राणा वंशको उत्तराधिकारी रोलक्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ए बी सी क्लास राणाबाट अनुप्रेषित)

राणाशासनमा उत्तराधिकारी रोलक्रम बरिस्ठता / जन्मको आधारमा गरिने मर्यादाक्रम थियो । जंगबहादुरको समयदेखि नै आफ्ना छोरा नातिहरूलाई उत्तराधिकारीको रोलक्रममा अगाडि ल्याउन व्यापक प्रयास भएको पाइन्छ। जंगबहादुरले आफ्नो नाति युद्धप्रतापजंगलाई आफ्ना भतिजाहरूभन्दा अगाडि रोलमा राखेका थिए। यसैको कारणले ४२ सालको पर्व घटेको थियो।

धीर शमशेर राणा र उनका सत्र भाइ छोरा ( शमशेर खलक )[१]

ए, बि, सि, क्लास राणाको वर्गीकरण चन्द्र शमशेरले गरेका थिए। चन्द्र शमशेरको एक मात्र विवाहिता रानी थिइन् भने उनका दाइ वीरशमशेर र भाइहरूका कयौं भित्रियाहरू थिए। उनीहरूबाट जन्मिएका छोरा भतिजाहरूलाई पन्छाएर आफ्ना छोरालाई रोलमा अगाडि ल्याउन चन्द्र शमशेरले यो बर्गीकरण गरेका थिए। यसको सबैभन्दा ठूलो मार वि.सं. १९९० मा तत्कालीन कमान्डर इनचिफ रुद्र शमशेर (वीर शमशेरका छोरा) लाई पर्न गर्यो। सुवर्ण शमशेर लगायतका राणाहरू यसै नियमका कारणले रोलबाहिर पर्न गए। र यसको रिस साध्नलाई नेपाली कांग्रेसमा जोडिए।

जंगबहादुरको समयको रोलक्रम[सम्पादन गर्नुहोस्]

श्री ३ महाराज जङ्गबहादुर राणा जगतजंग; जीत जंग

श्री ३ महाराज एवम् प्राइम मिनिस्टर उत्तराधिकारसम्बन्धी अप्राकृतिक रोलक्रम निर्धारित गरेर वास्तवमा प्राइम मिनिस्टर जनरल जंगबहादुर कुँवर राणाले नै राणा परिवारहरू बीचमा आपसी फुट तथा कलहको बीउ रोपिदिएका थिए। आफ्ना नातिहरूलाई समेत यिनले आफ्ना भाइका छोराहरूको प्राइम मिनिस्टर वा श्री ३ महाराज हुने रोलक्रम भन्दा अघिल्लो रोलक्रममा राखिदिनु नै परिवारिक कलहको मुल कारण बन्न आएको थियो। यसै रोलक्रमले गर्दा जनरल जंगबहादुर कुँवर राणाका छोरा नाति तथा जनरल धीरशमशेर कुँवर राणा एवम् यिनका छोरा गरि राणा परिवारका सदस्य दुई ओटा गुटमा विभक्त थिए- एउटा गुट जङ्ग परिवारका राणाहरूको र अर्को गुट शमशेर परिवारका राणाहरूको।

जंगबहादुरले बनाएको रोलक्रम तल लेखिएको बमोजिम थियो:

  1. श्री ३ महाराज जङ्गबहादुर कुँवर राणाजी
  2. श्री कम्यांडर इन चिफ जनरल रणउद्दीपसिंह कुँवर राणाजी
  3. श्री पश्चिम्तर्फका कम्यांडिङ जनरल जगत् संशेर जंग कुवर राणाजी
  4. श्री पूर्वतर्फका कम्यांडिङ जनरल धीर संशेर जंग कुवर राणाजी
  5. श्री दषिनतर्फका कम्यांडिङ जनरल जगत् जंग बहादुर कुवर राणाजी
  6. श्री उत्तर तर्फका कम्यांडिङ जनरल जीत जंग बहादुर कुवर राणाजी
  7. श्री जनरल पद्मजंग बहादुर कुवर राणाजी
  8. श्री ३ महाराज जंगबहादुर कुवर राणाजीका विवाहपट्टिका छन्ज्याल्
  9. श्री लेफटेन्ट जनरल बबरजंग कुवर राणाजी
  10. श्री लेफटेन्ट जनरल रणवीर जंग कुवर राणाजी
  11. श्री दषिनतर्फका कम्यांडिङ जनरल जगत् जंग बहादुर कुवर राणाजीका श्री ५ महाराजाधिराज मैआपट्टिका छोरा श्रीयुद्धप्रताप जंग कुवर राणाजी
  12. श्री उत्तर तर्फका कम्यांडिङ जनरल जीत जंग बहादुर कुवर राणाजीका श्री ५ महाराजाधिराज मैआपट्टि छोरा भया उनको
  13. श्री मेजर जनरल केदार नरसींह कुवर राणाजी
  14. श्री मेजर जनरल बंविक्रम बहादुर कुवर राणाजी
  15. श्री लेफटेन्ट बुद्धिविक्रम बहादुर कुवर राणाजी
  16. श्री लेफटेन्ट कर्नेल वीरसंशेर जंग कुवर राणाजी
  17. श्री लेफटेन्ट कर्नेल अंबरजंग कुवर राणाजी
  18. श्री लेफटेन्ट कर्नेल धोजनरसिंह कुवर राणाजी
  19. श्री मेजर जनरल रामकृष्ण कुवर राणाजी
  20. श्री लेफटेन्ट कर्नेल षड्गसंशेर कुवर राणाजी
  21. श्री लेफटेन्ट कर्नेल भूपेन्द्रजंग  कुवर राणाजी
  22. श्री लेफटेन्ट कर्नेल रणसंशेर जंग कुवर राणाजी
  23. श्री लेफटेन्ट कर्नेल देवसंशेर जंग कुवर राणाजी
  24. श्री लेफटेन्ट कर्नेल चन्द्रसंशेर जंग कुवर राणाजी
  25. श्री लेफटेन्ट कर्नेल वीरविक्रम जंग कुवर राणाजी
  26. श्री लेफटेन्ट कर्नेल भीमसंशेर जंग कुवर राणाजी
  27. श्री लेफटेन्ट कर्नेल फत्यसंशेर जंग कुवर राणाजी
  28. श्री लेफटेन्ट कर्नेल ललितसंशेर जंग कुवर राणाजी

