सामग्रीमा जानुहोस्

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
सभापतिमाधवकुमार नेपाल
महासचिवघनश्याम भूषाल
स्थापना२ भदौ २०७८
दर्ता२०७८ भदौ ९
टुक्रिएकोनेकपा (एमाले)
प्रमुख कार्यालयमीन भवन, आलोकनगर, काठमाडौँ
विद्यार्थी सङ्गठनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (एकीकृत)[]
युवा सङ्गठनयुवा सङ्घ, नेपाल []
श्रमिक सङ्गठनएकीकृत ट्रेड युनियन महासङ्घ
सक्रिय सदस्य (२०७८)२,५०,०००[]
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
जनताको बहुदलीय जनवाद
[]
राजनीतिक स्थानवाम
प्रतिनिधि सभा
२५ / २७५
राष्ट्रिय सभा
९ / ५९
प्रदेश सभा
५४ / ५५०
सरकारको नेतृत्व गर्ने प्रदेशको सङ्ख्या
२ / ७
निर्वाचन चिह्न
राजनीतिक दलको झन्डा
वेबसाइट
www.cpnus.org.np

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) वा छोट्करीमा नेकपा एस नेपालको चौथो ठूलो राजनीतिक दल हो।[] नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले)बाट विभाजन भएपछि यो दल २०७८ भदौ २ गते निर्वाचन आयोग आधिकारिक रूपमा दर्ता भएको थियो।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यस दलको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सम्मानित नेताका रूपमा कार्यरत छन्।[]

भदौ २०७८ मा, पार्टीले नेपाली कांग्रेस नेतृत्वको देउवा सरकारको पक्षमा मतदान गरेको थियो र यो सत्तारूढ गठबन्धनको महत्वपूर्ण सहयोगी हो।[] निर्वाचन आयोगमा केन्द्रीय समिति र सङ्घीय संसदीय दल दुवैमा बीस प्रतिशतभन्दा बढीको हस्ताक्षर सहित आफ्नो आवेदनको पुष्टि गर्दा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसँगै २ भदौ २०७८ मा यसले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो।[]

पार्टीको विचारधारामा मार्क्सवाद-लेनिनवाद र बहुदलीय प्रणालीको समर्थन रहेको छ। पार्टीले समाजवाद उन्मुख जनताको लोकतन्त्रको पनि पक्ष लिएको छ।[]

पार्टीमा एक जना अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, चार उपमहासचिव र ६ जना सचिवहरू छन्। जम्मा १८ वटा पार्टी विभागहरू छन्। झलनाथ खनाल सम्मानित नेता हुन् । यस्तै प्रदीप नेपाललाई चौथो स्थानमा राखिएको छ।[]

  • राजेन्द्रप्रसाद पाण्डे
  • डा.बेदुराम भुसाल
  • प्रमेशकुमार हमाल
  • धनेन्द्र बस्नेत
  • केशवलाल श्रेष्ठ
  • धर्मनाथप्रसाद साह
  • जयन्ती राई
  • प्रकाश ज्वाला
  • डा .गंगालाल तुलाधर
  • विजय पौडेल
  • जगन्नाथ खतिवडा

प्रदेश कमिटी

[सम्पादन गर्नुहोस्]
प्रदेश[१०][११] इन्चार्ज सहायक इन्चार्ज अध्यक्ष उपाध्यक्ष सचिव उपसचिव
कोशी प्रदेश राजेन्द्रकुमार राई सरिता थापा भवानी खापुगं

