पाक्किम विमानस्थल
पाक्योङ विमानस्थल पाक्किम विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
मालिक | भारत सरकार | ||||||||||
सञ्चालक | भारतीय विमानस्थल प्राधिकरण | ||||||||||
सेवा गर्ने स्थान | सिक्किम | ||||||||||
अवस्थित स्थान | पाक्योङ, सिक्किम, भारत | ||||||||||
खुला | २४ सेप्टेम्बर २०१८ | ||||||||||
समय क्षेत्र | भारतीय मानक समय (+५:३०) | ||||||||||
उचाइ समुद्री सतह | १,३९९ m / ४,५९० फिट | ||||||||||
निर्देशाङ्क | २७°१३′५७″उ॰ ८८°३५′१८″पू॰ / २७.२३२५०°N ८८.५८८३३°Eनिर्देशाङ्कहरू: २७°१३′५७″उ॰ ८८°३५′१८″पू॰ / २७.२३२५०°N ८८.५८८३३°E | ||||||||||
नक्सा | |||||||||||
सिक्किममा स्थान | |||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
तथ्याङ्कहरू (सन् २०१८ अप्रिल - सन् २०१९ मे) | |||||||||||
| |||||||||||
पाक्किम विमानस्थल भारतको सिक्किम राज्यको राजधानी गान्तोक नजिकै पाक्योङ सहरमा रहेको हरित विमानस्थल हो।[२] २०१ एकड (८१ हेक्टर) मा फैलिएको यो विमानस्थल गान्तोकको लगभग ३१ किलोमिटर दक्षिणमा रहेको पाक्योङ सहरमा अवस्थित छ।[३] समुद्र सतहदेखि ४६४६ फिटमा अवस्थित पाक्योङ विमानस्थल भारतको पाँचौं उच्चतम विमानस्थलहरू मध्ये एक हो। [४] यो भारतको पूर्वोत्तर क्षेत्रमा निर्माण गरिएको पहिलो हरित विमानस्थल,[५]भारतको १००औँ सञ्चानमा रहेको विमानस्थल, र सिक्किम राज्यको एकमात्र विमानस्थल हो।[६] [७]
सन् २०१८ सेप्टेम्बर २४ मा भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले यस विमानस्थलको उद्घाटन गरेका थिए।[८] यो विमानस्थलबाट पहिलो व्यवसायिक उडान क्रिया सन् २०१८ अक्टोबर ४ मा शुरू भएको थियो। [९] यस विमानस्थलको उद्घाटन पछि, विश्वभरिका प्रमुख सञ्चार माध्यमले यस विमानस्थलको इन्जिनियरिङको प्रशंसा गरेका थिए भने यसलाई विश्वको सबैभन्दा सुन्दर विमानस्थलको रूपमा वर्णन समेत गरेका थिए।[१०] यद्यपि व्यवसायिक उडानहरू प्रतिकूल मौसमको कारण कम दृश्यताले बाधा पुर्याएको थियो। हुन त यो विमानस्थललाई पूर्व योजना अनुरूप दृश्य उडान नियम अनुसार नै डिजाइन गरिएको थियो। यी दृश्यता मामिलाहरूको साथसाथै स्थानीय गाउँलेहरूको आन्दोलन, हवाईपट्टी क्षेत्र मामिलाहरू र स्थानीय प्रशासनको निष्क्रियताका कारण विमानस्थलको एक मात्र व्यवसायिक यात्री एयरलाइन्स स्पाइसजेटले अस्थायी रूपमा सन् २०१९ जुन १ बाट लागु हुने गरि विमानस्थलको लागि उडान कार्य स्थगित गरेको थियो। १९ महिनाको निलम्बन पछि, स्पाइसजेटद्वारा उडान सञ्चालन आवश्यक नेभिगेशन प्रदर्शन दृष्टिकोणको स्थापना पछि सन् २०२१ जनवरी २३ मा पुनः सुरु भएको थियो। [११] [१२]
इतिहास
[सम्पादन गर्नुहोस्]पाक्योङ विमानस्थल निर्माण हुनुभन्दा अघि सिक्किम भारतको एक्लो राज्य थियो जसको कुनै कार्यान्वयन विमानस्थल थिएन।[१३] पहिले, सिक्किम पुग्ने सबैभन्दा नजिकको विमानस्थल बागडोगरा थियो जुन सिक्किमभन्दा १२४ किमी (७७ माइल) टाढा थियो। [१४]
