टेम्केमैयुङ गाउँपालिका
टेम्केमैयुङ
Temke Maiyung | |
---|---|
देश | ![]() |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | भोजपुर जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | सरोज बस्नेत (नेपाली कांग्रेस) |
• उपाध्यक्ष | रमादेवि राई (एमाले) |
• कार्यकारी | सन्दिप न्यौपाने |
क्षेत्रफल | |
• जम्मा | १७३.४१ किमी२ (६६.९५ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | १७९११ |
• घनत्व | १००/किमी२ (२७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२९ |
केन्द्र | साविकको अन्नपूर्णको कार्यालय |
वेबसाइट | tyamkemaiyummun |
टेम्केमैयुङ गाउँपालिका[२] (पूर्व नाम: ट्याम्केमैयुम गाउँपालिका ) नेपालमा ७४४ स्थानीय तह लागू हुँदा भोजपुर जिल्लामा साविकका अन्नपूर्ण, छिनामखु, तिम्मा, खावा, नागी दिल्पा, कोट गोगने र लेखर्क गाउँ विकास समितिहरूलाई समेटेर बनाइएको हो।[३] यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १७,९११ रहेको छ । यसको क्षेत्रफल १७३.४१ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको अन्नपूर्णको कार्यालयमा राखिएको छ ।[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "पदाधिकारी", टेम्केमैयुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७।
- ↑ सेतोपाटी, सुजिता कार्की, "ट्याम्के मैयुङको बजेट २७ करोड ६४ लाख", सेतोपाटी, अन्तिम पहुँच २०२०-०२-२७।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।