टोकियो
टोकियो जापानको राजधानी हो। यो जापानको सबै भन्दा ठूलो शहर हो।
| टोकियो Prefecture | |||
|---|---|---|---|
| Japanese transcription(s) | |||
| - Japanese | 東京都 | ||
| - Rōmaji | Tōkyō-to | ||
|
|||
| निर्देशांक: 35°41′N 139°45′E / 35.683°N 139.750°ECoordinates: 35°41′N 139°45′E / 35.683°N 139.750°E | |||
| Country | Japan | ||
| Region | कान्तो | ||
| Island | होन्शू | ||
| Capital | अलागू | ||
| सरकार | |||
| - Governor | शिन्तारो इशीहारा | ||
| क्षेत्रफल | |||
| - जम्मा | २,१८७.०८ km2 (८४४.४ sq mi) | ||
| Area rank | ४५ वां | ||
| जनसङ्ख्या (१ अक्टोबर, २००७) | |||
| - जम्मा | १,२७,९०,००० (विशेष वार्डो)मा ८६,५२,७००) |
||
| - स्तर | प्रथम | ||
| - जनघनत्व | ५,७९६/km2 (१५,०११.६/sq mi) | ||
| ISO 3166 code | JP-13 | ||
| Districts | १ | ||
| Municipalities | ६२ | ||
| Flower | सोमेइ-योशिनो चैरी ब्लसम | ||
| Tree | जिंकगो वृक्ष (Ginkgo biloba) | ||
| Bird | श्याम सिरी गल (Larus ridibundus) | ||
| वेबसाइट | आधिकारिक वेबसाईट (अंग्रेजीमा) | ||
टोकियो (जापानी: 東京, उच्चारणः तोउक्योउ) जापानको राजधानी र सबै भन्दा ठूलो नगर हो। यो जापानको होन्शू द्वीपमा बसेको छ, र यसको जनसंख्या लगभग ८६ लाख छ, जबकि टोकियो क्षेत्रमा १.२८ करोड र उपनगरीय क्षेत्रहरू लाई मिलाएर यहाँ अनुमानित ३.७ करोड मान्छे रहन्छन जुन यसलाई विश्वको सबै भन्दा धेरै जनसंख्या भएको महानगरीय क्षेत्र बनाउदछ। टोकियो लगभग ८० कि.मी.को क्षेत्रमा फैलिएको छ र यो क्षेत्रफलको दृष्टिले पनि विश्वको सबै भन्दा ठूलो नगरीय क्षेत्र हो।
टोकियो विश्वको सबै भन्दा विकसित नगरहरू मध्ये एक हो। यो जापानको राजनीतिक, आर्थिक, र सांस्कृतिक गतिविधिको प्रमुख केन्द्र हुनुको साथै विश्वको एक प्रमुख आर्थिक केन्द्र पनि हो। यो विश्वको सबै भन्दा ठूलो महानगरीय अर्थव्यवस्था पनि हो जसको सकल घरेलू उत्पादन, क्रय शक्तिको आधारमा २००५मा १,१९१ अरब डलर थियो। न्यूयोर्क नगर र लण्डनसँग मिलेर यो विश्व अर्थव्यस्थाको संचालित गर्ने इन्जिन हो र यसलाई अल्फा+ नगरको दर्जा प्राप्त छ। विभिन्न संस्थाहरू द्वारा गराइएको सर्वेक्षणहरूमा टोकियोलाइ विश्वको लगातार सबै भन्दा महगो महानगर हुने गौरव प्राप्त छ।
विषयसूची |
नाम[सम्पादन गर्ने]
टोकियोलाई मूल रूपले ईडोको नामले चिनिन्थ्यो, जसको जापानीमा अर्थ हुन्छ मुहान। १८६८मा जब यसलाई जापानको राजधानी बनाइयो त यसको नाम परिवर्तन गरेर टोकियो (तोउक्योउ: तोउ (पूर्व) + क्योउ (राजधानी)) राखियो। प्रारम्भिक मेइजी कालमा, यस नगरलाई "तोउकेइ"को नामले पनि चिनिन्थ्यो जुन चीनी भाषामा लेखिएको शब्दको वैकल्पिक उच्चारण थियो। धेरै पुराना अंग्रेजी दस्तावेहरूमामा अझै पनि "टोकेई" (Tokei) लेखिएको पाइन्छ तर अब यो शब्द अप्रचलित भएको छ र हाल "टोकियो" शब्दको नै उपयोग गरिन्छ।
