सामग्रीमा जानुहोस्

फाइनान्सियल एक्सन टास्क फोर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Financial Action Task Force
सङ्क्षिप्त नामFATF
गठन१९८९; ३७ वर्ष अघि (१९८९)
प्रकारअन्तरसरकारी संस्था
लक्ष्यसम्पति शुद्धीकरणआतंकवादको वित्तपोषण निवारण
प्रधान कार्यालयपेरिस
सेवा
Europe
सदस्यता
39
आधिकारिक भाषा
English, फ्रान्सेली
President
T Raja Kumar []
वेबसाइटfatf-gafi.org

फाइनान्सियल एक्सन टास्क फोर्स (Financial Action Task Force on Money Laundering; FATF), नेपालीमा वित्तीय कारबाही कार्यदलफ्रान्सेली नामः Groupe d'action Financière (GAFI) द्वारा पनि चिनिने, सम्पति शुद्धीकरण सम्बन्धित अन्तरसरकारी संस्था हो जुन सन् १९८९ मा जि-सेभेन को पहलमा सम्पत्ति शुद्धीकरण विरुद्धको नीतिहरू विकास गर्न र निश्चित रुचि कायम राख्न स्थापना भएको थियो।[] सन् २००१ मा, यसको जनादेशलाई आतंकवादको वित्तपोषण समावेश गर्न विस्तार गरिएको थियो।

एफ.ए.टि.एफ.को उद्देश्य भनेको सम्पत्ति शुद्धीकरण, आतङ्कवादी वित्तपोषण र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको एकतामा हुने अन्य सम्बन्धित खतराहरू विरुद्ध लड्नका लागि कानुनी, नियामक र परिचालन उपायहरूको प्रभावकारी कार्यान्वयनलाई प्रवर्द्धन गर्नु हो। फाइनान्सियल एक्सन टास्क फोर्स एउटा "नीति बनाउने निकाय" हो जसले यी क्षेत्रहरूमा राष्ट्रिय कानुन र नियामक सुधारहरू ल्याउन आवश्यक राजनीतिक इच्छाशक्ति उत्पन्न गर्न काम गर्दछ। [] एफ.ए.टि.एफ ले सदस्य देशहरूको "सहकर्मी समीक्षा" ("आपसी मूल्याङ्कन") मार्फत आफ्ना सिफारिसहरू कार्यान्वयनमा प्रगतिको अनुगमन गर्दछ।

सन् २००० देखि, फाइनान्सियल एक्सन टास्क फोर्स ले एफ.ए.टि.एफ कालोसूची (औपचारिक रूपमा "Call for action कल फर एक्शन" भनिन्छ) र एफ.ए.टि.एफ खैरो सूची (औपचारिक रूपमा "Other monitored jurisdictions अन्य अनुगमन गरिएको क्षेत्राधिकार" भनिन्छ) सुरु गरेको छ। [] [] [] [] कालोसूचीले वित्तीय संस्थाहरूलाई यस सुचीमा सूचीकृतबाट श्रोत र सेवाहरू स्थानान्तरण गराउन बाध्य बनाएको छ। [] यसको परिणामस्वरूप सूचीबद्ध देशहरूमा आन्तरिक आर्थिक र राजनीतिक नेतृत्वलाई एफ.ए.टि.एफ अनुरूप नियमहरू लागू गर्न आफ्ना सरकारहरूलाई दबाब दिन प्रेरित गरेको छ। []

सदस्य र सम्बद्ध संस्थाहरू

[सम्पादन गर्नुहोस्]

२०२१ अनुसार, एफएटीएफमा ३७ देश पूर्ण सदस्य छन् ।[] यद्यपि २०१२ अनुसार धेरै सम्बन्धित क्षेत्रीय निकायहरू मार्फत, FATF संजालमा कूल १८७ देशहरू थिएl.[१०] एफ.ए.टि.एफ ले धेरै अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरूसँग नजिकको सहकार्यमा पनि काम गर्दछ।[]

पूर्ण सदस्यहरू

[सम्पादन गर्नुहोस्]

