सामग्रीमा जानुहोस्

अयोध्यापुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अयोध्यापुरी
पूर्व गाविस
अयोध्यापुरी is located in बागमती प्रदेश
अयोध्यापुरी
नेपालको नक्सामा अयोध्यापुरीको अवस्थिति
अयोध्यापुरी is located in नेपाल
अयोध्यापुरी
अयोध्यापुरी (नेपाल)
निर्देशाङ्क: २७°२४′N ८४°२६′E / २७.४०°N ८४.४३°E / 27.40; 84.43निर्देशाङ्कहरू: २७°२४′N ८४°२६′E / २७.४०°N ८४.४३°E / 27.40; 84.43
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
जनसङ्ख्या
 • जम्मा१०,६९३
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

अयोध्यापुरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०६९३ रहेको थियो जसमध्ये ४९१४ पुरुष र ५७७९ महिला रहेका थिए भने यहाँ २५५५ घरधुरी रहेको थियो।[]

वि. सं. २०७७ मा प्रधानमन्त्री केपी ओलीले अयोध्यापुरी नै भगवान रामको जन्मस्थान भएको दावी गरेपछि यो स्थान चर्चामा आएको थियो। पुरातत्व विभागले भने बाहिर आएका प्रमाणहरू भर पर्न योग्य नभएको भन्दै अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको जन्मभूमि भए/नभएको यकिन हुने बताएको थियो। अयोध्यापुरी क्षेत्रमा महर्षि वाल्मीकिको आश्रम पनि छ। यस क्षेत्रमा भगवान रामसँग जोडिएको गुफा तथा अन्य प्राचिन सम्पदाहरू पनि भेटिन्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. घिमिरे, रवीन्द्र (२०७७ असार ३१ गते), "अयोध्यापुरीमा उत्खनन गर्ने तयारीमा जुट्यो पुरातत्व विभाग", अनलाइन खबर, अन्तिम पहुँच २४ जुलाई २०२०