सामग्रीमा जानुहोस्

प्रदेश प्रमुख (लुम्बिनी प्रदेश)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लुम्बिनी प्रदेशको प्रदेश प्रमुख नेपालको लुम्बिनी प्रदेशको नाममात्रको राष्ट्रप्रमुखनेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो लुम्बिनी प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।

चयन प्रक्रिया

[सम्पादन गर्नुहोस्]

नेपालको संविधानको धारा १६४ मा भनिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
  2. पैंतीस वर्ष उमेर पूरा भएको, र
  3. कुनै कानूनले अयोग्य नभएको।
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
उमाकान्त झा २०७५ माघ ५ २०७६ कात्तिक १७ २८८ दिन
धर्मनाथ यादव २०७६ कात्तिक १९ २०७८ साउन १२  वर्ष, २६४ दिन
अमिक शेरचन २०७८ साउन १२ २०८१ साउन १६  वर्ष, ४ दिन
कृष्णबहादुर धर्तीमगर २०८१ साउन १७ बहालवाला  वर्ष, २२६ दिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]