पाक्योङ विमानस्थल विकास गर्ने योजनालाई सन् २००८ अक्टोबरमा आर्थिक मामिलासम्बन्धी मन्त्रीमण्डल समितिले अनुमोदन गरेको थियो। सन् २००९ जनवरीमा हरित विमानस्थलको रनवे, ट्याक्सीवे, एप्रन ड्रेनेज सिस्टम, र इलेक्ट्रिकल सम्बन्धी कामको निर्माण गर्न पुन्ज लोयड समूहले ₹२,६४० मिलियन (सन् २०१९मा ₹ Formatting error: invalid input when rounding अथवा युएस$ Formatting error: invalid input when rounding बराबर)को ठेक्का प्राप्त गरेको थियो। हरित विमानस्थलको आधारशिला सन् २००९ फेब्रुअरीमा तत्कालीन नागरिक उड्डयन मन्त्री प्रफुल्ल पटेलले राखेका थिए। [१५]
यो परियोजना सुरुमा २०१२ सम्ममा सम्पन्न हुने अनुमान गरिएको थियो, तर स्थानीय गाउँलेहरूको उचित पुनःस्थापना र क्षतिपूर्तिको माग गर्दै गरिएको विरोध प्रदर्शनले गर्दा सन् २०१४ जनवरीसम्म काम स्थगित भएको थियो। [१६] एएआइले हस्तक्षेप गरेर आन्दोलनकारी गाउँलेहरूसँग छलफल गरेको थियो र सन् २०१४ अक्टोबरमा आन्दोलन गरिरहेका गाउँलेहरूलाई आंशिक क्षतिपूर्ति भुक्तान गरेपछि काम सुचारु भएको थियो। यद्यपि, सन् २०१५ जनवरीमा, गाउँलेहरू फेरी आन्दोलनमा लागेपछि काम बन्द भएको थियो। [१७] सन् २०१५ जुलाईमा, एएआई र राज्य सरकारले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए जसको परिणामस्वरूप प्रभावित घरपरिवारलाई १५ अगस्टसम्म सरुवा गर्ने आश्वासन दिइयो जसले गर्दा एएआईले सन् २०१५ अक्टोबरबाट काम पुनः सुरु गर्न सक्थ्यो। यी विरोध-सम्बन्धित ढिलाइ, पहिरो र दुई पटक काम निलम्बनले गर्दा पहिले अनुमान गरिएको कुल बजेट ₹३,०९० मिलियन (सन् २०१९मा ₹ Formatting error: invalid input when rounding अथवा युएस$ Formatting error: invalid input when rounding बराबर)बाट ₹६,०५० मिलियन (सन् २०१९मा ₹ Formatting error: invalid input when rounding अथवा युएस$ Formatting error: invalid input when rounding बराबर)पुगेको थियो।[१८] पहिरोको अवस्थालाई सुधार गर्न अधिकतम पर्यावरणीय ढलान-स्थिरीकरण प्रविधिको प्रयोग गरिएको थियो। [१९]
सन् २०१८ मार्च ५ मा, भारतीय वायु सेनाको ड्रोनियर २२८ पूर्ण हवाई पट्टीमा अवतरण गरेको थियो, यो नै पाक्योङमा अवतरण गर्ने पहिलो विमान भएको थियो।[२०] स्पाइसजेटलाई सन् २०१८ जनवरीमा सरकारको उडान क्षेत्रीय सञ्जाल योजनाको बोलपत्रको दोस्रो चरण अन्तर्गत पाक्योङबाट कोलकाता र गुवाहाटी क्षेत्रलाई हवाई सेवा प्रदान गर्न सम्मानित गरेको थियो [२१] र यसले नागरिक उड्डयन महानिर्देशनालयबाट स्वीकृति लिएपछि यसको Q४०० विमानको परीक्षण अवतरण सन् २०१८ मार्च १० मा भएको थियो। [२२] यो विमानस्थलले सन् २०१८ मे ५ मा नागरिक उड्डयन महानिर्देशालयबाट यसको व्यावसायिक सञ्चालन इजाजत पत्र प्राप्त गरेको थियो। [२३]
सन् २०१९ डिसेम्बर ५ मा, विमानस्थलको निर्माणबाट प्रभावित ३५ परिवारहरूले संयुक्त सम्झौतामा हस्ताक्षर गरे र उनीहरूको जग्गा क्षतिको क्षतिपूर्तिमा पहिलो किस्ता स्वीकार गरे जसले वर्षौंको विरोधलाई बन्द गरेको थियो। [२४]
संरचना
[सम्पादन गर्नुहोस्]विमानस्थललाई एएआईद्वारा ६०५ करोडमा निर्माण गरिएको थियो[२५] जसमा १,७०० मी × ३० मी (५,५७७ फिट × ९८ फिट) सुविधा सहित रनवे र ११६ मी (३८१ फिट) लामो ट्याक्सीवे १०६ × ७६ मिटर (३४८ फिट × २४९ फिट) ) मापनको एप्रनमा जडान गर्दछ जुन एक पटकमा दुई एटिआर विमान समायोजन गर्न सक्दछ।
