सीमन्तोन्नयन संस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाम्रो हिन्दुवैदिक १६ संस्कारमध्ये सीमन्तोन्नयन संस्कार तेश्रो हो । गृहस्थ जीवनमा प्रवेश गरेपछिको तेश्रो कर्तव्यका रूपमा यसलाई लिने गरेको छ । गार्हस्थ जीवनको प्रमुख उद्देश्य श्रेष्ठ सन्तानोत्पादन हो, त्यसैले यस संस्कारलाई हाम्रा धर्मशास्त्रले महत्त्व दिएको हुनु पर्छ । यस संस्कारलाई सीमन्तकरण अथवा सीमन्त संस्कार (सिउँदो काड्ने) भनिन्छ । [१]

उद्देश्य[सम्पादन गर्नुहोस्]

सौभाग्य प्राप्त गर्नु र श्रेष्ठ सन्तानोत्पादन गर्नु यस संस्कारको प्रमुख अभिप्राय हो । गर्भपात रोक्नुका साथसाथ गर्भस्थ शिशुको रक्षा गर्नु पनि यसको प्रमुख उद्देश्य रहेको देखिन्छ ।

गरिने कार्य[सम्पादन गर्नुहोस्]

यस संस्कारको पूर्वाङ्गका रूपमा (अगिल्ला दिन) आभ्युदयिक श्राद्ध, मातृका पूजन गरिन्छ भने सो दिन देव पूजन र अग्निस्थापना गरिन्छ । गर्भिणी स्त्रीलाई प्रसन्न गर्नका लागि सौभाग्यवती महिलाहरूद्वारा उसको कपाल कोरेर सिंउदो काड्ने कार्य गरिन्छ । सिंउदो काढ्ने काइंयो श्रीखण्डको चाहिन्छ भनेर संस्कार विधिमा बताइएको छ ।(yurr)

संस्कार-समय[सम्पादन गर्नुहोस्]

गर्भधारणको छ अथवा आठ महिनामा यो संस्कार सम्पन्न गरिन्छ । यसमा पनि विभन्न नीतिकारहरूका आआफ्नै भनाइ रहेका पाइन्छन् । केही नीतिकारहरूका भनाइ यसप्रकार रहेका छन् -

  • आश्वलायन - चौथो महिनामा,
  • शौनक - चौथो महिना,
  • वशिष्ठ - चौथो,छैटौँ, सातौँ वा आठौँ महिनामा ।

सन्दर्भ स्रोत[सम्पादन गर्नुहोस्]

  1. डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर : शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र

बाह्य कडी[सम्पादन गर्नुहोस्]

[१] वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१९ मिति

[२]

[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]