पहेँलो जुनबकुल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पहेँलो जुनबकुल्ला
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
कुल:
वंश:
Ixobrychus
प्रजाति:
sinensis

पहेँलो जुनबकुल्ला जुनबकुल्ला प्रजातिमा पर्ने एक सानो चरा हो। यो पूर्वजगतबाट विस्तार हुँदै आएको हो। यसले उत्तरी भारतीय उपमहाद्वीपमा प्रजनन गर्दछ र पूर्वमा जापान र इन्डोनेसियामा पनि प्रजनन गर्दछ। यसले प्राय: बसाइँसराइ गर्दैन तर, केही उत्तरका प्रजातिहरूले भने छोटो दूरीका लागि बसाइँसराइ गर्ने गर्दछन्। यसले कसैले झस्कायो भने यसले तुरुन्तै शत्रुलाई झुक्याउने वा भ्रममा पार्ने मुद्रामा बसिहाल्छ। यसको चुच्चो माथि तिर फर्किएको हुन्छ र घाँटी भने लामो र ठाडो हुन्छ। उडान भर्ने समयमा यो अन्य बकुल्लाहरू जस्तै देखिन्छ तर वातावरण खुला र सफा छ भने हामीले यसलाई यसको प्वाँखको रङ्गबाट छुट्टाउन सक्छौँ।

यसको लगभग ४७,३०,००० वर्ग किमी सम्म फैलिएको विस्तारित प्रजनन दायरा छ। यो सामान्यतया सिमसार क्षेत्रमा पाइने गर्दछ। यो उत्तरी चीन, भारत, नेपाल, जापान, दक्षिण पूर्वी एसिया, फिलिपिन्स, इन्डोनेसिया लगायतका देशहरूमा पाइन्छ। यो चरा पूर्वी चीन र जापानमा प्रजनन गर्दछ भने हिउँदमा यो इन्डोनेसिया, नयाँ गिनी, र अन्य धेरै टापुहरूमा जाने गर्दछन्। यसको विश्वव्यापी अनुमानित जनसङ्ख्या लगभग १,००,००० देखि १०,००,००० रहेको अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरेको छ।

विवरण[सम्पादन गर्नुहोस्]

यो सानो प्रजातिको चरा हो। यसको लम्बाई जम्मा ३६ देखि ३८ सेमि वा (१४ देखि १५) इन्च हुने गर्दछ, यसको घाँटी सानो हुन्छ भने यसको चुच्चो लामो हुन्छ। भाले पहेँलो जुनबकुल्ला चाहिँ थोरै मैलो खालको पहेँलो हुन्छ। यसको टाउको र घाँटी कटुसको जस्तो हुन्छ र यसको शिउर कालो हुन्छ। पोथीको शिउर र घाँटीमा भने खैरो रङ्गको धर्सा परेको हुन्छ र किशोर, पोथी जस्तै हुन्छ तर यसको धर्सा भने धेरै हुन्छ। यसको प्रमुख खाना भनेको किरा, माछा र उभयचर आदि हो।

प्रजनन स्थान[सम्पादन गर्नुहोस्]

पहेँलो जुनबकुल्लाको अण्डा, जर्मनीको एक सङ्गाहलयमा

पहेँलो जुनबकुल्लाको प्रजनन क्षेत्र प्राकृतिक बासस्थानलाई नै मानिन्छ। यसले साना रूखहरूको हाँगामा गुँड बनाउँछ। यसले एक पटकमा ४ वटा देखि ६ वटा सम्म अन्डा पार्ने गर्दछ। यो बारम्बार उड्ने हुँदा यसलाई पछ्याउन वा हेर्नलाई पनि गार्‍हो पर्न सक्छ। यसको पहेँलो प्वाँखले गरेकोे गर्दा त झन् यसलाई छुट्याउन गार्‍हो पर्ने गरेको छ।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. बर्डलाइफ इन्टरनेसनल (२००८). बुबुल्कस इबिस. In: IUCN २००८. IUCN Red List of Threatened Species. Downloaded on ५ नोभेम्बर २००८. डाटाबेसको तथ्याङ्क अनुसार यो कम चासोका प्रजातिहरूमा पर्दछ

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]