इतिहास[सम्पादन गर्ने]
टोकियो मूख्यतः एक सानो माछा छोप्ने गाँउ थियो जुन ईदो नाम भएको थियो।
यसलाई पहिलो पल्ट ईदो वंशावली द्वारा, उत्तरोत्तर १२ औं शताब्दीमा किलाबद्ध भएको थियो।
१४५७ मा, ओटा दोकानले ईदो कैसल बनाए। १५९० मा, तोकुगावा ईयासुले ईदोलाई आफ्नो आधार बनाए र जब त्यो १६०३मा शोगुन बन्यो, त नगर देशमा सैनिक शासनको केन्द्र बन्यो। त्यस पछि पश्चाद्गामी ईदो अवधिको समयमा, ईदो १८ औं सताब्दीमा १० लाखको जनसंख्या सँग संसारको सबै भन्दा ठूलो नगरहरू मध्येको एक बन्यो।
प्रशासनिक प्रभाग[सम्पादन गर्ने]
२३ विशेष वार्ड[सम्पादन गर्ने]
मुख्य लेख: टोकियोको विशेष वार्ड
विशेष वार्ड या तोकूबेत्सू-कू, टोकियोको त्यो क्षेत्र हो जुन पहिले औपचारिक रूपबअट टोकियो नगर थियो। १ जुलाई, १९४३ मा, टोकियो नगर टोकियो प्रीफेक्चरसँग मिलाईयो जुन वर्तमान "महानगर प्रीफेक्चर" बनयो। परिणामस्वरूप, जापानमा अन्य नगर वार्डों देखि अलग, यो वार्ड कुनै विशाल महानगरको भाग होईन। प्रत्येक वार्ड एक नगरपालिका छ जस स्वयंको निर्वाचित मेयर् र विधानसभा हुन्छ। टोकियोको विशेष वार्ड हुन:
जलवायु र भूकम्प विज्ञान[सम्पादन गर्ने]
जनसांख्यिकी[सम्पादन गर्ने]
| क्षेत्रफलानुसार१ |
टोकियो |
१.२७९ करोड |
||
|---|---|---|---|---|
| आयु अनुसार२ |
तरुण (आयु ०-१४) |
१४.६१ लाख (११.८%) |
||
| घन्टा अनुसार३ |
दोपहर |
१.४९७८ करोड |
||
| राष्ट्रीयतानुसार |
विदेशी निवासी |
३,६४,६५३४ |
||
|
||||
अक्तूबर २००७ तक, आधिकारिक अंतरजनगणनीय अनुमानोको आधारमा टोकियोमा १.२७९ करोड मानिसहरू निवास गर्छन, जिन्में देखि ८६.५३ लाख टोकियोको २३ वार्डहरूमा निवास गर्छन। दोपहरको समय, जनसंख्यामा लगभग २५ लाखको वृद्धि हुन्छ किन भनें कर्मिक र विद्यार्थी आसपासको क्षेत्रहरू देखि टोकियोमा आउछन्। यो स्थिति तीन केन्द्रीय वार्डहरू चियोदा, चूओ, र मिनातोमा अझ अधिक स्पष्ट हुन्छ, जसको २००५को राष्ट्रीय जनगणनाको अनुसार सामूहिक जनसंख्या रातीको समय ३,२६,०० हुन्थ्यो, तर दिउसोको समय २४ लाख सम्म पुग्दथ्यो।
सम्पुर्ण प्रिफेक्चरमा २००७मा १,२७,९०,००० (२३ वार्डहरूमा ८६,५३,०००) निवासी थिए, जसमा दिउसोको समय ३० लाखको वृद्धि हुन्थ्यो। टोकियो अब सम्मको सर्वाधिक जनसंख्या १९६५को जनगणनामा थियो, जब २३ वार्डहरूको आधिकारिक जनसंख्या ८८,९३,०९४ थियो, र १९९५को जनगणनामा यो संख्या ८० लाख देखि तल झरो।[स्रोत नखुलेको] तर त्यस देखि मान्छे भूमिको दाम गिरनेको कारण नगरको भित्री भागमा बसि रहे।[स्रोत नखुलेको]
२००५ तक, टोकियोमा बसेका विदेशिहरूमा सबै भन्दा धेरै जनसंख्या चीनीयाँ (१,२३,६६१)को छ, त्यसपछि कोरियाई (१,०६,६९७), फिलिपिनो (३१,०७७), अमेरिकी (१८,८४८), ब्रिटिश (७,६९६), ब्राजीलियाई (५,३००), र फ्रांसीसी (३,०००)[२]।
