सामग्रीमा जानुहोस्

शङ्खधर साख्वा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शंखधर साख्वाबाट अनुप्रेषित)

शङ्खधर साख्वालाई नेपाल सरकारले मिति २०५६/८/३ मा राष्ट्रिय बिभुती घोषणा गरेको हो। (प्रकाश भण्डारी "बिवेक") शङ्खधर साख्वा नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुनुहुन्छ। उहां एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाए। नेपाल सम्बतको सुरुवातकर्ता शङ्खधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थिए। उनले वि. सं. ९३६ मा कान्तिपुरभादगाउँका जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए। तत्कालीन समाजमा शुद्र जातिलाई पशुपतिका प्रवेसमा बन्देज लगाइएको थियो। कान्तिपुरका राजा राघवदेवले शङ्खधरको योगदानलार्क्ष कदर गरी शुद्र जातिलार्क्ष पशुपतिमा प्रवेश दिएका थिए। नले प्रचलनमा ल्याएको नेपाल सम्बत वि. सं.१९६० सम्म पनि नेपालको सरकारी कामकजको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए।

प्रचलित किम्बदन्ति अनुसार ज्योतिषहरूले निकालेको शुभ साइतमा भद्रमती र बिष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए। सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरूलाई पठाए कान्तिपुरका व्यापारी शङ्खधर साख्वाले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखे। शङ्खधरले ती भरियाहरूलाई फकाइ फुल्याइ पैसा दिएर उक्तवालुवा आफ्नो घरमा खन्याउन लगाए र पुनः खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरूलाई अह्राए। ज्योतिषहरूको भविष्यवाणी मुताबिक चारदिनपछि सो बालुवा सुनमा परिण्त भयो। तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किन भनें तयो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो। त्यसपछि शङ्खधरले त्यो सुनबाट लोकको कल्याण गर्ने विचार गरे। विभिन्न ज्योतिषहरूको राय सुझाब अनुसार उनले कान्तिपुर र भादगाउँका जनताहरूको ऋण मोचन गरीदिने निर्णय गरे। राजाको अनुमति लिएर शङ्खधरले नेपाल सम्बत १ पनि सुरुगर्न सफल भए। साख्वा:को घर हालको काठमाडौँको मरुसत्तलको इलाछेमा थियो भन्ने लोकोत्ती रहेको छ। त्यस्तै उनले बनाएको चैत्य कंकेश्वोरिमा रहेको बताइन्छ। आफ्नो धनबाट जनताको ऋण तिरि जनताहरूलाई ऋण मुक्त पारिदिएकाले साख्वा:लाई नेपालको तत्कालीन मन्त्रीपरिषदको निर्णय अनुसार २०५६ मङ्सिर २ गते देखि शङ्खधर साख्वालाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घाषणा गरिएको छ।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]