आमोदवर्धन कौण्डिन्न्यायन
आमोदवर्धन कौण्डिन्न्यायन | |
---|---|
आमोद आचार्य | |
जन्म | वि.सं २०२४ कात्तिक २७ तनहुँ, नेपाल |
वासस्थान | काठमाडौ |
राष्ट्रियता | नेपाली |
शिक्षा | आचार्य(वेद), विद्यावारिधि |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय |
पेशा | लेखन,शिक्षण |
कार्यकाल | वि.सं. २०४० देखि |
चिनारीको कारण | भाषा, धर्म, संस्कृतिबारेका पुस्तक तथा लेखरचनाहरू |
जीवनसाथी | वेदवती |
सन्तान | ऐन्दवी, अन्वय |
मातापिता | शिवराज आचार्य कौण्डिन्न्यायन, नारायणीदेवी |
आफन्त | नरनाथ आचार्य(पितामह) |
आमोदवर्धन कौण्डिन्न्यायन (आमोद आचार्य ) (अङ्ग्रेजी: Amodavardhana Kaundinnyayana/Amod Acharya जन्म - वि.सं २०२४ कात्तिक २७) नेपालका एक विशिष्ट संस्कृत विद्वान्, भाषा, धर्म संस्कृतिविद् तथा लेखक हुन् । उनका नेपाली र संस्कृत भाषामा वेद, धर्म, संस्कृति सम्बन्धि एक दर्जन भन्दा बढी कृतिहरू नेपाल र भारतबाट प्रकाशित छन्[१] भने अनेक लेखहरू नेपालका प्रमुख पत्रिकाहरूबाट प्रकाशित छन् ।[२] [३][४][५][६]
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]उनको जन्म पश्चिम नेपालको तनहुँ जिल्लामा संस्कृतका विशिष्ट विद्वान् शिवराज आचार्य कौण्डिन्न्यायन तथा नारायणीदेवीका जेष्ठ पुत्रको रूपमा भएको थियो । प्रारम्भिक अध्ययन आफ्नै पितासँग घरैमा गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तथा नेपाल संस्कृत विश्वविद्यालयबाट शुक्लयजुर्वेदमा स्नातक तथा स्नातकोत्तर गरेका छन् भने पछि भारत वाराणसी को सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । उनले यसबाहेक वेद, स्मृति, पुराण, रामायण, महाभारत आदि अनेक वैदिक ग्रन्थको उनले गुरुमुख गरेर र स्वाध्ययन गरेका छन् ।
योगदान
[सम्पादन गर्नुहोस्]उनी तीनदशकभन्दा बढी समयदेखि नेपाल संस्कृत विश्वविद्यालयमा शुक्लयजुर्वेदविषय प्राध्यापनरत छन् । आफ्नो चारदशकभन्दा लामो लेखनजीवनमा उनले नेपाली भाषा, व्याकरण, संस्कृतशिक्षा, धर्म, संस्कृति तथा अनेक वैदिक शास्त्रीय विषयमा कलम चलाएकाछन् । ग्रन्थाकार कृतिका अतिरिक्त उनका भाषा, धर्म र संस्कृति विषयक लेखहरू नेपालका प्रमुख पत्रिकाहरू गोरखापत्र, कान्तिपुर, राजधानी, अन्नपूर्ण पोष्ट, मधुपर्क, गरिमा, हिमाल आदिमा प्रकाशित छन् । मृत्युसंस्कार वा काजकिरियाको दिन घटाउने मतका विपक्षमा उनको शास्त्रीय व्याख्या पत्रपत्रिकामा चर्चित बनेको थियो।[७][८][९] उनी वि. सं. २०७५ यता देखि अनलाइन पत्रिका देश सञ्चारमा नियमित रूपमा लेख लेखिरहेका छन् । [१०]
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनीद्वारा लिखित तथा सम्पादित एक दर्जन भन्दा बढी प्रकाशित पुस्तकहरूमा प्रमुख पुस्तकहरूको सूची यसप्रकार छ ।
नेपाली भाषामा
[सम्पादन गर्नुहोस्]- वैदिक धर्मशास्त्र र सम्पत्तिमा महिलाको अधिकार (२०६३) साझा प्रकाशन
- वैदिक हिन्दुधर्मसंस्कृति (२०६५)
- भानुभक्तकृत भाषारामायण (२०६७) सम्पादनसहायक, रत्न पुस्तक भण्डार
- वैदिक यज्ञ उपकरण र वृक्षहरू (२०७२), रत्न पुस्तक भण्डार
संस्कृत भाषामा
[सम्पादन गर्नुहोस्]- कतिपयनैपालसंस्कृतग्रन्थकारपरिचयः (२०४८) सम्पादन
- कौण्डिन्न्यायनशिक्षा (२०४९)सम्पादन
- वेदभाषानिघण्टुः (कौण्डिन्न्यायनकोषः, २०५०)सम्पादन
- वैदिकमन्त्रसङ्ग्रहः (२०५२) सम्पादन
- नारदीयशिक्षा सम्पादन (संस्क्रृतव्याख्यया हिन्दीव्याख्यया च सहिता, सन् २००२) चौखम्बा विद्याभवन
- वेदाङ्गज्योतिषम्(कौण्डिन्न्यायनव्याख्यानेन सहितम्, सन् २००५) सम्पादन, चौखम्बा विद्याभवन
- मनुस्मृतिः (सन् २००७) सम्पादनसहायक, चौखम्बा विद्याभवन
- पाणिनीयशिक्षा(संस्क्रृतव्याख्यया हिन्दीव्याख्यया च विभूषिता, सन् २००८) सम्पादनसहायक,चौखम्बा विद्याभवन
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ आमोदवर्धन कौण्डिन्न्यायनका ग्रन्थको सूची वर्ल्डक्याटमा
- ↑ कौण्डिन्न्यायन,आमोदवर्धन अन्त्येष्टिक्रियाको वैदिक स्वरूप[स्थायी मृत कडी] कान्तिपुर
- ↑ कौण्डिन्न्यायन,आमोदवर्धन हिन्दु विवाहको आदर्श [स्थायी मृत कडी] अन्नपूर्ण पोष्ट
- ↑ कौण्डिन्न्यायन,आमोदवर्धन सनातन धर्मलाई किन गाली गर्ने ? अन्नपूर्ण पोष्ट
- ↑ कौण्डिन्न्यायन,आमोदवर्धन भानुभक्तीय चित्रको विवेचन[स्थायी मृत कडी] अन्नपूर्ण पोष्ट
- ↑ कौण्डिन्न्यायन,आमोदवर्धन युद्धमा के गर्नुहुन्छ के गर्नुहुँदैन हिमाल
- ↑ धिताल, रामप्रसाद काजक्रिया : सेतो लुगा, पिण्ड र १३ दिनको सन्दर्भ वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-३० मिति लोकान्तर
- ↑ धिताल, रामप्रसाद काज–किरियामा ‘कोकोहोलो’ र वास्तविकता वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२५ मिति राजधानी
- ↑ गौतम, सुबोध पाँचदिने काजकिरिया वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२९ मिति नागरिक
- ↑ आमोदवर्धन कौण्डिन्न्यायनका देश सञ्चारमा प्रकाशित सबै लेखहरू