१८८९को जनगणनामा [तथ्य वांछित], टोकियोमा १३,८९,६०० मानिस दर्ता गरिएको थियो, जुन त्यो समय जापानमा सर्वाधिक थिए।
अर्थव्यस्था[सम्पादन गर्ने]
टोकियो, विश्व अर्थव्यस्थाको सञ्चालन गर्ने तीन केन्द्रहरूमध्ये भन्दा एक हो, अन्य दुई हुन् लन्डन र न्यूयोर्क नगर। टोकियो विश्वको सबै भन्दा ठूलो महानगरीय अर्थव्यस्था पनि हो। प्राइसवटरहाउसकूपर्सद्वारा गराइएको एक सर्वेक्षणको अनुसार टोकियो नगरीय क्षेत्र (३.५२ करोड)को कुल सकल घरेलू उत्पादन वर्ष २००८मा क्रय शक्तिको आधारमा १,४७९ अरब अमेरिकी डलर थियो जुन सूचीमा सर्वाधिक थियो। २००८को स्थिति तक, ग्लोबल ५००मा सूचीबद्ध समवायहरू मध्ये ४७को मुख्यालय टोकियोमा स्थित छन्, जुन दोस्रो स्थानको नगर पेरिस भन्दा लगभग दुई गुना छ।
टोकियो, विश्वको एक प्रमुख वित्तीय केन्द्र पनि हो, जहाँ विश्वको सबै भन्दा ठूलो निवेश बैंकहरू र बीमा समवायहरूको मुख्यालय स्थित छन्, र यो नगर जापानको यातायात, प्रकाशन, र प्रसारण उद्योगहरूको एक प्रमुख केन्द्र पनि हो। दोस्रो विश्वयुद्ध पश्चात जापानको केन्द्रीयकृत वृद्धिको दौरान, धेरै जसो व्यवसाय-सङ्घ आफ्नो मुख्यालय ओसाका देखि टोकियो लगे ताकी सरकार सम्म उत्तमतरको पहुँच हुन सकोस। तर टोकियोमा बढ्दो जनसंख्या र महँगो जीवन स्तरको कारण अब यस चलनमा कमी आउन लागेको छ।
इकनमिस्ट इण्टेलिजेन्स यूनिटद्वारा टोकियोलाई विश्वको सबै भन्दा महँगो नगरको रूपमा मूल्यांकित गरे जुन लगातार १४ वर्ष सम्म जारी रहयो र २००६मा गएर समाप्त भयो। यो विश्लेषण निगमीय कार्यकारी जीवन शैलीको लागि थियो, जसमा असंलग्न घर र धेरै जसो वाहनहरू जस्तै मदहरूलाई सम्मिलित भएको थियो।
टोकियो शेयर बजार, जापानको सबै भन्दा ठूलो शेयर बजार हो, र बाजारी पूँजीकरणको आधारमा विश्वमा दोस्रो सबै भन्दा ठूलो र शेयर बिक्रीको आधारमा चौथो सबै भन्दा ठूलो। १९९०को अन्तमा जापानी परिसंपत्ति मूल्य गुबारको समय यसको विश्व स्टक बजार निधिमा ६०%को हिस्सादारी थियो।
यातायात[सम्पादन गर्ने]
टोकियो, वृहदतर टोकिन क्षेत्रको केन्द्र भएको कारण, जापानको सबै भन्दा ठूलो घरेलू र अन्तर्राष्ट्रीय रेल, वायु, र भूतलीय यातायातको केन्द्र- बिन्दू हो। टोकियोको सार्वजनिक यातायात सफा र कुशल ट्रेनहरू र भूमिगत रेलहरूको विशाल तन्त्र हो जुन विभिन्न संचालकहरू द्वारा संचालित गरिन्छ, जसमा बसहरू, मोनोरेल, र ट्रामें गौण र सहायक यातायातको भूमिकामा छ।
ओटाको भित्र, जुन २३ विशेष वार्डहरूमा मध्ये एक हो, स्थित टोकिन अंतर्राष्ट्रीय विमानस्थल ("हानेदा") घरेलू विमान सेवा प्रदान गर्दछ, जबकि चीबा प्रेइफेक्चरमा स्थित नरिता अंतर्राष्ट्रीय विमानस्थल, जापान आउने यात्रियहरूको लागि जापानको प्रवेशद्वार हो।
