सिंगौडी गा.वि.स.
सिंगौडी गा.वि.स. | |
---|---|
देश | ![]() |
अञ्चल | भेरी |
जिल्ला | दैलेख |
जनसङ्ख्या | |
• जम्मा | ४,४४२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
सिंगौडी दैलेख जिल्लाको एक गाउँ विकास समिती हो । हाल यो गाविस लगायत आसपासका गाविसहरूलाई जोडेर दैलेख जिल्लाको आठबीस नगरपालिका बनाइएको छ ।
भूगोल[सम्पादन गर्नुहोस्]
यो गा.वि.स. पश्चिम दैलेख ईलाका नं. १० मा पर्दछ।यो गा.वि.स.को सिमाना पूर्वमा तिलेपाटा गा.वि.स. र राकम कर्णाली गा.वि.स. पश्चिममा सात्तला गा.वि.स. उत्तरमा कर्णाली नदी तथा अछाम जिल्ला सँग जोडिएको छ।यो गा.वि.स.भू-भाग पहाडी र नदी तटिय क्षत्रमा बिभाजित गर्न सकिन्छ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
यो गा.वि.स.को जनसङ्ख्या ४७०७ रहेको छ। यहाँ ९०९ वटा घर धुरीहरू रहेका छन्।[१]
संस्कृति[सम्पादन गर्नुहोस्]
यो गा.वि.स.मा बाहुन, क्षत्री, ठकुरी, कामी, दमाई आदी जातीहरूको बसोवास रहेको छ।सबै जातीहरूको आफ्नो-आफ्नो रिति रिवाज भए पनि यहाँको मुख्य धर्म हिन्दू धर्म नै हो। यहाँ हिन्दू धर्म अन्तर्गतका सबै चाड पर्वहरू मनाईन्छन्। पश्चिम नेपालको संकृती भुवापर्व अन्तर्गत पर्ने सिंगौडीको भुवा ,नयाँ वर्ष (वैसाख १ गते)का दिन लाग्ने सिंगौडीको "गल्लौडी", अनन्त चतुर्दशीका दिन लाग्ने निमायलको "राजाजात्रा" मालिका चतुर्दशीका दिन भाटगाउँमा पर्ने "मालीका" र "कालिका" जेष्ट पूर्णिमाका दिन पर्ने ओबीको अधिकारी पूजा आदी यहाँका मुख्य जात्राहरू हुन्।
गाउँहरू[सम्पादन गर्नुहोस्]
यो गा.वि.स.मा रहेका गाउँहरूको नामसुची यस प्रकार रहेको छ।
विकास[सम्पादन गर्नुहोस्]
हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ नेपालको जनगणना 2001