टिस्टुङ देउराली
टिस्टुङ देउराली | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°३६′२९″उ॰ ८५°०५′३९″पू॰ / २७.६०८०६°N ८५.०९४१७°Eनिर्देशाङ्कहरू: २७°३६′२९″उ॰ ८५°०५′३९″पू॰ / २७.६०८०६°N ८५.०९४१७°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | मकवानपुर जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ७,०४१ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
टिस्टुङ देउराली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७०४१ रहेको थियो जसमध्ये ३४०९ पुरुष र ३६३२ महिला रहेका थिए भने यहाँ १४०५ घरधुरी रहेको थियो।[१][२] यो हाल थाहा नगरपालिकामा पर्दछ।
प्राकृतिक मनोरम दृश्यमात्र होइन धार्मिक क्षेत्र र साँस्कृतिक वस्तीका रूपमा रहेको मकवानपुरको टिस्टुङ पालुङ र चित्लाङ क्षेत्र पर्यटकिय क्षेत्रको रूपमा परिचित छ। नेपालमा पहिलो पल्ट चन्द्रशमशेर राणाको पालामा चित्लाङ र तिस्टुङका स्थानियहरूले गाडी बोकेर ल्याएको एतिहासिक गोरेटो राजमार्ग पनि यहीँ छ। विरगञ्जबाट ल्याएको मोटर भीमफेदीबाट टिस्टुङ, पालुङ र चित्लाङ गाउँका तन्नेरीहरूका काँध चढेर काठमाडौँ भित्रिन्थे । यस्ता धेरै इतिहास बोकेको यो क्षेत्र धार्मिक, सास्कृतिक र प्राकृतिक रूपमा पनि धनी छ । पछिल्लो समय स्थानिय तहमा जनप्रतिनिधिहरु चुनिएपछी यस क्षेत्रलाई धार्मिक, सास्कृतिक र प्राकृतिक व्यवस्थापन गरी पर्यटकिय नगरको रूपमा घोषणा गर्ने तयारी भइरहेको छ।
सात सय वर्ष पुरानो लिच्छविकालीन राजा अंशु बर्माले स्थापना गरेको कोट दरबार पनि टिस्टुङमै अवस्थित छ । अहिले दरबारको भग्नावशेष मात्र रहेको छ भने कोटदरबार नजिक तलेजु भवानीको मन्दिर अहिले सञ्चालनमा छ । टिस्टुङमा केही आधुनिक शैलीका घर सडकछेउमा बने पनि अधिकांश घर पुरानै नेवारी शैलीका छन् । टिस्टुङको पश्चिम दक्षिणमा रहेको कुन्छाल गाउँको गोपाली गाउँ नेपालकै नमूनायोग्य गाउँका रूपमा परिचित छ । टिस्टुङ उपत्यकाको सबैभन्दा पुरानो बस्तीका रूपमा स्थापित गोपाली गाउँ रहेको छ । टिस्टुङ उपत्यका कुलेखानी जलविद्युतका लागि जलाधार र काठमाडौँ उपत्यकाका लागि तरकारीको प्रमुख आपूर्ति गर्ने उपत्यका हो । टिस्टुङमा गोपाली, महर्जन, बलामी, श्रेष्ठ, कपालीलगायत जातिको बसोवास छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति