मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मल्ल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। ऐतिहासिक कालमा कुस्तीयुद्द लाई मल्ल युद्द भनिन्थ्यो | मल्ल युद्द गरेर राज्य जित्नेहरु मल्ल राजा बने | मल्ल राजाका सूर्यवंशी /रघुवंशी भनेर लेखिएका अभिलेख भेटिन्छन । प्राचीन जछ्देव मल्ल को अभिलेख सुर्खेतमा भेटिएको छ । काठमाडौँ को भक्तपुर ,ललितपुर र काठमाडौँ मा राज्य गर्ने मल्ल राजा प्राचीन काल खण्डमा चर्चित थिए । जुम्ला सिंजा का मल्ल राजाहरू आफ्नो राज्यकालमा शक्तिशाली राजा थिए । सिम्रौनगढका कर्णाटवंशीले नेपाल मण्डलमा राज्य गरेको इतिहास छ । पछि पृथ्वीनारायण शाहले नेपाल एकीकरण उपत्यका मा रहेका मल्ल जाति नेवार जाति मा सम्मीलित भए । जुम्ला सिंजाबाट डोटी आएपछि यी मल्ल राजा डोटी आएको केहि कालखण्ड को अन्तमा शाही थर का बनेका थिए । डोटी पचनाली र बझांग का मल्ल जुम्लाबाट डोटी आएका चल्ल/मल्ल राजाका वंशज हुन् । डडेलधुरा पस्से गर्खाका चम्साली मल्ल र डोटी धुरकोटका मल्लहरु एकै वंशज हुन । यी मात्रै नभएर भिभिन्न कुल खान्दानकाहरूले पनि मल्ल लेखेको देखिएको र सुनिएको छ ।

देखिएका र जानिएका फरक-फरक कुल खान्दानका मल्ल[सम्पादन गर्नुहोस्]

  • १) मानव/मानव्य गोत्रीय नेवार मल्ल काठमाडौँ , भक्तपुर ,ललितपुर ,किर्तिपुरमा बस्छन |
  • शौनक गोत्रीय मल्ल डोटी डडेल्धुरा र बझांगमा क्षेत्रमा बस्छन |
  • २) अत्रि गोत्रीय पौडेल/पोउडि मल्ल हरु कर्णाली, बाग्लुंग, प्युठान क्षेत्रमा बस्छन |
  • ३) कश्यप गोत्रीय मल्लहरु गण्डकी गुल्मी क्षेत्रमा बस्छन |
  • ४) वैश्य जातिबाट मल्ल लेख्नेहरू देशका विभिन्न स्थानहरूमा बस्छन |

खोज अनुसन्धान अनुसार तालिकामा राखेर विश्लेषण गर्दा

पुर्खा थर गोत्र भन्नेगरेको वंश कुलदेवता बसोबास बैबाहिक सम्बन्ध सामाजिक मान्यता पुष्टिको आधार
मल्ल र कर्णाट मल्ल, प्रधानांग, प्रधान मानव/मानव्य सूर्यवंशी तलेजु भवानी, दुमाजु भवानी काठमाडौँ भक्तपुर ललितपुर नेवार थकुजुजु र छथरी/क्षत्रीय श्रेष्ठ - जोशी, कर्माचार्य, राजभण्डारी, रघुवंशी, राजवंशी, पात्रवंशी, हाडा-चौहान, अमात्य, मास्के, राजवैद्य, कायस्थ, राठौर र अन्य छथरी कूल थकुजुजु (ठाकुरराजा), थकुलानी (ठाकुररानी)
चल्ल मल्ल शौनक सूर्यवंशी मष्टो (टेडी,कैलाश ,भुमिदेउली,जठे -----) डोटी ,बझांग ठकुरीजाति पाल ,चन्द, बम ,शाह, सिंह----- ठकुरी /सम्बन्धित समाज बाट
पाल मल्ल शौनक सूर्यवंशी मोहन्याल ,कैलपाल डोटी, डडेल्धुरा र कैलाली ठकुरीजाति पाल, चन्द, बम, सिंह ,शाह, शाही ठकुरी सम्बन्धित समाजबाट
कोर, कुँवर मल्ल शौनक सूर्यवंशी कैलपाल, समैजी डोटी, डडेल्धुरा र कैलाली ठकुरी र खस जाति पाल चन्द, बम, सिंह ,शाह, शाही ठकुरी सम्बन्धित समाजबाट
मल्ल,रावल मल्ल शौनक सूर्यवंशी लाटा कलारी,भगवती डोटी, डडेल्धुरा र कैलाली ठकुरी र खस जाति पाल, चन्द,बम, सिंह ,शाह ,शाही ठकुरी सम्बन्धित समाजबाट काली/कालो पौडेल मल्ल अत्रि ----- ? मष्ट (बारहभाई मष्ट ) बाग्लुंग ,कालिकोट ठकुरी जाति, खस छेत्री र मगर जाति सङ पौडेल खस र मगर सम्बन्धित समाजबाट
----- ? मल्ल कश्यप ----- ? मष्ट (बारहभाई मष्ट ) गुल्मी ठकुरी जाति------ ----------?
बोहरा (कुकुडे) मल्ल कौसिक ---- ? बासुदेबी डोटी, कैलाली वैश्य जाति कुन्जडा, खडायत, राना, धामी वैश्य जाति सम्बन्धित समाजबाट
देउका / देउको मल्ल गर्ग ----- ? निग्लाशैनी बैतडी देहिमंडू/ कंचनपुर बजार वैश्य जाति -------- वैश्य सम्बन्धित समाजबाट

पूर्वज[सम्पादन गर्नुहोस्]

कार्तिकेय(मोहन्याल),केदार ,कैलपाल,समैजी अन्तर्गतका देवता भएका मल्ल कत्युरी राजवंश का मल्ल हुन् । डोटी बोगटानका रजवारहरुका पूर्वज र यी मल्लका पूर्वज एकै हुन् । तेडी मष्टो अन्तर्गतका देवता भएका मल्ल रैका राजाका वंशज हुन् । अत्रि गोत्रीय मल्ल रासकोटी अन्तर्गत का मल्ल हुन् । कश्यप गोत्रीय मल्ल मंगोल हुन् । वैश्य मल्ल वैश्य खान्दानका हुन् ।

शौनक गोत्रीय मल्ल पनि दुई कुल/खान्दानका[सम्पादन गर्नुहोस्]

  • शैव सम्प्रदायका केदार गण कुलदेवता भएका कत्युरी राजवंश को शाखाका सनातनी मल्ल

डोटी वोगटान क्षेत्रमा रहेका मल्लहरूको वंशावली अनुसार डोटी जोरायलबाट वोगटान गएको र समैजी कुलदेवता भनिएको छ ।[१] हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली अनुसार सूर्यवंशी सवनय गोत्री डोटी बोगटान घाँगलका मल्लहरूको कुलदेवता समैजी हुन् । जसलाई घण्टेश्वर समैजी पनि भन्दछन् ।[२] घाँगल बुढाकोटको डाँडामा स्थापित सिकारी समैजी पनि यिनै मल्लका कुलदेवता मानिन्छन् । बर्तमानमा पनि जोरायलमा शौनक गोत्रका मल्ल धेरै छन् । जोरायलमा बसोबास गर्ने सबै मल्लहरुका कुलदेवता समैजी छन् । डोटी जोरायल खार, सेकुनीका मल्लका कुलदेवता भाडिको समैजी , खैगाड़को समैजी ,भेटा समैजी छन् | डडेल्धुराको , कोटकाँडे, पिल्कोट , गुनपालक्षेत्रमा बसोबास गर्ने मल्लका कुलदेवता पनि समैजी छन् । यी जोरायलका मल्लहरु आफू नागी मल्ल वंशज भएको र डोटी पचनालीबाट आएको दावी गर्दछन् । यिनले जे भने पनि जोरायलका समैजी कुलदेवता भएका शौनक गोत्रीय , सूर्यवंशी मल्ल कत्युरी राजाका वंशज हुन् | यिनलाई कोर/रावलका मल्ल भने पनि जुम्लाका बलिराज लाई पनि रावल पद दिएको[३] इतिहास छ । बलि राजका वंशजका कल्याल शाही ठकुरी मानिन्छन । रावल राज्पुत्रको प्रयाबाची शब्द हो | डडेल्धुरा कोर गाउँ र गुनपालको धामी गाउँ का मल्ल कैलपाल र जगन्नाथ देवतासँग सम्बन्धित छन् । डडेल्धुरा को लम्कंडे भन्ने स्थानमा रहेका मल्ल पनि कैलपाल देवतासँग सम्बन्धित छन् । शौनक गोत्रीय समैजी कुलदेवता भएका घाङलीमल्ल निमुवावोझी, मुडामा बस्छन् । चवालाका मल्ल दोधारा, वरहडिया, मुडा, वौनिया, हरिनगरमा बस्छन् । विठाडावाला मल्ल वौनिया, सरैया, देउकलिया क्षेत्रमा बस्छन् । कार्तिकेय (मोहन्याल)देवतासँग सम्बन्धित शौनक गोत्रीय मल्लको वंशज पण्डौनका मल्लहरु कैलालीको भजनी, निम्दी, मुनुवा क्षेत्रमा छन् । यी पण्डौन का मल्ल कार्तिकेय (मोहन्याल) लाई कुलदेवता मान्दछन । पण्डौन मल्ल खान्दानका मोहनराज मल्ल ७ न प्रदेशका प्रमुख छन् । यस परिवारमा चिनिएका मोहनराज मल्ल पंचायत कालमा पनि चर्चित व्यक्तित्व हुन् । सुर्खेतको मल्लकाँडामा भेटिएको अक्षदेव मल्लको वि.स.१३७२को स्तम्भ लेख निकै खण्डित रहेको छ । तापनि यसको सम्वत शाके १२३७ र राजाको नाम अक्षदेव मल्ल लेखिएको हुँदा हालसम्म देखापरेका मल्लहरुमध्ये सबैभन्दा जेठो मल्ल जक्षदेव मल्ल (अक्षदेवमल्ल) ठहरिएकाले मानदेवको अभिलेखमा बर्णित मल्लपुर सुर्खेतलाई मान्न सकिन्छ ।

  • अभिलेखको पाठ
  • ॐ स्वस्ति श्री शाके १२३७ (वि.स.१३७२) वैशा
  • खेमासि ८ तिथौ विविध ...स्वस्ति...जयु
  • त्र वक्षराज ..वक्ष.. पुत्रजजक्ष रा
  • जाधिराज जक्षदेवमल्ल श्री..
  • राज्ञि सत्यरुपादेइ सपत्निकस्य
  • श्रीविष्णुज पुत्रस्य महाराज..
  • ज शुभमस्तु ।।
    मष्टो गण कुलदेवता भएका रैका राजवंशका मल्ल
  • शौनक गोत्रीय तेडी मष्टो अन्तर्गतका कुलदेवता भएका डोटी ,बझांग क्षेत्रमा बसोबासगर्ने जुम्ला रैका (नागिमल्ल/अभयमल्ल जुम्लीराजा)को वंशज हुन् | यिनका देवताहरु तेडी मष्टो ,निमौने, लुहाखडी, कैलाश ,जठे ,जिम्दार सहितका मष्टो अन्तरगतका देवता कुलदेवता छन् |यसै कारण डोटी क्षेत्रमा कत्युरी र सिंजा जुम्लाका रैका गरेर दुई कुलका मल्लहरु शौनक गोत्रीय भेटिन्छन |

मल्ल को वैवाहिक सम्बन्ध[सम्पादन गर्नुहोस्]

नेपाली समाजको मान्यता अनुसार मल्ल ठकुरी को थर हो । ठकुरी भएकै नाताले मल्ल को बैबाहिक सम्बन्ध पनि समान स्तरका अन्य ठकुरीसँग हुने गर्दछ । डोटी बोगटान का मल्लको उपल्लो वोगटानका बोगटी / बम सँग वैवाहिक सम्बन्ध पहिले देखि नै थियो । अझै पनि छ, तर डोटी तल्लो बोगटानमा बसोबास भएका कार्तिकेय (मोहन्याल) कुलदेवता मान्ने बम रजवार हरूको बोगटान क्षेत्रका मल्लसँग पहिलेका दिनमा बैबाहिक सम्बन्ध थिएन । अहिले केही समय यता आएर वोगटानका मल्लसँग पनि फाट फुट भएको छ । तर तल्लो वोगटानका बम ठकुरीहरूको वैवाहिक सम्बन्ध डोटीका शाही/शाह र पचनाली क्षेत्रका मल्ल, डौडका सिहसँग पहिले देखि थियो । डोटी रैका राजवंश नागी मल्लका सन्तानका मल्ल भनिने पचनाली,दियाली र तिछाडाका मल्लसँग डोटी बोगटान का ठकुरी रजवार हरूको र देउवा हरूको बिबाह पुरानै दिन देखि भएको पाईन्छ । बोगटान क्षेत्रका मल्लसँग देउवा हरूको पनि बिबाह थिएन । बर्तमानमा थाक्य-गल्या देउवाले समैजी कुलदेवता मान्ने मल्ल (रावल)संग बिबाह गरेपनि पुराना दिनमा मल्ल रावललाई आफू भन्दा सानो सम्झने र बिबाह नगर्ने गरेको इतिहास देउवाहरूको छ । रैका मल्ल /शाही भन्दा फरक कुल मानिने डोटी बोगटानका मल्लको सम्बन्धमा इतिहास र देवता जे जस्तो भएपनि वोगटान क्षेत्रको वुढाकोट, घाङल, चवाला, विठाडा र पण्डौन क्षेत्रका मल्लहरु ठकुरी कहलिन्छन् । पण्डौनी मल्लहरु बोगटान क्षेत्रका अन्य मल्ल भन्दा आफू फरक रहेको बताउँछन् । वर्तमानमा माथि उल्लेखित सबै मल्लको बिबाह डोटी बोगटानका बम, बोगटानका बोगटी रजवार, अछामी शाह, बझांगी सिंह, बैतडी चन्द डाँगका शाह , रासकोटी शाही ,कल्याल शाही ,शाह, राठौर , देउवा, दार्चुलाका पाल ,नेपालका राणाहरूसँग भएको भेटिन्छ । तर वैश्य मल्लहरू भने आफ्नै जात मिल्ने तिनकै स्तरकाहरूसँग बिबाह गर्दछन ।

सूर्यवंश र रघुवंश उल्लेखित मल्ल र देव थरसँग सम्बन्धितअभिलेख[सम्पादन गर्नुहोस्]

  • जयानन्द राजारुद्रमल्ल
  • १— “श्रियोअस्तु सम्वत ४३७ फाल्गुण वदि २ राजाधिराज श्री श्री श्री जयानन्द देववस्य धर्मविजंभवति रघुवंशावतार श्री श्री जयरुद्रमल्लस्य लब्धवरिष राज्य भवति“[४]
  • राजाश्रयानन्ददेव
  • १— भक्तपुर तौमढीटोलका नारायण चोकको शिलालेखमा ”श्रयानन्ददेव इति सूर्यकूलप्रदीप”े पंकित अंकित भएकोले राजाआनन्द देव सूर्यवंशी ठहरिन्छन् [५]
    राजायक्षमल्ल (वि.स.१४८५ मार्ग १८)
  • १— “श्रीभक्तग्रामपटुटने राजाधिराजपरमेश्वरपरमभट्टारक रघुवंशावतारा श्रीश्रीजययक्षमल्ल देवस्य विजयराज्य“ पंक्ति लेखिएको । राष्ट्रिय अभिलेखालयमा सुरक्षित ”शुक्लयजुर्वेदसंहिता” काठमाण्डौ ठिमी महादेव मन्दिरको यक्षमल्ल र जीव मल्लको पालाको अभिलेख वि.स.१४८५ अनुसार[६]
  • २—पशुपति मन्दिरको दिक्षिण तर्फको शिलालेखमा राजा यक्षमल्ललाई नेपाल मण्डलको राजाधिराज भनिएको छ । “श्रीसूर्यवंशनृपतिर्जययक्षमल्ल : प्रौढप्रतापभुवनैकमहाप्रवीण : । नेपालमण्डलविभुषितराजराजो भूयादिपक्षमथनो भूवि सुप्रसिद्ध : ।[७]

राजानान्यदेव

  • १— राजाप्रताप मल्लको कृष्णमन्दिर शिलालेखमा — सूर्यवंशी नान्यदेव र उनका वंशज गाँगदेव, नरसिहदेव र रामसिहदेव नाम क्रमश अंकितछन् ।[८] प्रतापमल्लको नेपाली संम्बत ७६९ (१६६९ ई.) को नारायणहिटी अभिलेखमा निम्न लिखित वंशावली भेटिन्छ । यस वंशावलीमा राजा नान्यदेवले नामको पछाडि रघुवंशी भनेर लेखेका छन् । जो यस प्रकार छ ।
    1. नान्य देव ( रघुवंशी )
    2. गङ्गा देव
    3. नरसिह देव
    4. रामसिह देव
    5. शक्तिसिह देव
    6. भुपालसिह देव
    7. हरिसिह देव ( हरयुन्सिंह)
    8. यक्ष मल्ल (इत्यादी)

शौनक गोत्रीय डोटी बोगटानका मल्ल ठकुरी वंशावली [९] अनुसार[सम्पादन गर्नुहोस्]

  • राजा अर्जुन मल्लका छोरा मेघुमल्ल जोरायल डोटी आए ।
  • राजा अर्जुनले शाही पदवी प्राप्त गर्नु पूर्वका छोराहरु
  • मेघुमल्ल, उदयभानु, श्रीपति । यी मध्ये जेठा छोरा
  • मेघुमल्लले जोरायल छोडी बोगटान मस्यासरी बसे,
  • मूसी मल्ल वोगटानको देवानी लि बसे,
  • कुमेरुका कान्छा भाइ उदैमल्ल विठारा चौवाला आई बसे उदैमल्लदेखि सातौँ पुस्ता सम्मको नामावली थाहा भएको छैन, खोजी हुँदै छ ।
  • महिपति मल्ल, जुडामल्ल, पठान मल्ल समेत ३ भाइ भए । त्यसमध्ये पठानको अपुताली भयो । जुडाका सन्तान सुव्वा दिलिपसिह समेत हुन । महिपतिको सन्तान यस प्रकार छ । *मन्दिर मल्ल,
  • प्रीतिसिह मल्ल र
  • रामसिह मल्ल । रामसिहका
  • तिलकसिह र अमरसिह २ भाइ तिलकसिहका
  • डम्मरबहादुर मल्ल, खुमबहादुर मल्ल हुन । भजनी र बसुरियामा बस्तछन् ।
  • प्रतिसिहका तारासिह, बालासिह, लालसिह, ज्योतिसिह र भजनसिह समेत ५ भाइ हुन् । भजनको अपुताली भयो ।
  • तारासिहका देवबहादुर मल्ल, बमबहादुर मल्ल, इमानसिह मल्ल, भक्तबहादुर मल्ल, हिक्मतबहादुर मल्ल समेत ५ भाइ कैलालीको निमावोजी र डोटी बोगटान घाँगलमा बस्तछन् ।
  • बालासिहका भीमबहादुर मल्ल, लालसिहका बुद्धिसिह, क्षेत्रबहादुर, भीमबहादुर, हर्षराज समेत चारभाइ घाँगल र कैलाली धनौरामा बस्छन् । ज्योतिसिहका सूर्यबहादुर, दीर्घसिह,
  • मानबहादुर, कृष्णबहादुर र वीरबहादुर समेत घाँगल र कैलाली वसुरियामा बस्तछन ।
    सुव्वा दिलिपसिहबाट प्राप्त वंशावली अनुसार
  • चिरबुँगलबाट फाटेर बोगटान हुँदै
  • जोरायल (जोरायल डोटी)हूँदै मल्लो बोगटान बुढाकोट आउने मुसुमल्ल ।
  • मुसुका दुई छोरा कुमेरु मल्ल र उदैसिह मल्ल ।
  • कुमेरुका सन्तान बुढाकोटै बसे, कान्छा उदैसिका पैलु पनि भन्दथे ।
  • पैलु चौमाला विथाडामा आएर बसे । पैलुका छोराहरु ३ भाइ महिपति, जुडा, पठान ।
  • महिपतिका सन्तान निमावोजीका देवबहादुर मल्ल हुन । जुडाका तीन छोरा हरिभानसिह, जमानसिह र धनसिह मल्ल हुन् ।
  • अव यिनको और सन्तान जगा जगा पाँजिएर बस्यो । तेसमा धेरैले चौमाला विथाडा छोडेर तल्ली वोगटान पण्डौनमा आए ।
  • सम्वत १९४८ साल तिरको कुरा हो । धनसिहको निःसन्तान ।
  • हरिभानका मेघसिह, जमानसिहबाट हरिभानसिह र अजवसिह भए ।
  • यी तीनै भाइ पण्डौनबाट उठेर मलवार आई बसे । त्यसबेला यहाँको जग्गा आवाद गरेबापत सयकडा पाँचले जग्गानै पाउने चलन थियो ।
  • मल्लवारका वीर्तावार हिरण्यसमशेरबाट २०० विगाहा जग्गा विर्ता पाईयो । त्यसपछि मेघसिहको अपुताली भयो ।
  • हरिभानसिहका दिलिपसिह र दीर्घराजसिह भए । अजवसिहबाट पहलवानसिह, कुँवरसिह, हिक्मतसिह र उपेन्द्रसिह मल्ल भए ।
  • दिलिपका चार छोराहरु टेकबहादुर, देवबहादुर, मोहनबहादुर र मदनबहादुर भए । दीर्घराज सिहका ३ छोराहरु चक्रबहादुर, पुष्पबहादुर, र कृष्णराज मल्ल । पहलवानसिहका छोरा
  • पदमबहादुर मल्ल, कुँवरसिहका ध्वजबहादुर मल्ल । हिक्मतसिहका तेजबहादुर मल्ल समेत ४ भाइ । उपेन्द्रबहादुर मल्लका वरुण समेत ४ भाइ ।

