लप्सीफेदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


लप्सीफेदी काठमाडौँ जिल्लाको एउटा गाविस हो। काठमाडौँबाट २३ किलोमिटर उत्तर-पूर्वमा पर्ने लप्सीफेदी नगरकोट नजीकैको क्षेत्र हो | चिसो सिरेटोका लागि प्रख्यात ७० प्रतिशत तामाङ बस्ती रहेको लप्सीफेदी लोकल माछा, लोकल कुखुरा तथा लोकल रक्सीका लागि प्रसिद्ध स्थान हो। यहाँको चिया बगानले चिया बगान नदेखेकाहरूलाई आकषिर्त गर्छ। यहाँबाट मेलम्ची खानेपानी आयोजनाको मुहान पुग्न दुई घण्टा पैदल हिँड्नुपर्छ।


स्रोतहरू[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]