सिंहासैन गा.वि.स.

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
सिंहासैन गा.वि.स.
देश नेपाल
अञ्चलभेरी
जिल्लादैलेख
जनसङ्ख्या
 • जम्मा३,७०२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

Dailekh district location.png

सिंहासैन दैलेख जिल्लाको एक गाविस हो । भौगोलिक बनावटका कारणले सिंहासैन गा.बि.स. अत्यन्त बिकट ठाउँ हो। विगतका केहि वर्ष अगाडि यहाँ कुनै पनि सुबिधा थिएन। तर वर्तमानमा आएर यो ठाउँमा विभिन्न विकास निर्माणका कार्यहरू तिब्रतर रुपमी चलिरहेका छन्। प्राकृतिक हिसाबले यो ठाउँलाई अझैपनि विकास निर्माणको जरुरी देखिन्छ। प्राय जसो यहाँको हावापानीलाई मध्यम दर्जामा नै गणना गरिन्छ। उक्त ठाउँलाई भौतिक सुबिदायुक्त बनाउन देश, विदेश का विभिन्न सङ्घ संस्थाहरूको अमुल्य योगदान रहेको छ। पहाड यबं प्राकृतिक स्वरूपले बिकट इलाका भएको कारणले सामान्यतया यहाँका मानिसहरूको जनजीवन साधारण खालको रहेको छ। भौतिक सरसुविधाको अभावले गर्दा यहाँका मानिसहरू प्राय बेरोजगार नै देखिन्छन् । तर पनि आपसी पर्तिस्ठान र मेलमिलापका गुणहरू यहाँका मानिसहरूमा रहेको पाइन्छ। भौगोलिक एबं प्राकृतिक स्वरूपले बिकट ठाउँ भएकोले यहाँ कुनै आर्थिक स्रोतहरू देखिदैनन। सामाजिक दृष्टिकोर्को हिसाबले सिंहासैन गा.बि.स.को बर्तमान स्तिथि अत्यन्त बलियो देखिन्छ।

भुगोल[सम्पादन गर्ने]

पहिले सिंहासैन गा.वि.स.क्षेत्रफलको आधारमा दैलेख जिल्लाको सबै भन्दा ठूलो गा.वि.स.को रूपमा लिईन्थ्यो। तर २०३८ सालमा यो गा.वि.स.बाट पिपलकोट गा.वि.स.अलग भैसके पछि यसको क्षेत्रफल कम भएको छ। तै पनि अँझै यो गा.वि.स.दैलेख जिल्ला इलाका नं ११ को सबै भन्दा ठूलो (जनसङ्ख्या र क्षत्रफल दुबै) गा.वि.स.को रूपमा लिइएको छ। यसको सिमाना पूर्वमा पिपलकोट पश्चिममा तिलेपाटा उत्तरमा राकम कर्णाली र दक्षिणमा बाहाकोटसँग जोडिएको छ।यो गा.वि.स.को भौगोलिक स्थिति भन्नु पर्दा यो एक विकट पहाडको एक गा.वि.स.को रूपमा लिइएको छ। भौगोलिक बनावट ले पहाड भएपनि पर्कृति ले यो गा.बि.स. भरिपुर्ण छ ! इस्थानिय वासिन्दाहरूको अहम भूमिकाले बि.स.२०६२/६३ पछि उक्त गा.बि.स. मा बयालढुंगा बशुल्धारा सामुदायक वन उपभोक्ता समिति दर्ता गराइएको छ।

इतिहास[सम्पादन गर्ने]

यो गा.वि.स.को नाम यहाँको वार्ड नं ७ अन्तर्गत पर्ने "सिंहासैन" भन्ने गाउँको नामबाट रहेको हो। वि.सं. २०१७ साल अघि यो गा.वि.स. सिँहासैन मौजा, गोर्खि मौजा,तोलीचाका मौजा, पातेमेला मौजा, रोल मौजा, राँता मौजा र छेपाडी मौजा मिलेर "सिंहासैन बाहाली" रहेको थाहा हुन आएको छ। बाहालीका पहिला तथा अन्ति जिमुवाल स्व. श्री देवु शाही हुनु भएको थाहा हुन आएको छ। यहाँ "पहिलो तथा अन्तिम" शब्दको पाठकहरूले आफै अर्थ लगाउनु पर्ने छ। वि.सं.२०१७ मा आएर यहाँको बाहालि रद्द भएको थाहा हुन आएको छ।"बहाली" रद्द भै यो गा.वि.स.को नाम "पञ्चायत"मा परिवर्तन भयो। तत्कालिन जिमुवाल देवु शाही पदच्यूत भै सके पछि यहाँका पहिला प्रधान पञ्चको रूपमा श्री दत्त प्रसाद जैसी निर्वाचित भएका थिए।

नामांकन[सम्पादन गर्ने]

गा. वि. स.को वडा नंवर ७ अन्तर्गत पर्ने सिंहासैन गाउँको नामले यो गा. वि. स.को नामांकन गरिएको मानिन्छ। यो ठाउँको नाम सिँहासैन कसरी भयो भन्ने बारे निम्न किँवदंतीहरू पाइन्छन्। :-