२,३८० मी2 (२५,६०० वर्ग फिट) को टर्मिनल भवन जसमा १०० यात्रु क्षमता रहेको छ, सवारी साधनहरूको लागि कार विसौनी, आगो नियन्त्रणको लागि वारुणयन्त्र र वायु ट्राफिक नियन्त्रण टावर मिस पाब्सकनले निर्माण गरेको थियो। नेभिगेसन सुविधाहरूमा डिभिओआर, उच्च तीव्रता रनवे लाइट्स, एयरोड्रोम बिकन र एउटा पिएपिआई समावेश गर्दछ।
पाक्योङ विमानस्थल परियोजना विश्वको सबैभन्दा अग्लो प्रबलित माटो संरचना हो। [२६] विमानस्थलको लागि जग्गा पहाडको किनारमा विशाल भू-प्राविधिक 'कट एन्ड फिल' इन्जिनियरिङ कार्यहरूको प्रयोग गरि बनाइएको थियो। यी अत्याधुनिक भौगोलिक माटो सुदृढीकरण र ढलान स्थिरता प्रविधिहरू परम्परागत संरक्षण संरचनाको रूपमा प्रयोग गरिएको थियो र तटबन्धहरू अप्रयुक्तको रूपमा अस्वीकार गरियो। इटालियाली भू-कम्पनी म्याकाफेरीले एक १५० मी (४९० फिट) चौडा र २ किमी (१.२ माइल) लामो कोरिडोर जसमा रनवे र विमानस्थल भवन परियोजना कार्यान्वयन गर्न परामर्श सेवा दिएको थियो। साझेदार मोट म्याकडोनाल्ड र पुन्ज लोयडसँग मिलेर परियोजना सम्पन्न गर्ने कम्पनीले ७४ मी (२४३ फिट) उच्च प्रबलित माटोको पर्खाल र ढलानहरू निर्माणको काम सफलतापूर्वक गरेकोमा सन् २०१२ को ग्राउन्ड इन्जिनियरिङ पुरस्कारको 'वर्षको अन्तर्राष्ट्रिय परियोजना' विधाको पुरस्कार प्राप्त गरेको थियो।
व्यवसायिक उडान सञ्चालनहरू
[सम्पादन गर्नुहोस्]'विश्वको छतमा इन्जिनियरिङको एउटा अचम्मलाग्दो नमूना' तथा विमानस्थल अवतरण गर्ने यात्रुहरूलाई 'ग्रहको सबैभन्दा नाटकीय विमानस्थलको रूपमा' विश्वव्यापी सञ्चार माध्यमले यस विमानस्थलको व्याख्या तथा प्रशंसा गरेता पनि[२७] विमानस्थलको व्यवसायिक उडान सञ्चालनदेखि नै खराब मौसम स्थितिले उडान दृश्यतालाई असर गरेको थियो। सन् २०१८ मा, स्पाइसजेटको ३१ दैनिक उडानहरू मध्ये २१ उडानहरू (तालिकाको लगभग ७०%) लाई बागडोगरातर्फ मोड्न बाध्य हुनुपरेको थियो किनभने पाक्योङ विमानस्थलमा 'कम दृश्यता परिस्थितिहरूको लागि आवश्यक नेभिगेसन उपकरणको अभाव' रहेको थियो। भिजुअल उडान नियम विमानस्थलमा हुनुपर्ने कुरा भारत सरकारको नागरिक उड्डयन, सिक्किमको पर्यटन विभाग सरकार र एएआईबीच समझौता २००० र समझौता २०१५ अनुसार मौलिकरुपमा योजना गरिएको थियो। हाल पाक्योङ विमानस्थललाई कम्तिमा ५,००० मिटर भिजुअल उडान नियम अन्तर्गत गैर अनुसूची एयरलाइन्सको लागि आवश्यक छ। स्पाइसजेट आवश्यक नेभिगेसन प्रदर्शन प्रक्रियाद्वारा अनुसूची उडान कार्यहरूको लागि डिजिसिएद्वारा २,४०० मिटर दृश्यता आवश्यकताको साथ अनुमोदन गरिएको थियो।
सन् २०१९ जुन १ मा, व्यवसायिक यात्रुहरूलाई सेवा प्रदान गर्ने यस विमानस्थलको एकमात्र एयरलाइन्स स्पाइसजेटले 'पाक्योङको अप्रत्याशित मौसमको परिणामस्वरूप धेरै कम दृश्यता हुने भएकोले' एक पटकको दैनिक कोलकाता-पाक्योङ--कोलकाता उडान अस्थायी रूपमा स्थगित गरिसकेको थियो भने यसले पछि आएर पाक्योङ र गुवाहाटी दैनिक सेवा समेत निलम्बन गरेको थियो।[२८] विमान सेवा अधिकारीहरूले सेवा निलम्बनको घोषणा गर्दा उडान सञ्चालनमा आउँदै गरेको मनसुन मौसमको बढ्दो प्रभावलाई पनि उल्लेख गरेको थियो। स्पाइसजेटले पहिले भनेको थियो कि उनीहरूले हिउँदको तालिकादेखि सन् २०१९ अक्टोबर २७ देखि उडान परिचालन पुनः सुरु गर्नेछन्, यद्यपि, उडान कार्यहरू बाँकी बर्ष र सन् २०२० सम्म स्थगित रहेको थियो।[२९] [३०]
