भोटखोला गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भोटखोला गाउँपालिका सङ्खुवासभा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित एक गाउँपालिका हो । यो गाउँपालिकाको उत्तरमा चिनको स्वाशासीत क्षेत्र तिब्बत , पुर्वमा ताप्लेजुङ, पश्चिम र दक्षिणमा मकालु गाउँपालीका रहेको छ । यस गाउपालिकाको सदमुकाम हटिया हो । साविकको हटिया , चेपुवापावाखोला गा.वि.सलाइ जोडेर यो गाउपालिका भएको हो । यसको क्षेत्रफल १० वर्ग कि.मी रहेको छ भने जनसङ्ख्या ६५७६ रहेको छ ।यस गाउपालिकामा जम्मा ५ वटा वडाहरु रहेका छन् ।