वहापछि ४ भाइका विवाहिता भात षान हुन्या रानीपट्टिका अब जन्मन्या छोराहरू

वहापछि

श्री लेफटेन्ट कर्नेल भैरवनरसिंह कुवर राणाजी

श्री कर्नेल यक्षविक्रम बहादुर कुवर राणाजी

... इति संवत् १९२४ माघ शुदि १० रोज २ शुभम्

१९४१ मंसिर १० को रोलक्रम[सम्पादन गर्नुहोस्]

वीर शमशेरको उत्तराधिकारी नियम[सम्पादन गर्नुहोस्]

वीर शमशेर र पत्नी र छोराहरू

४२ सालको पर्व मच्चाएर सत्तामा आएका वीर शमशेरले जंगबहादुरको छोरा नातिहरूलाई रोलक्रममा अगाडि ल्याउन बनाएको अबैज्ञानिक उत्तराधिकारी नियमलाई परिवर्तन गरे । उनले जंग खलकलाई रोलक्रमबाट हटाइ शमशेर खलकलाई मात्र राखे ।

‘ए', ‘बी' र ‘सी' समूह[सम्पादन गर्नुहोस्]

चन्द्र शमशेर र छोराहरू ( चन्द्र खलक)

वि सं १९५८ मा सत्तामा आएका चन्द्र शमशेरले उत्तराधिकारीको रोलक्रम आफ्ना छोराहरूमा सिमित पार्नका लागि विसं १९७७ सालमा सम्पूर्ण शमशेर खलकलाई तीन समुहमा विभाजन गरे । उनले विभाजन गरेको ‘ए', ‘बी' र ‘सी' समूह निम्नानुसार थियो :

  • जातीय परम्परा अनुसार बाजा बजाएर , सिन्दूर हालेर , डोली चढाई विवाह गरी ल्याएकीबाट जन्मेका "सत्र भाइ"बाट जन्मेका ‘ए' समूह
  • भात बाहेक सबै कुरा चल्ने जातकी विवाहित पत्नीबाट जन्मेका र अरु केहि राणाहरुका सन्तानहरु ‘बी’ समूह
  • ल्याइतेबाट जन्मेका सबै राणाका सन्तानहरु ‘सी' समूह

यहाँ स्मरणीय कुरा के छ भने चन्द्र शमशेरकी एक मात्र विवाहिता पत्नी थिइन् र उनीबाट जन्मेका मोहन शमशेर, बबर शमशेर, केशर शमशेर, शङ्कर शमशेर कृष्ण शमशेरसिंह शमशेर सबै ‘ए' समूहमा पर्दथे ।[२]

जंगी तथा निजामति प्रशासनको माथिल्लो उच्च ओहोदामा 'ए' क्लासका राणाहरु मात्र जान सक्थे तर 'बी' र सी क्लासका राणाहरु कर्णेलको तह सम्म मात्र पुग्न सक्थे , प्रधानमन्त्री बन्न सक्दैनथे ।[२]

जुद्ध शमशेर[सम्पादन गर्नुहोस्]

वि.सं. १९९० चैत ०१ जुद्ध शमशेरले "सि क्लास"का राणाहरूलाई चार भञ्ज्याङबाट कटाउने कटु निर्णय लिए । उनीहरूलाई रोलक्रमबाट पनि झिकियो। तदनुसार कमाण्डर इन्चीफ रुद्र शमशेरलाई पाल्पाको तैनाथवाला लाघारिए ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://thedailyjournalist.com/author/ranasubodh/Higher resolution version from: [१]
  2. २.० २.१ The Ranas http://countrystudies.us/nepal/15.htm
  3. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २६१