अस्थिर मौसम बाहेक, पर्याप्त आधारभूत पट्टी क्षेत्र (पश्चिमी क्षेत्र) मामिलाहरूले पनि व्यवसायिक उडान सञ्चालनमा बाधा पुर्याएको थियो। आधारभूत पट्टी, जुन कम्तिमा ७५ मिटर चौडाइ हुनुपर्ने हुन्छ, त्यो पश्चिमी भागमा ४० मिटर र पूर्वी भागमा ८० मिटर चौडा र २ किलोमिटर लामो रहेको छ। ठेकेदारहरू आधारभूत पट्टी विस्तारको निर्माण काम र प्राविधिक प्रणालीको साथ एक ठोस आरसिसी पुनःर्निर्माण भित्ता खडा गर्न असक्षम थिए किनकि सिक्किमको राज्य सरकारले त्यस समयमा प्रभावित जग्गा मालिकमध्ये कसैलाई क्षतिपूर्ति दिएको थिएन। [३१] सन् २०१९डिसेम्बर ५ मा, विमानस्थलको निर्माणबाट प्रभावित ३५ परिवारलाई राज्य सरकारले २०.६ करोडको क्षतिपूर्ति प्रदान गरेको थियो र विमानस्थलको पूर्ण सम्पन्नता र सञ्चालन सुनिश्चित गर्न सहयोग हुने एक प्रतिवेदनमा जनाइएको थियो। [३२] सन् २०२० नोभेम्बर १८ मा, स्पाइसजेटद्वारा विमानस्थलमा एउटा परीक्षण अवतरण आयोजित गरिएको थियो जसमा आवश्यक नेभिगेशन प्रदर्शन (आरएनपी) प्रक्रिया समावेश थियो र व्यवसायिक उडान सञ्चालन १९ महिनाको निलम्बन पछि सन् २०२१ जनवरी २३ मा पुनः सुरु भएको थियो। [३३] [३४] यस विमानस्थलको सेवा पुनः सुरु भएपछि, पहिलो दिल्ली दिल्ली-पाक्योङ प्रत्यक्ष उडान सन् २०२१ जनवरी २३ बाट सुरु भएको थियो [३५] जबकि कोलकाताका लागि उडानहरू सन् २०२१ फेब्रुअरी १ बाट पुनः सुरु भएको थियो। [३६]
विमान र गन्तव्य
[सम्पादन गर्नुहोस्]विमानसेवा | गन्तव्य(हरू) |
---|---|
स्पाइसजेट | दिल्ली, कोलकाता, गुवाहाटी (सन् २०२१ मे २०) [३७] |
यात्रु सुविधा
[सम्पादन गर्नुहोस्]पाक्योङ विमानस्थलमा चमेना गृह र यसको परिसरभित्र यात्रुहरूका लागि प्रिपेड ट्याक्सी काउन्टर छ। प्रिपेड ट्याक्सीहरू नजिकैका सहरहरू जस्तै गान्तोक, नाम्ची, मंगन, पेल्लिङ आदि वा सिक्किमको कुनै अन्य पर्यटन स्थलहरू जानको लागि भाडामा उचित दरमा लिन सकिन्छ।
सैन्य उडान कार्यहरू
[सम्पादन गर्नुहोस्]पाक्योङ विमानस्थल भारत-चीन सीमाबाट ६० किलोमिटरको दुरीमा रहेको छ, यो रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। सन् २०१८ मार्चमा, भारतीय वायुसेनाको ड्रोनियर २२८ विमान यस विमानस्थलमा अवतरण गर्ने पहिलो विमान हो। सन् २०१९ जनवरीमा, एक आइएएफ आन्टानोभ-३२ यातायात विमान 'सेनाको यातायात र यस क्षेत्रमा सामाग्रीलाई बढावा दिनको प्रयासमा आइपुगेको' थियो। [३८] सन् २०१५ मा सिक्किम सरकार, नागरिक उड्डयन मन्त्रालय, भारत सरकार र विमानस्थल प्राधिकरणबीच हस्ताक्षर अनुसार वर्तमानमा सिक्किमको राज्य सरकारले यस विमानस्थलको सुरक्षा प्रदान गरिरहेको छ।