रेलें, टोकियोमा यातायातको प्रमुख साधन हो र टोकियोको रेल तन्त्र विश्वको सबै भन्दा विशाल महानगरीय रेल तन्त्र छ र सतही मार्गहरूको पनि यति नै विशाल तन्त्र हो। जेआर ईस्ट, टोकियोको सबै भन्दा ठूलो रेल तन्त्रको संचालन गर्दछ, जसमा यामानोते लूप लाइन पनि सम्मिलित छ जुन डाउनटाउन टोकियोको केन्द्रको चक्कर लाग्छ। दुई संगठन भूमिगत तन्त्रको संचालन गर्छन: निजी टोकियो मेट्रो र सरकारी टोकिन महानगर यातायात ब्यूरो। महानगरीय सरकार र निजि वाहक बस मार्गहरूलाई संचालित गर्छन। स्थानीय, क्षेत्रीय, र राष्ट्रीय सेवाहरू विशाल रेलमार्ग स्टेशनहरूमा स्थित प्रमुख टर्मिनलहरूबाट उपलब्ध छन्।
एक्स्पेस-मार्ग राजधानीको वृहद्तर टोकियो क्षेत्रलाई अन्य बिन्दुहरूसँग जोडछन, जस्तै कान्तो क्षेत्र, र क्युशु र शिकोकू द्वीप।
अन्य पयातायातको साधन हो टयाक्सी जुन विशेष वार्डहरू, र नगरहरू र कस्बहरूमा सेवाहरू प्रदान गर्छ्। लामो दूरीको नाउहरू टोकियोको द्वीपहरूमा सेवाहरू प्रदान गर्छ र यात्रि र कार्गो (सामान)को घरेलू र विदेशी बन्दरगाहहरू सम्म लिन जान्छन।
शिक्षा[सम्पादन गर्ने]
टोकियोमा धेरै देखि विश्वविद्यालय, जूनियर कलेज, र ब्यबसायिक स्कूल छन। जापानको धेरै जसो नामी विश्वविद्यालहरू मध्ये धेरै टोकियोमा स्थित छन्, जसमा टोकियो विश्वविद्यालय, हितोत्सूबाशी विश्वविद्यालय, टोकियो प्रविधि संस्थान, वासीदा विश्वविद्यालय, र कीओ विश्वविद्यालय सम्मिलित छन्। सबैभन्दा ठूलो राष्ट्रीय विश्वविद्यालयहरू मध्ये टोकियोमा निम्नलिखित स्थित छ:
- ओचानोमिजू विश्वविद्यालय
- वैद्युत-सञ्चार विश्वविद्यालय
- टोकियो विश्वविद्यालय
- टोकियो आयुर्विज्ञान र दन्त विश्वविद्यालय
- टोकियो विदेशी शिक्षा विश्वविद्यालय
- टोकियो समुद्री विज्ञान र प्रविधि विश्वविद्यालय
- टोकियो गाकूजेई विश्वविद्यालय
- टोकियो कला विश्वविद्यालय
- टोकियो प्रविधि संस्थान
- टोकिन कृषि एवँ प्रविधि विश्वविद्यालय
- हितोत्सूबाशी विश्वविद्यालय
खेलकूद[सम्पादन गर्ने]
टोकियोमा विविध प्रकारको खेलहरू खेलिन्छ, र यो दुई पेशेवर बेसबल क्लबहरूको घर हो, योमियूरी जायंट्स जुन टोकियो डोममा खेलछन र टोकियो याकुल्ट स्वैलोज जुन मेइजेई-जिंगू स्टेडियममा खेलछन। जापान सूमो संघको मुख्यालय पनि टोकियोमा र्योगोकू कोकूजिकन सूमो एरीनामा स्थित छ जहाँ तीन वार्षिक आधिकारिक सूमो प्रतियोगिताहरू आयोजित गरिन्छं (जनवरी, मई, र सेप्टेम्बर)। टोकियोको फुटबल क्लब हो एफ. सी. टोकियो र टोकियो वेर्डी १९६९, अझ दुई वटै अजिनोमोतो स्टेडियम, चोफूमा खेलछन।
टोकियोले १९६४ ग्रीष्मकालीन ओलम्पिकको आयोजना गरेको थियो। नैश्नल स्टेडियम, जसलाई ओलंपिक स्टेडियम, टोकियोको नामले पनि जानिन्छमा धेरै अंतर्राष्ट्रीय खेल प्रतियोगिताहरूको आयोजन गरिन्छ। टोकियोको धेरै जसो विश्व-स्तरीय खेल स्थलहरूमा धेरै राष्ट्रीय र अंतर्राष्ट्रीय खेल प्रतियोगिताहरूको आयोजन गरिन्छ जस्तै टेनिस, तैराकी, मैराथन, जूडो, कराटे, इत्यादि।
