ढाँचा:उच्च प्रदर्शित लेख सङ्गालो/मे २०१७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१७-०५-०२

लेखको शिर्षकः सिद्धिचरण श्रेष्ठ, उच्च प्रदर्शित मिति: २०१७-०५-०२, जम्मा पृष्ठ दृश्य ‍- ११२

हेर्नेवार्तासम्पादन

२०१७-०५-०६

लेखको शिर्षकः आईएसबीएन, उच्च प्रदर्शित मिति: २०१७-०५-०६, जम्मा पृष्ठ दृश्य ‍- ११८

हेर्नेवार्तासम्पादन

२०१७-०५-०७

क्षेत्री या खस नेपालमा बसोबास गर्ने एक मूलनिवासी जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रियको अपभ्रंश हुन र यसले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रूपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका हिन्दू धर्म अङालेका जाती हरुलाइ जनाउँदछ ।[१] नेपाली भाषामा खस समुदायका क्षत्रियहरूलाई " र "छेत्री" वा "क्षत्री" भनिन्छ  (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः क्षेत्री, उच्च प्रदर्शित मिति: २०१७-०५-०७, जम्मा पृष्ठ दृश्य ‍- १३४

हेर्नेवार्तासम्पादन

२०१७-०५-०८

लेखको शिर्षकः आईएसबीएन, उच्च प्रदर्शित मिति: २०१७-०५-०८, जम्मा पृष्ठ दृश्य ‍- ८३

हेर्नेवार्तासम्पादन

२०१७-०५-१०

भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। बालक सिद्धार्थको जन्म भएको ७ दिनपछि सौतेनी आमा गौतमी ले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो ।

सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् ।[२] पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ ।[३] तथापि सिद्धार्थ बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनी= ल्हुङ्गबेनी मा भएको थियो ।[४] उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे। सिद्धार्थ बुद्धको कथा अनुसार उनी पुर्व जन्मका बोधिसत्व भएकोले मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा निकै संबेदनसिल थिए। केही न केही मार्ग त अवस्य हुन सक्छ भन्ने प्रश्नोत्तर अधुरो र धुलमिल रुपमा उनको मनमा आभाष भइसकेको थियोे । कठिन ध्यान र खोजको माध्ययमबाट दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारत र नेपालका बिभिन्न ठाउँ पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे। (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः गौतम बुद्ध, उच्च प्रदर्शित मिति: २०१७-०५-१०, जम्मा पृष्ठ दृश्य ‍- ३०९

हेर्नेवार्तासम्पादन

२०१७-०५-११

लेखको शिर्षकः आईएसबीएन, उच्च प्रदर्शित मिति: २०१७-०५-११, जम्मा पृष्ठ दृश्य ‍- १२५

हेर्नेवार्तासम्पादन

२०१७-०५-१७

मदनकुमार भण्डारी (वि.सं. २००९-२०५०) नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का नेता थिए। जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे । (पूरा  पढ्नुहोस्...)
लेखको शिर्षकः मदन भण्डारी, उच्च प्रदर्शित मिति: २०१७-०५-१७, जम्मा पृष्ठ दृश्य ‍- ३७०

हेर्नेवार्तासम्पादन

२०१७-०५-१८

लेखको शिर्षकः नेपाल, उच्च प्रदर्शित मिति: २०१७-०५-१८, जम्मा पृष्ठ दृश्य ‍- ९१

हेर्नेवार्तासम्पादन

२०१७-०५-२१

लेखको शिर्षकः लक्ष्मीप्रसाद देवकोटा, उच्च प्रदर्शित मिति: २०१७-०५-२१, जम्मा पृष्ठ दृश्य ‍- ७७

हेर्नेवार्तासम्पादन

२०१७-०५-२५

लेखको शिर्षकः आईएसबीएन, उच्च प्रदर्शित मिति: २०१७-०५-२५, जम्मा पृष्ठ दृश्य ‍- १४०

हेर्नेवार्तासम्पादन
  1. http://www.myholidaynepal.com/chhetri.html
  2. L. S. Cousins (1996), "The dating of the historical Buddha: a review article", Journal of the Royal Asiatic Society (3)6(1): 57–63.
  3. The Date of the Historical Śākyamuni Buddha (२००३) सम्पादन: A. K. Narain. B. R. Publishing Corporation, New Delhi. ISBN 81-7646-353-1.
  4. नेपालको इतिहास र संस्कृति