अन्नपूर्ण गाउँपालिका, कास्की
स्वरूप
अन्नपूर्ण गाउँपालिका, कास्की | |
---|---|
निर्देशाङ्क: २८°२१′N ८३°५०′E / 28.35°N 83.83°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | कास्की |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | विष्णुबहादुर केसी (नेकपा (एमाले)) |
• उपाध्यक्ष | चन्द्रकला अधिकारी (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ४१७.७३ किमी२ (१६१.२९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,०९९ |
• घनत्व | ५३/किमी२ (१४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०६१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
अन्नपूर्ण गाउँपालिका, कास्की कास्की जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ढिकुरपोखरी, भदौरे तमागी (१,२), सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अन्नपूर्ण गाउँपालिका, कास्कीको कुल जनसङ्ख्या २२,०९९ रहेको छ भने यहाँ ६,०४९ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ११ वडाहरूमा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा पर्वत र म्याग्दी जिल्ला, उत्तरमा मनाङ जिल्ला, दक्षिणमा पोखरा महानगरपालिका र पर्वत जिल्लासम्म छ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।