दशकौंदेखि सीमा विवादले यो हिमालय क्षेत्रलाई समातेर राखेको छ। चीन, भारत र भुटान बीचको त्रिपक्षीय क्षेत्र डोकलाम पासमा भएको सन् २०१७ को चीन–भारत सीमा विवाद पाक्योङ विमानस्थलको लगभग ५४ किलोमिटर पश्चिममा अवस्थित छ।[३९] सन् २०२० जुनमा, लद्दाख क्षेत्रको गालवान उपत्यकामा झडपमा २० भारतीय सेना मारिएको थियो। सन् २०२१ जनवरीमा चिनियाँ र भारतीय सेनाहरूबीच सिक्किमको उत्तरी सिक्किमको लाकु ना नजिक फेरी झडप भएको थियो। [४०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "International Passengers", aai.aero, अन्तिम पहुँच १० डिसेम्बर २०१९।
- ↑ "Sikkim to have 100th functional airport in India"।
- ↑ "Wait for Sikkim air link"।
- ↑ "Sikkim's Greenfield Airport", Punjlloyd, अन्तिम पहुँच ४ अगस्ट २०१२।
- ↑ "Sikkim's Pakyong airport stuns before it flies"।
- ↑ "Sikkim to get its first airport at Pakyong", The Indian Express, १७ नोभेम्बर २००७, अन्तिम पहुँच ४ अगस्ट २०१२।
- ↑ "Pakyong airport in Sikkim to become the 100th functional airport in India: Jayant Sinha", The Financial Express, Press Trust of India, ३ मे २०१८, अन्तिम पहुँच ५ मे २०१८।
- ↑ "PM Narendra Modi inaugurates Sikkim's Pakyong airport", The Economic Times, २४ सेप्टेम्बर २०१८, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८।
- ↑ "Sikkim's Pakyong Airport welcomes first commercial flight in state with water cannon salute", First Post, अन्तिम पहुँच ४ अक्टोबर २०१८।
- ↑ Hiufu Wong, Maggie (२५ सेप्टेम्बर २०१८), "India's new Pakyong Airport opens in incredible Himalayan surroundings", CNN, अन्तिम पहुँच ३ जुन २०१९।
- ↑ "Trial touchdown successful at Sikkim airport", The Times of India, अन्तिम पहुँच २१ नोभेम्बर २०२०।
- ↑ "Airline operations at Sikkim's Pakyong airport resume after 19 months", All India Radio, अन्तिम पहुँच २३ जनवरी २०२१। वेब्याक मेसिन अभिलेखिकरण २३ जनवरी २०२१ मिति
- ↑ Dey, Panchali, "Pakyong Airport to finally become operational this month", The Times of India, अन्तिम पहुँच ६ जुन २०१८।
- ↑ Sen, Sutapa (१९ अगस्ट २०१८), "Good news: Sikkim's first airport ready to start operations, 5 facts you need to know", DNA (iligent Media Corporation Ltd.), अन्तिम पहुँच २१ अगस्ट २०१८।
- ↑ "Pakyong, first-ever airport in Sikkim, makes steady progress", ProjectsMonitor, ६ डिसेम्बर २०१०, मूलबाट १९ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अगस्ट २०१२।
- ↑ Dey, Supratim (२०१५-०१-३०), "Work on N-E's first greenfield airport comes to a halt", Business Standard India, अन्तिम पहुँच २०१९-०७-१६।
- ↑ "North East's first greenfield airport comes to a halt", Business Standard, ३० जनवरी २०१५, अन्तिम पहुँच ७ मे २०१५।
- ↑ "AAI, Sikkim govt sign MoU for Pakyong Airport", Business Standard, ३ जुलाई २०१५, अन्तिम पहुँच ६ जुलाई २०१५।
- ↑ "The Pakyong Airport landslide issue in India", २९ जनवरी २०१५।
- ↑ IAF's Dornier aircraft lands at Pakyong airport Economic Times 5 March 2018
