खानीखोला
स्वरूप
खानीखोला | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°२६′N ८१°४७′E / 28.43°N 81.79°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सुर्खेत जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ३,२३७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
खानीखोला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, सुर्खेत जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२३७ रहेको थियो जसमध्ये १५३३ पुरुष र १७०४ महिला रहेका थिए भने यहाँ ६६७ घरधुरी रहेको थियो।[१] यो हाल सिम्ता गाउँपालिकामा पर्दछ।
यस क्षेत्र पहाडी ईलाकामा पर्ने भएकाले कोणधारी बोटबिरुवाहरू पाइन्छन। जसमा प्रमुख रूपमा सल्लाका रुखहरू पाइन्छन्। यहाँ सुर्खेत जिल्लाकै अग्लो स्थान भोटेचुली अवस्थित रहेको छ। जुन स्थानबाट पुरै सुर्खेत जिल्ला र सिस्ने हिमाल देखिन्छ। खानीखोला गाविसलाई सिम्ता क्षेत्रको आठ गाविसहरूमध्ये एक गाविसको रूपमा मानिन्छ। जुन क्षेत्रलाई सिङ्गारू नाचको मौलिक स्थान भनिन्छ। खानीखोला यसको बीच क्षेत्रबाट खानीखोला बग्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।