२०२२ अनुसार एफ.ए.टि.एफ मा हाल ३७ सदस्यीय क्षेत्राधिकार र दुई क्षेत्रीय संगठनहरू छन्, जसले विश्वका सबै भागहरूमा सबैभन्दा प्रमुख वित्तीय केन्द्रहरूको प्रतिनिधित्व गर्दछ।:[]

क्षेत्रीय संगठनहरू

[सम्पादन गर्नुहोस्]
  1.  युरोपेली आयोग
  2. खाडी सहयोग परिषद्

देश र अन्य क्षेत्राधिकार

[सम्पादन गर्नुहोस्]

पर्यवेक्षक सदस्य

[सम्पादन गर्नुहोस्]

२०२१ अनुसार, "पर्यवेक्षक" सदस्य भएको १ देश ( इन्डोनेसिया), र २८ अन्तर्राष्ट्रिय संस्थाहरू छन्। यसमा अन्तर्राष्ट्रिय मुद्रा कोष, संयुक्त राष्ट्र संघको छ विशेषज्ञ समूहहरू र विश्व बैंक समावेश छन्। सबै पर्यवेक्षक संस्थाहरूको कार्यहरू मध्ये एक सम्पत्ति शुद्धीकरण विरोधी कार्य हो।[] पर्यवेक्षक संस्थाहरूमा समावेश छन्::[]

  • अफ्रिकी विकास बैंक
  • Anti-Money Laundering Liaison Committee of the Franc Zone (CLAB) [French]
  • एसियाली विकास बैंक
  • Basel Committee on Banking Supervision (BCBS)
  • Camden Asset Recovery Inter-agency Network (CARIN)
  • Egmont Group of Financial Intelligence Units
  • European Bank for Reconstruction and Development (EBRD)
  • Group of International Finance Centre Supervisors
  • लागूऔषध तथा अपराध सम्बन्धी संयुक्त राष्ट्र कार्यालय (UNODC)
  • संयुक्त राष्ट्र आतंकवाद विरोधी समिति कार्यकारी निर्देशनालय (UNCTED)

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "FATF – Presidency", FATF-gafi.org, अन्तिम पहुँच २०२०-०७-०७ अभिलेखिकरण २०२०-०७-१४ वेब्याक मेसिन
  2. The FATF in the Global Financial Architecture: Challenges and Implications.
  3. "About - Financial Action Task Force (FATF)" अभिलेखिकरण २०२२-१०-२३ वेब्याक मेसिन
  4. FATF nations, Full member nations, Observer nations, Call for action nations (Blacklisted nations), Other monitored jurisdictions (greylisted nations), FATF, accessed 24 October 2019.
  5. "About FATF", FATF, अन्तिम पहुँच १ मे २०१८ अभिलेखिकरण २७ अप्रिल २०१८ वेब्याक मेसिन
  6. Chohan, Usman W. (Mar १४, २०१९), The FATF in the Global Financial Architecture: Challenges and Implications, एसएसआरएन 3362167, डिओआई:10.2139/ssrn.3362167, अन्तिम पहुँच Oct २१, २०२२ papers.ssrn.comद्वारा।
  7. "FATF Works", FATF, अन्तिम पहुँच १ मे २०१८ अभिलेखिकरण ७ मे २०१८ वेब्याक मेसिन
  8. 1 2 The Bankers' Blacklist: Unofficial Market Enforcement and the Global Fight against Illicit Financing, २०२१।
  9. 1 2 3 4 5 "FATF Members and Observers", FATF, मूलबाट २४ नोभेम्बर २०२१-मा सङ्ग्रहित। अभिलेखिकरण १९ सेप्टेम्बर २०१५ वेब्याक मेसिन
  10. उद्दरण त्रुटी: अवैध <ref>चिनो; report2012 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  11. Hummel, Tassilo; Melander, Ingrid (२५ फेब्रुअरी २०२३), "Financial crime watchdog FATF suspends Russia over Ukraine war", Reuters, अन्तिम पहुँच २६ फेब्रुअरी २०२३