  1. परापूर्व कालमा यहाँ एक रुखको ठूटो रहेको थियो। यसलाई गोठालाहरूले बस्ने बनाएका थिए। उनीहरू यसलाई सिंहासैन भन्ने गर्थे। गोठालाहरूमा जो अघाडी गएर यस सिंहासैनमा बस्यो त्यसले जे भन्यो त्यो सबैले मान्नु पर्ने नियम बनाएका थिए। यसैगरी कालान्तरमा रुखको ठुटो कुहिएर गए पनि यो ठाउँको नाम सिंहासैन रहन गयो।
  2. परापूर्व कालमा कुनै बुढीलाई सपनामा धन देखियो। उनी आफुले सपनामा देखेको ठाउँ खोज्दै जाँदा सिंहासैन गा.वि.स.मा पर्ने "तानि गडा"बाट उनले सुनको सिंहासैन तानेर लगेकी थिइन्। यसैले सिंहासैन निकालेर लगेको ठाउँ भएकाले यस ठाउँको नाम सिंहासैन रहन गयो। [१]

जनसङ्ख्या[सम्पादन गर्ने]

यहाँको जनसङ्ख्या ३,७०२ रहेको छ।यहाँ ६९२ वटा घरधुरीहरू रहेका छन्।[२]

  • नोट:-उक्त विवरण धेरै पुरानो हो।तपाईहरूलाई हालको जनसङ्ख्या विवरण थाह छ भने श्रोत खुलाएर यहाँ लेख्नुहोस्।यो नोटिसलाई मेटाइदिनुहोस्।

संस्कृति[सम्पादन गर्ने]

यो गा.वि.स.मा ब्राह्मण, क्षत्री, ठकुरी, मगर, योगी, पुरी दलितहरूमा कामीदमाई जातीको बसोवास रहेको छ। यहाँ सबै जातीको आफ्नो-आफ्नो संस्कृति भएपनि यहाँको मुख्य भाषा खस भाषा हो र यहाँ सबै जातीले खस सभ्यताको हिन्दू धर्म मान्छन्। यहाँका मुख्य चाड पर्वहरूमा दशैं, तिहार, भैले जात्रा, मकर सक्रांती, चैते दशैं अषाडे सक्रांती, साउने सक्रांती, हरितालिका मालिका चतुर्दशी हुन्। यहाँका मुख्य जात्राहरू राँताको भैले जात्रा, छेपाडीको सेरा जात्रा, डाब, मौला आदी हुन्।यहाँ जात्रा र अन्य उत्सवहरू देउडा नाचमारुनी नाच जस्ता संस्कृतिका नृत्य र कलाहरू प्रस्तुत भएको देख्न पाइन्छ यो बाहेक यहाँ देवताको पूजा गरिने दिन "पैठ"पनि मनाइन्छन्। यहाँका पैठहरूमा धामि नाँच हेर्न पाइन्छ। पश्चिम नेपालको धामि नाँच र पूर्वि नेपालको धामी नाँचमा फरक पाईन्छ।

गाउँहरू[सम्पादन गर्ने]

सिंहासैन गा.वि.स.मा साना ठूला गाउँहरू त धेरै छन्।ति मध्य तलका गाउँहरूलाई मुख्य रूपमा लिइन्छ।:-

हालका गतविधीहरू[सम्पादन गर्ने]

यो गा.वि.स.मा थुप्रै विकाश परियोजनाहरू लागु भएका छन्। ति मध्य मुख्य रूपले यिनलाई लिइएको छ।

  • "फिनेडा नेपाल" नामक संस्थाले लागु "एक घर एक चर्पी एक धारा" कार्यक्रमले गा.वि.स.मा खाने पानी र सरसफाईको आवस्यकता केही मात्रामा पुरा भएको छ।
  • "दोस्रो परियोजना (RAF-२)" र "सोसेक, दैलेख"को संयूक्त आयोजनामा निर्माणाधिन "राम घाट-कालिकोट" मोटरबाटोमा तिब्र रूपले काम चलि रहेको छ।
  • यहाँका गाउँलेहरूको अपार सक्रियताले सिँहासैनमा रहेको प्रा.वि.लाई ५ वर्षको लामो चुनौती पछि १०+२ स्विकृती गराइएको छ। कालिका प्रा. वि.लाई कालिका उ. मा. वि. सम्म पुगाउन यस विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष धिर बहादुर शाही र तत्कालिन प्रधानाध्यापक दिपेन्द्र ब. शाहीको उल्लेखनिए योगदान रहेको छ। कालिका उच्च माध्यमिक विद्यालय भैसके पछि यहाँका स्थानिय वासिन्दा

हरूको पठन पाठन लागि अत्यन्त राहत पुगेको छ। यसै गरी द्वन्दकालमा रोलगाँउमा बसेको शैनिक ब्यारेकले र सफरस नेपाल नामक संस्थाले पनि गा.वि.स.लाई विकासको प्रेणना दिएको थियो। भौगोलिक हिसाबले बिकट भएकाले पनि यहाँको विकास निर्माण मा विभिन्न सङ्घ सस्था हरूले साथ दिएको पाइन्छ। बिगतको तुलनामा यो गा.बि.स.मा धेरै परिबर्तन भएको पाइन्छ। पहाड र बिकट ठाउँ भएको कारणले प्राय यहाँका मनिसहरूलाई बेरोजगारीको समस्या रहेता पनि रोजगारको लागि स्थानिय निकायहरूको ठुलो योगदान रहेको देखिन्छ । हाल यो गाविस लगायत आसपासका गाविसहरूलाई जोडेर दैलेख जिल्लाको आठबिस नगरपालिका बनाइएको छ ।

श्रोत[सम्पादन गर्ने]

  1. स्थानिय जन जिव्रोमा आधारीत किंवदन्ती
  2. जनगणना २०४८

बाहिरिय लिङ्कहरू[सम्पादन गर्ने]