मल्ल थर लेख्ने वैश्यहरु[सम्पादन गर्नुहोस्]

बैतडी डेमाडोको देउको भनिने बोरो महेन्द्रनगर बजारमा गर्ग गोत्र बताउने र मल्ल थर लेखेर बसेको छ | डोटी जिल्ला बासुदेवी गाउँ विकास समितिको देउकांडे बोरो (बोहरा) पनि मल्ल थर लेख्छन | यी बोहराका मल्ल थर लेख्नेहरु कौसिल्ला(कौशिक) गोत्र बताउने र मल्ल थर लेख्ने कैलाली जिल्ला अतरिया नगरपालिका दुर्गा लक्ष्मी उच्च मा.बि नजिक बस्छन |

संख्या[सम्पादन गर्नुहोस्]

मल्लले मान्ने विशेष पर्वहरू[सम्पादन गर्नुहोस्]

  • दशै
  • तिहार

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. जोरायलबाट गएको भन्नेकुरा सुब्बा दिलिपसिह र देव बहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९/२९०मा हेर्दा र पढदा पनि स्पष्ट हुन्छ ।
  2. हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली २०६० साल, पेज १५९, मा उल्लेख भए अनुसार समैजी मल्लहरुका कुलदेवता हुन । इनको स्थान घाँघल जमनचौकामा छ । पेज १६० अनुसार
  3. डा.सूर्यमणि अधिकारीद्वारा लेखिएको (भुँडीपुराण प्रकाशनबाट प्रकाशित, वि.स.२०६०) बाइसे राज्यको इतिहास, पृष्ठ २९ र ३० मा लेखिए अनुसार वलिराजलाई पनि रावल पद दिइएको पाईन्छ । खश राज्यको पछिल्लो अवधिमा यो पद राजपरिवारका सम्बन्धित र सामन्त रजौटाहरूले ग्रह्णगर्ने गरेको देखिन्छ ।
  4. प्रमाण–प्रमेय भाग । पृ.२३४, नेपाल सम्वत ४३७ वि.स.१३७३ को पशुपति देउपाटनको अभिलेखमा जयानन्ददेव र राजा रुद्रमल्लको नाम अगाडि प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१३६बाट
  5. प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज १२४ वाट
  6. प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१६२बाट
  7. प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज—१६३बाट
  8. प्रो.ढुण्डिराज भण्डारी, प्रकाश प्रकाशन, नेपालको उदभव तथा विकासको विश्लेषणात्मक इतिहास, पेज– १५४
  9. सुब्बा दिलिपसिह र देवबहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९÷२९०मा हेर्दा र पढ्दा पनि स्पष्ट हुन्छ । जस अनुसार निमावोजी देवबहादुर मल्लसित भएको प्रतिलिपि अनुसार

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]