संस्कृति[सम्पादन गर्ने]
पर्यटन स्थल[सम्पादन गर्ने]
टोकियोको पर्यटन स्थल निम्नलिखित छन्:
- शाही महल
शाही महल जापानको राजाको आधिकारिक निवास हो। यस महलमा जापानी परम्पराहरू देख्न सकिन्छ। महलमा धेरै जसो सुरक्षा भवन र ढोकाहरू छन्। यहांको सबै भन्दा प्रसिद्ध ठाँउहरू मध्ये केही हो- ईस्ट गार्डन, प्लाजा र निजुबाशी पुल। यो महल सम्राटको जन्मदिनको दिन जनताको लागि खोलिइन्छ।
यस टावरको निर्माण १९५८मा भएको थियो। ३३३ मीटर अग्लो यो टावर एफिल टावर भन्दा पनि १३ मीटर अग्लो छ। यहाँ दुई वेधशालाहरू छन जहाँबाट टोकियोको दृश्य देख्न सकिन्छ। साफ मौसममा यहांबाट माउंट फ्यूजी पनि देखिन्छ। मुख्य वेधशाला १५० मीटर अग्लो छ र विशेष वेधशाला २५० मीटर अग्लो छ। यस टावरको भित्र टोकियो टावर मोम संग्रहालय, रहस्मय पैदल क्षेत्र र हस्तलाघव कला गलियारा पनि छ।
- असाकुसा श्राइन
दंतकथाहरूको अनुसार सैकडौ वर्ष पहिले हिरोकुमा बंधुहरूको माछा पकडने जालमा कैननको प्रतिमा फस्यो। तब गाँउको मुखियाले त्यहा प्रतिमाको स्थापना गर्यो। यिनी तीन मान्छेमा समर्पित असाकुसा श्राइनको स्थापना १६४९मा भएको थियो। यसपछि यस मन्दिरको एक उपनाम संजा-समा पर्यो। यो टोकियोको सबै भन्दा प्रमुख मंदिर हो। मे महीनाहरूमा यहाँ संजा उत्सव पनि मनाइन्छ।
- मीजी जिंगू श्राइन
यो मंदिर शिंतो वास्तुकलाको उत्तम नमूना हो। यसको निर्माण १९२०मा यहांको शासक मीजी (१९१२)को स्मृतिमा भएको थियो। ७२ हैक्टेयरमा फैलिएको रुखहरू र मीजी जिंगू पार्कको जापानी वनस्पतिहरूसँग घेरिएको यो स्थान जापानीको सबै भन्दा सुन्दर र पवित्र ठाँउहरू मध्ये एक हो।
- अमेयोको
अमेयोकोमा जूताहरू देखि लिएर कपडाहरू सम्म, हरेक प्रकारको उपभोक्ता वस्तु किन्न सकिन्छ। कपालमा लगाउने क्रीम होस वा छाता यहाँ सबै कुरा भेटिन्छ। यो बजार उएनो स्टेशनको नजीकै छ यसैले यहाँ आउने मानिस यस बजारमा आउन रुचि गर्छन। यदि तपाईं जापानको कामकाजी मानिसलाई नजीकबाट देख्न चाहनु हुन्छ र अद्भुत चीजहरू कम दाममा किन्न चाहनु हुन्छभने यो ठाँउ बिल्कुल उपयुक्त छ।
- इन्द्रधनुषी पुल
यस नौलो नामको कारण यस पुलमा राती बल्ने रंगबिरंगी रोशनी हो। यो पुल मिनटोकु र ओडैबालाई जोडइन्छ। यहाँ आठ यातायात लेन अझ दुई रेलमारग छन्। पैदल हिड्नेहरूको लागि पनि बाटो छ। यो पुल १९९३मा शुरु भएको थियो। यस पुलको सुन्दरता हेर्ने एक अन्य उपाय हो मोनोरल, जुन शिम्बाशीबाट चल्दछ। यसको अतिरिक्त हिनोक पीयर देखि असाकुसाको बीच क्रूज देखि यात्रा गरेर यसको सुन्दरतालाई निहारा सकिन्छ।
समय: बिहान ९ बजे देखि राती ९ बजे सम्म, अप्रिलदेखी अक्टोबर: बिहान १० बजे देखि राती ६ बजे सम्म
