द लास्ट टाइम (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"द लास्ट टाइम"
टेलर स्विफ्ट र ग्रे लाइटबडिको एकल
सार्वजनिक४ नोभेम्बर २०१३ (2013-11-04)
किसिम
लम्बाई:५९
लेबलबिग मेसिन
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)ज्याकनिफ ली
टेलर स्विफ्ट एकल कालक्रम
"स्विटर देन फ्रिक्सन"
(२०१३)
"द लास्ट टाइम"
(२०१३)
"सेक इट अफ"
(२०१४)
साङ्गीतिक भिडियो
"द लास्ट टाइम" युट्युबमा हेर्नुहोस्

"द लास्ट टाइम" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको चौँथो स्टुडियो एल्बम रेडका लागि रेकर्ड गराइएको थियो।[१] यो गीतलाई रेड एल्बमको सातौँ र अन्तिम गीतको रूपमा सार्वजनिक गरिएको थियो जसमा शो पेट्रोल साङ्गीतिक समूहका एक आयरल्यान्डका गायक ग्रे लाइटबडिको पनि स्वर रहेको छ। स्विफ्टले यस गीतलाई गीतका निर्माता ज्याकनिफ लीसँग साझेदारी गर्दै लेखेकी हुन्।[२] यो गीतलाई अल्टरनेटिफ रक र फल्क रक सङ्गीतको रूपमा वर्णन गरिएको छ। यस गीतलाई ब्रिटिस्ट राष्ट्रिय रेडियोस्टेसन बिबिसी रेडियो २ मा १९ अक्टोबर २०१३ मा बजाउने सूचीमा राखिएको थियो।[३]

लेखन र बनावट[सम्पादन गर्नुहोस्]

साङ्गितिक भिडियो[सम्पादन गर्नुहोस्]

आधिकारिक सङ्गीत भिडियो टेरी रिचार्डसन द्वरा निर्देशित गरिएको छ। स्विफ्टको रेड एल्बमको "रेड" शीर्षकको गीतको आधिकारिक भिडोयो जस्तै यो गीतको आधिकारिक भिडियोमा पनि स्विफ्टको एक साङ्गीतिक कार्यक्रमको झलकहरू देखाइएको छ जुन क्यालिफोर्नियाको सेक्रिमेन्टोमा २७ अगस्ट २०१३ मा सम्पन्न भएको थियो। यो भिडियोमा स्विफ्ट र लाइटबडि पहिलो पटक सँगै प्रस्तुति दिएका थिए। भिडियोको सुरुमा लाइटबडिले गीत गाहिरहेका बेला पछाडिबाट स्विफ्ट उनलाई साथ दिन आउँछिन। उनीहरूले प्रस्तुति दिने क्रममा उनीहरूको एकअर्काबाट विपरीत दिशामा बसिरहेको देखिन्छ।[४] भिडियोमा प्रस्तुति हेर्न आउने अनुयायीहरूको हात र उनीहरूको आवाज सुनिन्छ। भिडियोको अन्तिममा स्विफ्ट र लाइटबडिको प्रत्यक्ष प्रस्तुति सकिन्छ।

द लास्ट टाइम गीतको आधिकारिक भिडियो १५ नोभेम्बर २०१३ मा स्विफ्टको आधिकारिक भिभो र युट्युब खाता मार्फत सार्वजनिक गरिएको थियो। भिडियोको लम्बाइ ३ मिनेट ४८ सेकेन्डको रहेको छ। मे २०१८ का अनुसार भिडियोले युट्युबमा ३५ मिलियन अवलोकन पाएको छ।

चार्ट[सम्पादन गर्नुहोस्]

साङ्गीतिक तालिका (२०१४) शीर्ष
स्थान
बेल्जियम बेल्जियम - (अल्ट्राटिप फ्ल्यान्डर्स)[५] १४
 क्यानडा - (क्यानडेली हट १००)[६] ७३
Republic of Ireland आयरल्यान्ड - (आइआरएमए)[७] १५
स्कटल्यान्ड स्कटल्यान्ड - (आधिकारिक चार्ट कम्पनी)[८] २०
 संयुक्त अधिराज्य - (आधिकारिक चार्ट कम्पनी)[९] २५
 संयुक्त राज्य अमेरिका - (बब्लिङ अन्डर हट १००)[१०]

प्रत्यक्ष प्रस्तुति[सम्पादन गर्नुहोस्]

गीतको विज्ञापन र बिक्रीका लागि स्विफ्ट र लाइटबडिले द लास्ट टाइम गीत ३ नोभेम्बर २०१३ एक्स फ्याक्टरको १०अौँ संस्करणमा प्रस्तुति दिएका थिए।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. एटलानो, जोसेफ (नोभेम्बर १३, २०१२), "टेलर स्विफ्ट - रेड एल्बम", द फिलिपिन्स इन्क्वाएरी, अन्तिम पहुँच अक्टोबर २०, २०१३ 
  2. "बिबिबिसी रेडियो २", बिबिसी रेडियो २, बिबिसी, मूलबाट अक्टोबर २०, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २०, २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. लेन, डेनियल (नोभेम्बर ४, २०१३), "यस हप्ताको नयाँ सार्वजनिक भएका गीतहरू ०४-११-२०१३", आधिकारिक चार्ट कम्पनी, अन्तिम पहुँच जुलाई १, २०१४ 
  4. न्यूमेन, मिलिन्डा (नोभेम्बर १८, २०१३), "टेलर स्विफ्टको द लास्ट टाइम सङ्गीतिक भिडियो", हिटफिक्स, अन्तिम पहुँच डिसेम्बर १९, २०१३ 
  5. "टेलर स्विफ्ट र ग्रे लाइटबडिको द लास्ट टाइम", अल्ट्राटप फ्ल्यान्डर्स, २८ अक्टोबर २०१३। 
  6. "क्यानडेली हट १०० चार्ट इतिहास- टेलर स्विफ्ट", बिलबोर्ड, २० अक्टोबर २०१३। 
  7. "आयरल्यान्डको आधिकारिक चार्ट", आइरीस एकल चार्ट, १० नोभेम्बर २०१३।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-११ मिति
  8. "आधिकारिक स्कटल्याण्ड एकल चार्ट", आधिकारिक चार्ट कम्पनी। 
  9. "आधिकारिक चार्ट कम्पनी", युके एकल चार्ट। 
  10. "टेलर स्विफ्ट - चार्ट इतिहास", बिलबोर्ड, २८ नोभेम्बर २०१७। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]