मंगलसेन
मंगलसेन नगरपालिका | |
---|---|
नगरपालिका | |
![]() | |
देश | ![]() |
राज्य | सेती अञ्चल |
जिल्ला | अछाम जिल्ला |
सरकार | |
• मेयर | पदम बहादुर बोहरा |
• उप मेयर | सरिता उपाध्याय |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | २१५९३ |
• धर्मावलम्बी | हिन्दू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | www.mangalsenmun.gov.np |
मंगलसेन नगरपालिका अछाम जिल्लामा पर्छ । मंगलसेनलाई नगरपालिका घोषणा गर्दा मंगलसेन, कुन्टा बण्डाली, कालागाउँ, बान्नातोली, जनाली बण्डाली , ओलिगाउँ, झुपु गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । यस नगरपालिकाको केन्द्र मंगलसेन बजारमा कायम गरिएको छ । बि.स. २०७१ जेष्ठ ४ गतेदेखि यो ठाउँ नगरपालिकामा परिणत भएको हो । [१] आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा मंगलसेन पनि नगरपालिका बनेको हो । मुलुकमा अब महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका जोडेर १३० पुगेको छ भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
जनसङ्ख्या[सम्पादन गर्ने]
मंगलसेन, कुन्तीबण्डाली,बान्नातोली, कालागाउँ, जनालीबण्डाली , ओलिगाउँ, जुपु, कालागाउँ बान्नातोली गाविस मिलेर मंगलसेन नगरपालिका बनेको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँको जनसङ्ख्यालाई जोडेर २१,५९३ रहेको छ । [२]
सञ्चार माध्यम[सम्पादन गर्ने]
रामारोशन एफएम, रेडियो सोसाइटी, रेडियो जनप्रिय र रेडियो अछाम । रामारोशन, खप्तड न्यूज र वैद्यनाथ दैनिक र मिराकल साप्ताहिक सञ्चालित छन् ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "७२ नयाँ नगरपालिका थप", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।
बाह्य लिंक[सम्पादन गर्ने]