महीनाको तेश्रो सोमवार र राष्ट्रीय विदाको दिन बन्द
- तोशोगु मंदिर
यस मंदिरको मुख्य आकर्षण पत्थरले बनेको ५० विशाल लालटेन हुन। यिनीहरू मध्ये धेरै सामंती दासहरू द्वारा दान गरिएको थियो। यहांको मुख्य भवन जसको निर्माण १६५१मा भएको थियो, सुनबाट बनेको थियो। यसलाई बनाउने श्रेय तीसर शोगुम इमीत्सु तोकुगावा लाई जान्छ। यो मन्दिर जापानको राष्ट्रीय सम्पदाको भाग हो।
- सूमो संग्रहालय
सूमो रसलिंग जापानको सबै भन्दा प्रसिद्ध खेल हो। यस संग्रहालयमा समारोहको समयमा पहिले लगाउने कपडा, सूमो वस्त्र, रैफरीको पैडलहरूलाई प्रदर्शित गरिएको छ अझ प्रसिद्ध रेसलरहरूको बारेमा बताईएको छ। यो संग्रहालय नेशनल सूमो स्टेडियमसँग बनेको हो।
- गिंजा
गिंजा जापानको र कदाचित एशियाको सबै भन्दा राम्रो र भव्य शपिंग एरिया हो। विश्व भरीको प्रसिद्ध ब्रैण्ड स्टोर यहाँ पाईन्छ। मित्सुकोशी, मत्सुया, र मत्सुजकाया डिपार्टमेंटल स्टोर यहाँ छन्, साथ नै यामहा म्यूजिक शप र सबै भन्दा मशहूर कस्मेटिक्स शीसेडो पनि यहाँ छन्। गिंजा कार्यालयमा काम गर्नेहरू देखि लिएर विद्यार्थीहरू सम्मको रुचि आउछ। यहाँ मदिरा, पानी र खान खान धेरै ठाँउहरू पाईन्छ। यिनीहरूमा साधारण र महंगो दुवै तरिकाको स्थान सम्मिलित छन्।
- नेशनल म्यूजियम अफ वेस्टर्न आर्ट
यो संग्रहालय पर्यटकहरूको बीच धेरै नै प्रसिद्ध छ किन भनें यहाँ सुदूर पूर्वमा पश्चिमी कलाको आधुनिकतम संग्रह छ। यस संग्रह पछिको इतिहास धेरै रोचक छ। सैन फ्रांसिस्को शांति समझौतामा भने कि कोजिरो मत्सुकाता संग्रह जुन दोस्रो विश्वयुद्धको समय फ्रान्सको साथ चल्यो, अब फ्रान्सको सम्पत्ति हुनेछ। त्यस पछि फ्रान्स सरकारले यो संग्रह जापानलाई फिर्ता गर्यो। यो संग्रहालय १९५९मा खुला थियो।
कुल मिलाएर हेर्नुहोस त यो सहर आधुनिकता र परम्पराहरूको एक अनुपम उदाहरण हो। अत्याधुनिक महानगर हुदाहुदै पनि यसले आफ्नो परम्पराहरूलाई छोडेको छैन। यहाँ तपाईंलाई जापानको उन्नति देखाउने छ, त्यसै गरी नै यसको संस्कृति पनि।
नगर दृश्यावली[सम्पादन गर्ने]
भगिनी नगर[सम्पादन गर्ने]
टोकियोको एघार भगिनी नगर छ:[३]
यसको अतिरिक्त, टोकियोको लन्डन, संयुक्त अधिराज्य सँग एक "भागीदारी" समझौता पनि छ।[३]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
सन्दर्भ[सम्पादन गर्ने]
बाहिरी कडिहरू[सम्पादन गर्ने]
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: टोकियो |
टोकियोको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
| Definitions from Wiktionary |
|
| Textbooks from Wikibooks |
|
| Quotations from Wikiquote |
|
| Source texts from Wikisource |
|
| Images and media from Commons |
|
| News stories from Wikinews |
|
| Learning resources from Wikiversity |