प्रदेश प्रमुख (लुम्बिनी प्रदेश)
स्वरूप
लुम्बिनी प्रदेशको प्रदेश प्रमुख नेपालको लुम्बिनी प्रदेशको नाममात्रको राष्ट्रप्रमुख र नेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो लुम्बिनी प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।
चयन प्रक्रिया
[सम्पादन गर्नुहोस्]नेपालको संविधानको धारा १६४ मा भनिएको छ:
- सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
- पैंतीस वर्ष उमेर पूरा भएको, र
- कुनै कानूनले अयोग्य नभएको।
सूची
[सम्पादन गर्नुहोस्]| क्र. | नाम | पदभार ग्रहण | पदभार मुक्त | पदावधि |
|---|---|---|---|---|
| १ | उमाकान्त झा | २०७५ माघ ५ | २०७६ कात्तिक १७ | २८८ दिन |
| २ | धर्मनाथ यादव | २०७६ कात्तिक १९ | २०७८ साउन १२ | १ वर्ष, २६४ दिन |
| ३ | अमिक शेरचन | २०७८ साउन १२ | २०८१ साउन १६ | ३ वर्ष, ४ दिन |
| ४ | कृष्णबहादुर धर्तीमगर | २०८१ साउन १७ | बहालवाला | १ वर्ष, ९० दिन |