ज्ञान बहादुर बस्नेत

जलशेर राई मिरा दाहाल हिरा
मधेस धर्मनाथप्रसाद साह
  • रत्नेश्वर गोइत
  • रामप्रित पासवान
रामचन्द्र यादव
  • लक्ष्मण पौडेल
  • रामचन्द्र साह तेली
सुधीर साह नारायण आचार्य
बागमती डा.गंगालाल तुलाधर
  • जीवनराम श्रेष्ठ
  • साद्यबहादुर भण्डारी
  • कृष्णप्रसाद खनाल
सावित्रा भूषाल
  • विदुर सापकोटा
  • टोकबहादुर वाइबा
लक्ष्मण लम्साल
गण्डकी केशवलाल श्रेष्ठ
  • तुलबहादुर गुरुङ
  • शारदा सुवेदी
रामजी शर्मा
  • श्रीनाथ बराल
  • प्रेमनारायण पौडेल
प्रतापलाल श्रेष्ठ रेखा थापा बस्याल
लुम्बिनी हरि पराजुली
  • निर्मल सुबेदी
सोमप्रसाद पाण्डे
  • पीताम्बर भूषाल
राजु गुरुङ
  • बृहस्पति अधिकारी
  • शारदा स्वर्णकार
  • हरिप्रसाद घर्ती
कर्णाली प्रकाश ज्वाला
  • चन्द्रबहादुर शाही
  • शेरबहादुर केसी
  • हंसबहादुर शाही
अमरबहादुर थापा
  • देवीलाल थापा
  • नन्दशर्मा चपाई
ठगेन्द्रप्रसाद पुरी
  • कृष्ण बि.सी
  • गोपालबहादुर बम
सुदूरपश्चिम गरिमा साह
  • देवेन्द्रसिंह महता
  • प्रेम आले
  • निरादेवी जैरू
  • रामकुमार ज्ञवाली
  • परमानन्द भट्ट
हर्कबहादुर सिंह
  • शेरबहादुर कुँवर
दिनेशचन्द्र सुवेदी
  • दीर्घबहादुर सोडारी
  • माया भट्ट
काठमाडौँ उपत्यका विशेष विश्वनाथ प्याकुरेल प्रमोद शर्मा केदार सञ्जेल बिष्णु लम्साल

निवर्तमान मुख्यमन्त्रीहरू

[सम्पादन गर्नुहोस्]
प्रदेश मुख्यमन्त्री तस्वीर मन्त्रिपरिषद् निर्वाचन क्षेत्र
कोशी प्रदेश राजेन्द्रकुमार राई राजेन्द्रकुमार मन्त्रिपरिषद् भोजपुर १(ख)
बागमती प्रदेश राजेन्द्रप्रसाद पाण्डे[१२] राजेन्द्रप्रसाद मन्त्रिपरिषद् धादिङ १(क)

संसदमा उपस्थिति

[सम्पादन गर्नुहोस्]

सङ्घीय संसद

[सम्पादन गर्नुहोस्]
संसद संसदीय दलको नेता प्रतिनिधि सभा राष्ट्रिय सभा
नेपालको पहिलो सङ्घीय संसद माधवकुमार नेपाल[१३]
१८ / २७५
८ / ५९

प्रदेश सभाहरू

[सम्पादन गर्नुहोस्]
प्रदेश सदस्यहरूको सङ्ख्या प्रतिशत स्थान संसदीय दलको नेता
कोशी प्रदेश
१० / ९३
१०.७५ चौथा राजेन्द्रकुमार राई[१४]
मधेस
१३ / १०७
१२.१४ चौथा शत्रुधन महतो[१५]
बागमती
१३ / ११०
११.८१ चौथा राजेन्द्रप्रसाद पाण्डे[१६]
गण्डकी
० / ६०
लुम्बिनी
१ / ८७
१.१४ पाँचौँ [रमा घर्ती[१७]
कर्णाली
३ / ४०
[१८]
७.५ चौथा चन्द्रबहादुर शाही[१९]
सुदूरपश्चिम
१४ / ५३
२६.४१ प्रथम दीर्घबहादुर सोडारी[२०][२१]

भातृ सङ्गठनहरू

[सम्पादन गर्नुहोस्]

निम्न उल्लेखित सङ्गठनहरू यस दलसँग आवद्ध छन्:[२२]

  • एकीकृत ट्रेड युनियन महासङ्घ, नेपाल
  • युवा सङ्घ नेपाल
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन
  • अखिल नेपाल महिला सङ्घ (समाजवादी)
  • अखिल नेपाल किसान महासङ्घ
  • समाजवादी अपाङ्गता सङ्गठन नेपाल
  • नेपाल राष्ट्रिय शिक्षक सङ्घ