- ↑ "SpiceJet awarded 17 proposals and 20 new sectors under the second round of bidding for UDAN", SpiceJet Press Release, २४ जनवरी २०१८, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८।
- ↑ Spicejet Bombardier Q400 78 seater aircraft makes historic landing at Pakyong Airport Voice of Sikkim 10 March 2018
- ↑ "Sikkim's Pakyong Airport gets license", Millennium Post, ५ मे २०१८, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१८।
- ↑ "35 Airport affected families compensated, thanks CM for speedy solution", The Voice of Sikkim, IPR, ५ डिसेम्बर २०१९, अन्तिम पहुँच १४ डिसेम्बर २०१९।
- ↑ "AAI, Sikkim govt sign MoU for Pakyong Airport", Business Standard, ३ जुलाई २०१५, अन्तिम पहुँच ६ जुलाई २०१५।
- ↑ "Sikkim airport project wins UK award", The Economic Times, १५ मे २०१२, अन्तिम पहुँच ४ अगस्ट २०१२। वेब्याक मेसिन अभिलेखिकरण २७ मार्च २०१४ मिति
- ↑ Hiufu Wong, Maggie (२५ सेप्टेम्बर २०१८), "India's new Pakyong Airport opens in incredible Himalayan surroundings", CNN, अन्तिम पहुँच ३ जुन २०१९।
- ↑ "No flights to Sikkim from June 1", The Times of India, अन्तिम पहुँच २२ अगस्ट २०१९।
- ↑ https://www.spicejet.com/Schedules.aspx वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-१० मिति
- ↑ Sinha, Saurabh (२५ मे २०१९), "No flights to Sikkim's first airport Pakyong from June 1 'till further notice', says SpiceJet", The Times of India, अन्तिम पहुँच ३ जुन २०१९।
- ↑ Adhikary, Prakash (२१ मे २०१९), "Operations at Sikkim's First Airport, Inaugurated Last Year, Likely to Be Indefinitely Halted", News 18, अन्तिम पहुँच ३ जुन २०१९।
- ↑ "35 Airport affected families compensated, thanks CM for speedy solution", The Voice of Sikkim, The Voice of Sikkim, अन्तिम पहुँच ९ डिसेम्बर २०१९।
- ↑ "Trial touchdown successful at Sikkim airport", The Times of India, अन्तिम पहुँच २१ नोभेम्बर २०२०।
- ↑ "Airline operations at Sikkim's Pakyong airport resume after 19 months", All India Radio, अन्तिम पहुँच २३ जनवरी २०२१। वेब्याक मेसिन अभिलेखिकरण २३ जनवरी २०२१ मिति
- ↑ "Flight operations resume at Sikkim's Pakyong Airport after 18 months"।
- ↑ "Spice Jet flight resumes", United News of India, अन्तिम पहुँच १० फेब्रुअरी २०२१।
- ↑ "SpiceJet flight schedules", SpiceJet, अन्तिम पहुँच १६ जनवरी २०२१। वेब्याक मेसिन अभिलेखिकरण १० सेप्टेम्बर २०१८ मिति
- ↑ "IAF lands An-32 aircraft at Pakyong Airport in Sikkim", ANI News, १७ जनवरी २०१९, अन्तिम पहुँच ३ जुन २०१९।
- ↑ Garver, John (२०१७-०७-१६), "This standoff is China telling India to accept changing realities", South China Morning Post, अन्तिम पहुँच २०१७-११-२२।
- ↑ Pandey, Vikas (२५ जनवरी २०२१), "Sikkim: Chinese and Indian troops 'in new border clash'", BBC News, अन्तिम पहुँच २५ जनवरी २०२१।