भारत चार्टर्ड एकाउन्टेन्ट्स संस्था

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भारत चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAI)
भारत चार्टर्ड एकाउन्टेन्ट्स संस्था
नाराय एष सुप्तेषु जागर्ति
स्थापना१ जुलाई १९४९ (1949-07-01) (७० वर्ष अघि)
निर्देशांक२८°३७′४०″उत्तर ७७°१४′३२″पूर्व / २८.६२७८१५° उत्तर ७७.२४२१३५° पूर्व / 28.627815; 77.242135
कार्य क्षेत्रभारत
सदस्यहरू२५३,३६९ (१ अप्रिल २०१६)[१]
वेबसाइटicai.org

भारत चार्टर्ड एकाउन्टेन्ट्स संस्था भारतको लेखा सम्बन्धी राष्ट्रिय संस्था हो । यो संसदले पारित गरेको चार्टर्ड एकाउन्टेन्ट्स एेन, १९४९ अन्तर्गत चार्टर्ड एकाउन्टेन्ट्स पेशाको नियामक नियाकको रूपमा सन् १९४९ जुलाई १ मा  स्थापना भएको थियो । यो संस्था संसारको सदस्यहरूको संख्याको आधारमा संसारको दोश्रो ठूलो  पेशागत लेखा तथा वित्तिय नियामक संस्था हो । यसले भारतका कम्पनीलहरू पालना गर्नु पर्ने लेखा मानहरू राष्ट्रिय वित्तिय प्रतिवेदन प्राधिकरणलाई सिफारिस गर्ने गर्दछ  तथा अन्य निकायहरूले पालना गर्नु पर्ने लेखा मानहरू निर्धारण गर्ने गर्दछ । यो संस्था भारतमा हुने लेखापरीक्षणमा पालना गर्ने पर्ने लेखापरीक्षण मान तयार गर्नको लागी पूर्ण रूपमा जिम्मेवार रहेको छ । यसले चार्टर्ड एकाउन्टेन्टसले पालना गर्नु पर्ने अन्य प्राविधिक मानहरू समेत तयार गर्ने गर्दछ । उक्त मानहरू तयार गर्नको लागी यसले भारत सरकार, केन्द्रिय बैंक तथा धितोपत्र बोर्डसँग समन्वय गरि कार्य गर्दछ । 


यस संस्थाको सदस्यहरूलाई चार्टर्ड एकाउन्टेन्ट्स भनिन्छ तर यो शब्द शाही मोहर भएको व्यक्तिसँग कुनै सम्बन्धीत छैन् । चार्टर्ड एकाउन्टेन्ट्स विषय प्रकाशित नैतिकताको कोड तथा पेशागत मानहरूमा आधारित छ । भारतको कम्पनी एेन, २०१३ अनुसार भारतीय कम्पनीमा बाह्य लेखापरीक्षको रूपमा चार्टर्ड एकाउन्टेन्टस मात्र नियुक्त हुन पाउँदछन् ।

आदर्श वाक्य र मिशन[सम्पादन गर्ने]

नयाँ सिए लोगो

यस संस्थाको आर्दश वाक्य य एष सुप्तेषु जागर्ति (संस्कृत) रहेको छ ।[२] जसको अर्थ एक जागेको व्यक्ति जसले निन्द्रमा भएकाहरूलाई उठाउँछ ।

इतिहास[सम्पादन गर्ने]

भारत स्वतन्त्र हुनु पूर्व नै लागु भएको कम्पनी ऐन, १९१३ ले ऐन अन्तर्गत स्थापना भएका कम्पनीले तयार गर्नु पर्ने विभिन्न कागजात तथा रेकर्डहरूको बारेमा लेखिएको थियो । उक्त ऐनमा कम्पनीको कागजातहरूको जाँच गर्नको लागी आधिकारिक रूपमा लेखापरीक्षक नियुक्त गर्नु पर्ने व्यवस्था समेत रहेको छ । लेखापरीक्षकको रूपमा कार्य गर्नको लागी सरकारद्वारा प्रदान गरिएको प्रमाणपत्र लिएको व्यक्ति हुनु पर्ने हुन्थ्यो । पछि सन् १९२० मा यस्तो प्रमाण पत्र वितरण गर्न वन्द गरिएको थियो । सन् १९३० मा सरकारले लेखापालहरूको रजिष्टर तयार गर्ने निर्णय गरेको थियो र जसको नाम यस रजिष्टरमा हुने गर्दथ्यो त्यो व्यक्तिलाई दर्तावाल लेखापाल भन्ने गरिन्थ्यो । [३]

सदस्यता[सम्पादन गर्ने]

यस संस्थाका सदस्यहरूलाई चार्टर्ड एकाउन्टेन्ट्स भनिन्छ । यस संस्थाको सदस्य बन्नको लागी तोकिएको परिक्षा दिनु पर्ने हुन्छ भने तीन वर्षको व्यावसायिक तालिम समेत लिनुको साथै ऐन तथा नियमावली अनुसारको आवश्यक पूरा गर्नु पर्ने हुन्छ । भारत चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यले आफ्नो नाम अगाडि सिए भन्ने शब्दको प्रयोग गर्न सक्दछन् ।[४] १ अप्रिल २०१४ सम्मा यस संस्थाका २५०,००० सदस्यहरू रहेका थिए । [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Key statistics", ICAI, १ अप्रिल २०१४, अन्तिम पहुँच ७ जुन २०१५ 
  2. [१]
  3. G.P.Kapadia (1973). History of the Accountancy Profession in India. ISBN 978-0-439-41111-0. 
  4. "Now, chartered accountants can prefix `CA' to their name", The Hindu Business Line, २७ जनवरी २००६, अन्तिम पहुँच १० फेब्रुअरी २०११ 
  5. "ICAI Key Statistics", ICAI, अन्तिम पहुँच २७ मार्च २०१५