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "एकीकृत अनेरास्ववियूको केन्द्रीय कमिटी ३३५ सदस्यीय" (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२
  2. "नेकपा (एस) : एक चौथाइ शक्ति लिएर विभाजन, एमालेभन्दा जम्बो संरचना"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२
  3. "यस्तो छ माधव नेपालको पार्टीको घोषणा पत्र (पूर्णपाठसहित)" अभिलेखिकरण २०२२-११-२१ वेब्याक मेसिन
  4. "एमाले विभाजित : नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी), चुनाव चिह्न खुला किताब", कान्तिपुर दैनिक (नेपालीमा), मूलबाट २०२१-०८-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१८
  5. "मेरो साथ एकीकृत समाजवादीलाई : झलनाथ खनाल", नयाँ पत्रिका (नेपालीमा), मूलबाट २०२१-०८-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-२० अभिलेखिकरण २०२१-०८-२० वेब्याक मेसिन
  6. "माधव नेपालको पार्टी देउवा सरकारमा सहभागी हुने", लोकान्तर (Nepaliमा), मूलबाट २०२१-०८-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-१८
  7. "एकता प्रयासमा लागेका नेता ओलीबाट निराश, नेपाल पक्षमा खुल्ने तयारीमा", नेपाल खबर (नेपालीमा), मूलबाट २०२१-०८-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-२३
  8. Setopati, सेतोपाटी संवाददाता, "यस्तो छ माधव नेपालको पार्टीको घोषणा पत्र (पूर्णपाठसहित)", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२७[स्थायी मृत कडी]
  9. "नेकपा एसको केन्द्रीय विभाग र प्रदेश कमिटीले पायो पूर्णता"फरक धार (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२
  10. "नेकपा एसका केन्द्रीय विभाग र प्रदेश कमिटीले पाए पूर्णता (सूचीसहित)", नेपाल प्रेस (en-USमा), अन्तिम पहुँच २०२२-०४-०५
  11. "यी हुन् एकीकृत समाजवादीका ३३५ केन्द्रीय सदस्य", हिमाल खबर, अन्तिम पहुँच २०२२-०१-१७[स्थायी मृत कडी]
  12. "राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री नियुक्त" (नेपाली) भाषा)। नेपाल लाइभ। सङ्ग्रह मिति २० अप्रिल २०२२
  13. प्रथम निर्णय
  14. "सांसद रोक्न नसकेको भन्दै मुख्यमन्त्री आचार्यको आलोचना", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-३१
  15. "प्रदेश २ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा शत्रुधन महतो चयन", रातोपाटी (नेपालीमा), २०२१-०१-०५, अन्तिम पहुँच २०२१-०८-२५
  16. "बागमतीका १२ एमाले सांसदले रोजे एकीकृत समाजवादी", नयाँपत्रिका दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-३१ अभिलेखिकरण २०२१-०८-३१ वेब्याक मेसिन
  17. "लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले रोजिन् एकीकृत समाजवादी", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-३१
  18. ४ प्रतिबन्धित
  19. "कर्णाली प्रदेश सभाका तीन सांसदले गरे एकीकृत समाजवादीको पक्षमा हस्ताक्षर", सेतोपाटी, अन्तिम पहुँच २०२१-०९-०१ अभिलेखिकरण २०२१-०९-०१ वेब्याक मेसिन
  20. "एकीकृत समाजवादी रोज्ने सुदूरपश्चिमका सांसदहरू सनाखत गर्ने तयारीमा", नयाँ पत्रिका दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-३१ अभिलेखिकरण २०२१-०८-३१ वेब्याक मेसिन
  21. "सुदूरपश्चिमका १३ सांसद एकीकृत समाजवादीमा, सनाखत जारी", थाह खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-३१
  22. "नेकपा (एस) मा १७ पदाधिकारीसहित १५१ केन्द्रीय सदस्य, जबजको साटो वैज्ञानिक जनवाद" (नेपाली) भाषा)। नेपाल प्रेस। सङ्ग्रह मिति २० अप्रिल २०२२