नेपालको बजेट भाषण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको बजेट भाषण सरकारको बार्षिक कार्यक्रमको बजेटगत खुलासा हो। सामान्यतया नयाँ आर्थिक वर्ष सुरू हुनु भन्दा १ डेढ महिना आगाडि अर्थात जेष्ठ १५ मा नेपालको बजेट भाषण हुन्छ। बजेट भाषण अर्थमन्त्रीले प्रस्तुत गर्दछन्।

राणा शासनको अन्त्य पछि विक्रम सम्वत् २००८ सालमा तत्कालिन अर्थमन्त्री सुवर्ण सम्शेर राणाले नेपालको पहिलो बजेट पेश गरेका थिए। उक्त बजेट ५ करोड २५ लाख २९ हजार रूपैयाँको थियो।[१] त्यसपछिका सरकारहरूले हरेक आर्थिक वर्षका लागि बजेट भाषण मार्फत बजेटको घोषणा गर्दै आएका छन्। [२]

संसदीय व्यवस्थामा संसदका अगाडि पेश गरिने बार्षिक बजेट पञ्चायती शासन कालमा राष्ट्रिय पञ्चायतमा प्रस्तुत गरिन्थ्यो। संसदीय व्यवस्थाको पुनर्स्थापना पश्चात् पनि संसदमा नै बजेट पेश गर्ने र संसदबाट त्यसको अनुमोद गर्ने व्यवस्था रह्यो। संसद नभएका बेला अल्पकालिन, पुरक वा पूर्णकालिन बजेट प्रस्तुत गर्ने र राष्ट्र प्रमुखबाट अध्यादेश मार्फत स्वीकृत गर्ने अभ्यास प्रचलित थियो।

नेपालको संविधान २०७२ अनुसार सङ्घीय सरकारका अर्थमन्त्रीले जेठ १५ गते भन्दा अगाडि नै सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने प्रावधान छ।

आर्थिक वर्ष २०७०-७१ का लागि अर्थमन्त्री शंकरप्रसाद कोइरालाले रू ५ खर्ब १७ अर्ब २४ करोडको बजेट प्रस्तुत गरेका छन्।[३]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]