टिस्टुङ
टिस्टुङ | |
---|---|
देश | ![]() |
अञ्चल | नारायणी |
जिल्ला | मकवानपुर |
जनसङ्ख्या (1991) | |
• जम्मा | ५४१८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
टिस्टुङ
प्राकृतिक मनोरम दृश्यमात्र होइन धार्मिक क्षेत्र र साँस्कृतिक वस्तीका रूपमा रहेको मकवानपुरको टिस्टुङ पालुङ र चित्लाङ क्षेत्र पर्यटकिय क्षेत्रको रूपमा परिचित छ । कल कल झरना । वरपर स साना पहादका थुम्काहरूले घेरिएको सानो उपत्यका । हरियाली जङ्गल र नजिकैबाट देखिने सुतिरहेका गणेशका आकृतिका पहादले टिस्टुङ एक पर्यटकिय नगरीको रूपमा आफूलाई चिनाइरहेछ । टिस्टुङ, पालुङ र चित्लाङ मकवानपुरको पर्यटकिय गन्तव्यका लागि लायक क्षेत्रहरु हुन् ।
नेपालमा पहिलो पल्ट चन्द्रशमशेर राणाको पालामा चित्लाङ र तिस्टुङका स्थानियहरूले गाडी बोकेर ल्याएको एतिहासिक गोरेटो राजमार्ग पनि यहिं छ । विरगञ्जबाट ल्याएको मोटर भीमफेदीबाट टिस्टुङ, पालुङ र चित्लाङ गाउँका तन्नेरीहरूका काँध चढेर काठमाडौँ भित्रिन्थे । यस्ता धेरै इतिहास बोकेको यो क्षेत्र धार्मिक, सास्कृतिक र प्राकृतिक रूपमा पनि धनी छ । पछिल्लो समय स्थानिय तहमा जनप्रतिनिधिहरु चुनिएपछी यस क्षेत्रलाई धार्मिक, सास्कृतिक र प्राकृतिक व्यवस्थापन गरी पर्यटकिय नगरको रूपमा घोषणा गर्ने तयारी भइरहेको छ ।
सात सय वर्ष पुरानो लिच्छविकालीन राजा अंशु बर्माले स्थापना गरेको कोट दरबार पनि टिस्टुङमै अवस्थित छ । अहिले दरबारको भग्नावशेष मात्र रहेको छ भने कोटदरबार नजिक तलेजु भवानीको मन्दिर अहिले सञ्चालनमा छ । टिस्टुङमा केही आधुनिक शैलीका घर सडकछेउमा बने पनि अधिकांश घर पुरानै नेवारी शैलीका छन् । टिस्टुङको पश्चिम दक्षिणमा रहेको कुन्छाल गाउँको गोपाली गाउँ नेपालकै नमूनायोग्य गाउँका रूपमा परिचित छ । टिस्टुङ उपत्यकाको सबैभन्दा पुरानो बस्तीका रूपमा स्थापित गोपाली गाउँ रहेको छ । टिस्टुङ उपत्यका कुलेखानी जलविद्युतका लागि जलाधार र काठमाडौँ उपत्यकाका लागि तरकारीको प्रमुख आपूर्ति गर्ने उपत्यका हो । टिस्टुङमा गोपाली, महर्जन, बलामी, श्रेष्ठ, कपालीलगायत जातिको बसोवास छ ।
ढाँचा:मकवानपुर जिल्लाका प्राचीन वस्तीहरु
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]