राइतो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राइतो
काँक्रोको राइतो
वैकल्पिक नामहरूरायता, दही काँक्रो, पछडी
परिकारचटनी
क्षेत्र वा राज्यदक्षिण एसिया
सम्बन्धित राष्ट्रिय व्यञ्जननेपाल, भारत, बङ्गलादेश, पाकिस्तान
खान उपयुक्तचिसो
मुख्य सामग्रीहरूदही/मोही, काँक्रो, तोरीको धूलो, नून, तोरीको तेल
सामान्यतया प्रयोग हुने सामग्रीहरूधनियाँ, जीरा मसाला, पुदिना, धूलो खुर्सानी, चाट मसाला, हरियो खुर्सानी
विभिन्नताचुकौनी

राइतो दहीमा काँक्रो, तोरीको धूलो, प्याज, मसाला, आदि मिसाएर बनाइने एक परिकार हो। यसलाई भातरोटीसँगै चटनीको रूपमा खाने गरिन्छ। यो दक्षिण एसियाका विभिन्न देशहरूमा बनाइन्छ। यसका धेरै प्रकारहरू हुन्छन्। यसमा धनियाँ, हरियो खुर्सानी, जीरा मसाला, पुदिना, धूलो खुर्सानी र अन्य मसलासँग पनि हाल्ने गरिन्छ। राइतो दक्षिण एसियाभर विभिन्न तरिकाले बनाइने गरिन्छ।

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

पश्चिमी नेपालमा राइतो भनेर चिनिने यस परिकारलाई, पूर्वी नेपालमा 'दही काँक्रो' भनिन्छ।[१][२]

यसलाई हिन्दी र बङ्गालीमा रायता भनिन्छ। रायता शब्दको व्युत्पत्ति संस्कृत शब्द 'राज्जिका'बाट भएको अथवा हिन्दी शब्द 'राय' (कालो तोरीको दाना) र 'तिक्त' (तिखो) मिलेर बनेको मानिन्छ।[३]

दक्षिण भारतमा विशेष गरी केरलतमिलनाडुमा यसलाई 'पछडी' भनिन्छ ।

बनाउने प्रक्रिया[सम्पादन गर्नुहोस्]

राइतो बनाउने विधि:[४]

  1. दहीमा पानी मिलाएर पातलो बनाउने।
  2. त्यसमा मसिनो गरी काटेको प्याज र खुर्केको काँक्रो हाल्ने। (प्याज र काँक्रोको सट्टामा अन्य फलफूल जस्तै मेवा, भुइँ कटहर, आदि पनि हाल्न मिल्छ।)
  3. त्यसमा नून, धूलो खुर्सानी, हरियो खुर्सानी, धनियाँ र अन्य मसला हाल्ने।
  4. एउटा भाँडोमा तेल तताएर त्यसमा तोरी र मेथी फुराउने।
  5. मेथी दाना हल्का कालो भएपछि, तेल दहीको मिश्रणमा झान्ने।

प्रकार[सम्पादन गर्नुहोस्]

अनारको राइतो
अनारको राइतो

राइतो धेरै प्रकारका हुन्छन् । जस्तै:

  • बेथुको राइतो (भारतको हरियाणामा प्रचलित)
  • काँक्रो राइतो
  • चुकन्दरको राइतो
  • गाँजरको राइतो
  • आलुको राइतो
  • पालुङ्गोको राइतो
  • भुजिआ सेवाइको राइतो
  • आँपको राइतो
  • मेवाको राइतो
  • अम्बाको राइतो
  • अनारको राइतो
  • नासपातीको राइतो
  • पुदिना र बदामको राइतो
  • लसुन र पुदिनाको राइटो

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्थानीय उत्पादनको प्रवद्र्धन : पाहुनालाई घिउ, मह र मकैको रोटी", Naya Patrika (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-२७ 
  2. "सुदूरको स्याउली थाप्ने चलन लोप हुँदै", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-२७, "साइतमा जानेहरूका लागि स्याउली थाप्ने चलन, साउन महिनामा धानको खेतबारीमा गएर राइतो, बटुक बनाएर हरेला खाने चलन" 
  3. "Raita", Merriam Webster। 
  4. Mehta Gambhir, Aloka (25 May 2011). "Tandoori chicken with Tomato Raita". The Times of India. Retrieved 22 December 2019.