुष र २८५४ महिला रहेका छन् ' त्यसका साथै जम्मा १३८८ घर संख्या छन् ' यस गा.वि.स.का छिमेकी गा.वि.स.हरू गाईखुर, धुवाकोट, खोप्लंग, च्याङ्गली, पालुङ्टार, छोप्राक, देउराली  हुन् ‍‍' विशेष गरी कोटगढी, लकांग कालिका, महादेव मन्दिर इत्यादी मिरकोटका महत्त्वपूर्ण स्थानहरु हुन् ' मिरकोटको केन्द्रिय भागलाई बाघडाँडा भनी चिनिन्छ, जहाँ गा.वि.स. कार्यालय र श्री मिरकोट उच्च माध्यमिक विद्यालय अवस्तित रहेका छन् '



   [१]


मुख्य स्थानहरु[सम्पादन गर्नुहोस्]

बाघडाँडा, सानाबेसी, सेरा, धौखोला, सुपारे, राम्चे, कुसुन्टार, पन्थिनी, लकांग, बिर्दी, मोहोरिया, झहरे, सिमलगैरा, लाज़िकोट, धारापानी, जोगिडीहि, टारी इत्यादी ' 

मुख्य आकर्षणका स्थानहरु[सम्पादन गर्नुहोस्]

विशेष गरी कोटगढी, लकांग कालिका मन्दिर, लाज़िकोटमा रहेको महादेव मदिर र ऐतिहासिक पोखरी जस्ता स्थानहरू मिरकोटका महत्त्वपूर्ण स्थानहरु हुन् '


जातीय स्थति[सम्पादन गर्नुहोस्]

मिरकोट गा.वि.स. मा मुख्य गरी ब्राहमिन, क्षेत्रि, गुरुङ, मगर, लामा, तामाङ, दलित तथा अन्य समुदायका मानिस बसोबास रहेको छ '

चित्रावली[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "National Population and Housing Census 2011", Nepal's Village Development Committees, Digital Himalaya, १२ अक्टोबर २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०११-०८-३१  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]