कालेगाँडा
कालेकाँडा
Kalekanda | |
---|---|
देश | ![]() |
अञ्चल | सेती अञ्चल |
जिल्ला | अछाम जिल्ला |
जनसङ्ख्या (२००१[१]) | |
• जम्मा | २६६७ |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
कालेगाँडा अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गा.वि.स. अछाम जिल्लाको निर्वाचन क्षेत्र नंवर २ मा पर्दछ। कालेकाँडा गा.वि.स. दैलेख जिल्ला र कालिकोट जिल्लाको सिमानासँग जोडिएको छ। कर्णाली नदीको किनारामा अवस्थित यो गा.वि.स.लाई अछाम जिल्लाको अंतिम गा.वि.स.को रूपमा लिइन्छ। कर्णाली नदिमा भएको झुलंगे पुलले यो गा.वि.स.लाई दैलेख जिल्लाका पिपलकोट, सिंहासैन र राकम कर्णालीलाई जोडेको छ। यो गा.वि.मा पर्ने स्थानिय चिल्ताडागाड खोलामा लघु जल विद्युत उत्पादन गरेर गा.वि.स.को १ नंवर र २ नंवरका रुरुरु घर धुरीहरूलाई विजुलीको आपुर्ती पुरा गरिएको छ। यसका साथै यो गा.वि.स.मा चिल्ताडामा र भुइँचालामा गरेर २ वटा माध्यमिक विद्यालय, भानाकोट र राकुमा गरेर २ वटा निम्न माध्यमिक विद्यालय र कालेकाँडामा एउटा प्राथमिक विद्यालय रहेका छन्। स्थानिय चिल्ताडा वररूखमा इलाका प्रहरी कार्यलय छ भने कालेकाँडा गाउँमा स्वास्थ्य चौकी रहेको छ। २०६९ सालमा कालेकाँडालाई खुल्ला दिशा मुक्त गा.वि.स. घोषणा गरिएको थियो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच २०१२-०९-०२।