डटएनपी
Jump to navigation
Jump to search
चित्र:.np Registry logo.png | |
सुरुवात | २५ जनवरी १९९५ |
---|---|
इन्टरनेट शीर्षस्तर क्षेत्राधिकारको प्रकार | कन्ट्री कोड टप-लेभल डोमेन |
स्थिति | सक्रिय |
दर्ता | मर्कन्टाइल कम्यूनिकेसन्स प्रा.लि. |
प्रायोजक | मर्कन्टाइल कम्यूनिकेसन्स प्रा.लि. |
लक्षित प्रयोग | ![]() |
दर्ता प्रतिबन्ध | स्थानीय उपस्थिति हुनुपर्ने; व्यक्ति, कम्पनी/संस्था वा ब्राण्डको नाममा आधारित हुनुपर्ने |
संरचना | दोस्रो तहका विभिन्न नामहरू अन्तर्गत तेस्रो तहमा दर्ता गरिने |
कागजात | नीति तथा शर्तहरू |
दर्ता गर्ने वेबसाइट | डटएनपी डोमेन दर्ता |
डटएनपी (.np) नेपालको लागि इन्टरनेट देश कोड शीर्ष स्तर डोमेन (ccTLD) हो । यो डोमेन नेपाली नागरिक तथा कुनै संस्थाका नाममा दर्ता गर्न सकिन्छ [१] ।
दोस्रो-स्तर डोमेनहरू[सम्पादन गर्ने]
सबैभन्दा बढी प्रचलनमा रहेका दोस्रो-तहका डोमेनको सूची तल दिइएको छ। यस बाहेक पनि विभिन्न नामका डोमेनहरू उपलब्ध छन्।
डोमेन नामहरू | योग्य आवेदक |
---|---|
.edu.np | शैक्षिक |
.com.np | व्यावसायिक |
.gov.np | सरकारी |
.mil.np | सैन्य |
.org.np | गैर-नाफामुखी संस्था |
.net.np | इन्टरनेट प्रदायक |
.aero.np | एरोस्पेससँग सम्बन्धित क्षेत्रहरू |
.asia.np | एसिया र प्रशान्त |
.biz.np | व्यापार |
.coop.np | सहकारी सेवालाई बढावा दिन वा समर्थनको लागि खोलिएका संस्थाहरू |
.info.np | जानकारी |
.jobs.np | रोजगार सम्बन्धी |
.mobi.np | मोबाइल वेब सम्बन्धी |
.museum.np | सङ्ग्रहालय |
.name.np | व्यक्तिगत पहिचान |
.pro.np | प्रमाणित पेशाकर्मीहरू |
.travel.np | यात्रा उद्योग |
दर्ता[सम्पादन गर्ने]
.np डोमेन दर्ता निःशुल्क हो तर यसको लागि केही शर्तहरू छन्। शर्तानुसार डोमेन दर्ताको लागि दर्ता गर्ने व्यक्त, कम्पनी वा संस्था वा ब्राण्डको नेपालमा उपस्थिति हुनुपर्दछ। साथै डोमेनको नाम दर्ता गर्ने व्यक्तिको नाम, कम्पनी वा सङ्गठनको नाम, वा उत्पादन ब्रान्डको नाममा आधारित हुनुपर्छ। यसको लागि नागरिकताको प्रमाणपत्र वा कम्पनी दर्ताको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "How to get .com.np domain for free for lifetime", Mayaprakash - Official Site of Max Dai, अन्तिम पहुँच सेप्टेम्बर ३, २०१९।